NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य बिहिबार भदौ २६ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध बिहिबार भदौ २६ , २०८२
Next
Prev

समाचार

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
Reading Time: 1 min read
A A
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ भदौ , काठमाण्डौ ।

पेटमा भोक, टाउकामा ऋण, हातमा बेरोजगारी अनि भविष्य अन्धकार देख्न थालेपछि जनताको अन्तिम विकल्प सडक विद्रोह मात्र रहन्छ । यो यस्तो सडक विद्रोहले श्रीलङ्कापछि बङ्गलादेश हुँदै नेपाल सम्मका सत्ता रातारात ढलेका छन् । यी तिनै देशको अवस्था उस्तै थियो ।

आन्दोलनकारीहरूले तिनै देशमा एउटै तरिकाले सत्ताका मतियारहरूलाई लखेटेका छन् । अबको पालो इन्डोनेसियाको छ । त्यहाँ नेपालमा आन्दोलन सुरु हुनु भन्दा एक साता अघिदेखि जनताले सडकमा विद्रोह सुरु गरी सकेका छन् ।

LS Auto

एक पछि अर्को हुँदै श्रीलङ्का, बङ्गलादेश, नेपालमा सत्ता ढलेपछि इन्डोनेसियाको आन्दोलनको समेत समीक्षा गर्दै यति बेला भारतीय मिडियाहरू भारतमा पनि छिमेकी देशहरूको जस्ता मुद्दा रहेको र त्यसलाई बेलैमा सरकारले सम्बोधन नगरी विद्रोहको चेतावनी दिई रहेका छन् ।

भारतका वरिष्ठ पत्रकार रविस कुमारले भनेका छन् भारतमापनि यी देशहरूकै जस्ता धेरै मुद्दा मिल्ला मिल्दाजुल्दा छन् । नेपालमा भएको यो विद्रोह भारतका लागि पनि सबक हुन सक्छ ।जुनै पनि मुलुकमा सत्ता परिवर्तनसँगै मुलुकमा आशा जाग्छ, तर हरेक पटक सत्तामा पुगेपछि राजनीतिक दलहरू भ्रष्टाचारको दलदलमा फस्छन्।

जनताले दिएको जनदेशलाई इमानदारीपूर्वक सेवा गर्ने अवसर पाएका नेताहरूको पहिलो प्राथमिकता जनहित नभई निजी स्वार्थ पूर्तिका लागि अभिप्रेरित हुन्छ । त्यसपछि जनता विद्रोहको बाटो रोज्न बाध्य हुन्छन् ।भ्रष्टाचार केवल पैसाको खेल मात्र होइन, यसले समाजको नैतिक आधार हल्लाउँछ।

ठुला ठेक्कापट्टा, पद–प्रतिष्ठा बाँडफाँट, नातावाद–कृपावाद जस्ता कुराले लोकतन्त्रको आधारशिला कमजोर हुन्छ। यसरी नेताले जब जनता भन्दा दलाल र चाकडीबाजीलाई महत्त्व दिन थाल्छन्, तब देश शासन होइन, शोषणतर्फ धकेलिन्छ । तर यस्तो अन्यायपूर्ण र असमान व्यवस्थाले कहिल्यै स्थायित्व पाउँदैन ।

इतिहास साक्षी छ—जब भ्रष्टाचारले सीमा नाघ्छ, विद्रोह अपरिहार्य हुन्छ। नेपालमा मात्रै होइन, बङ्गलादेशदेखि श्रीलङ्का, इन्डोनेसिया मात्र हैन अन्य मुलुकसम्म यही चक्र दोहोरिने छ । राजनीतिक दलहरूले बुझ्नुपर्ने मुख्य सत्य के हो भने जनताको विश्वास धोका दिनेहरूको टिकाउ शासन कहिल्यै रहँदैन ।

विद्रोह सडकमा निस्किएपछि नेताहरूको सारा शक्ति, सम्पत्ति र षड्यन्त्र धुलोमा मिल्छ । हरेक देशका जनताको चेतावनी सरल छ—सत्ता जनताको हो, यदि दुरुपयोग भयो भने विद्रोह अवश्य हुन्छ । जनताको मत लिएर सत्तामा पुगेर भ्रष्टाचार गरेको भन्दै नेपालका दुई छिमेकी देश श्रीलङ्का र बङ्गलादेशका राष्ट्र प्रमुखहरूलाई जसरी त्यहाँ जनताले राष्ट्रपति भवन प्रधानमन्त्री कार्यालयदेखि निजी निवाससम्म नियन्त्रणमा लिई देशबाट लखेटेका थिए त्यसै गरी मङ्गलवार नेपालमा जेनजी पुस्ताले प्रधानमन्त्रीदेखि प्रमुख दलका नेताहरूलाई समेत भाग्न मात्र बाध्य बनाएन सिंहदरबार, प्रतिनिधि सभा, सर्वोच्च अदालत, अख्तियारदेखि सङ्घीय राजधानी काठमाण्डौंसहित देशै भरका सरकारी कार्यालयहरूमा आगजनी गरे ।

इतिहासमा नै यति छोटो समयमा तिन दशक भन्दा लामो समय चलेको राज्य सत्ता २४ घण्टा भित्र विस्थापित गरे । जसरी श्रीलङ्का र बांगलादेशको सिको नेपालमा आइ पुग्यो त्यसै गरी अब दक्षिण तर्फको भारत र इन्डोनेसिया सम्म सल्कदैछ ।

इन्डोनेसियामा दश दिन देखि आन्दोलन चली रहेको छ । त्यहाँका विद्यार्थीहरूले उठाएका मुद्दा र नेपालका जेनजीहरुले उठाएका मुद्दा मिल्दाजुल्दा छन् । अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु र सयौँ घाइते भई सकेका छन् । राष्ट्रपति प्रबोवो सुबियान्तोले सत्ता सम्हालेको एक वर्ष नपुग्दै ठुलो राजनीतिक चुनौती खेप्नुपरेको हो ।

त्यति बेला सरकारले सांसदहरूलाई आवास भत्ताका रूपमा प्रतिव्यक्ति ३ हजार अमेरिकी डलर दिने निर्णय गरेको थियो। तीन हजार डलर भनेको इन्डोनेसियामा एक जना सांसदले पाउने तलबभन्दा १० गुणा बढी हो। त्यति बेला सरकारले शिक्षा, स्वास्थ्यलगायत जनतालाई दिने आधारभूत सेवा–सुविधामा कटौती गरेर सांसदहरूको सेवा–सुविधा बढाएको भन्दै आक्रोश बढेको थियो।

त्यसको विरुद्ध ‘गेजायन मेमाङ्गिल’ जस्ता विद्यार्थी समूहहरूले जकार्तास्थित संसद् भवनअगाडि जम्मा भएर प्रदर्शन गरेका थिए। त्यति बेला प्रदर्शन शान्तिपूर्ण नै थियो। शान्तिपूर्ण प्रदर्शनका क्रममा गत बिहीबार राति प्रदर्शनकारीहरूको भीडमा विशेष अर्धसैनिक प्रहरी इकाइले बख्तर बन्द गाडी चलाएको थियो। २१ वर्षीय युवकलाई किचेको थियो।

बख्तर बन्दले ठक्कर दिएपछि ब्याक गरी–गरी ती युवकलाई किचेर मारेको भिडियो सार्वजनिक भएपछि शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेको थियो। त्यहाँ स्वास्थ्य, शिक्षा र स्थानीय सरकारको बजेटलगायत धेरै आधारभूत सामाजिक सेवाहरूमा कटौती गरिएको छ ।

गरिबको सङ्ख्या बढ्दै छ र मध्यम वर्ग खुम्चिँदै छ । समाजका दुवै वर्ग पीडामा छन् । प्रदर्शनकारीहरूले विधायकहरूको नयाँ आवास भत्ता र विदेश भ्रमण जस्ता अन्य सुविधाहरू रद्द गर्न माग गरी रहेका छन् । नेपालमापनि धेरै व्यवस्था परिवर्तन भए । तर जनताको अवस्था परिवर्तन हुन सकेको थिएन ।

सत्ता बिचौलियाहरूको चङ्गुलमा परेको थियो । भ्रष्टाचार व्यापक थियो । गणतन्त्र स्थापना भएको १७ वर्षमा १६ पटक प्रधानमन्त्री फेरिएका थिए । जनतामा व्यापक असन्तुष्टि थियो । जुन कुरालाई राजनीतिक दलहरूले बुझ्न सकेनन् र चाहेनन् पनि । जसका कारण जनतामा आक्रोश भुसको आगो सल्कँदा झैँ सल्की रहेको थियो ।

त्यही बेला सरकारले बाठो भएर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय ग¥यो । त्यस बेला प्रधानमन्त्रीको दल नेकपा एमालेको विधान महाधिवेशन चली रहेको थियो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालिकालाई काठमाण्डौमा ठक्कर दिएर नरोकी अघि बढेको भिडियो भाइरल भई रहेको थियो ।

बालिकालाई ठक्कर दिएको र जेनजीले घोषणा गरेको आन्दोलनका बारेमा विधान महाधिवेशन स्थलबाट प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तीले पनि जेनजी समूह झनै आक्रोशित बन्यो । भदौ २३ गतेको घोषित आन्दोलनमा ओली सरकारले चरम दमन ग¥यो । १९ जना जेनजीको ज्यान गयो ।

त्यसैको आक्रोशमा ३६ वर्षदेखि आलोपालो सत्तामा रजाइँ गर्दै आएका पुराना भनिएका दलहरूको सत्ता चक्र समाप्त भएर नेपाल नयाँ मोडमा अघि बढ्यो । यसैलाई लिएर भारतीय मिडियाहरूले नेपाल र इन्डोनेसियाको आन्दोलनलाई तुलना गर्दै भारतमापनि त्यसको सम्भावना भएको औँल्याइ रहेका छन् ।

भारतमा ३० वर्ष सम्म काम गर्ने सरकारी कर्मचारीहरूले पेन्सन नपाउने अनि भारतको राज्य सभा र लोकसभाका सदस्यहरूले चाही तिन तिन पटक पेन्सन पाउनेदेखि बढ्दो भ्रष्टाचारका मुद्दा समेत उठी रहेका छन् । भारतीय मिडियाहरूले अन्य देशमा भएको जस्तो विद्रोह भारतमा पनि हुन सक्ने भन्दै सरकारलाई सचेत गराइ रहेका छन् ।

Tags: #इन्डोनेसियामा पनि विद्रोहको चेतावनी#भारतीय जनता पनि विद्रोह गर्दैछन् ?

लोकप्रीय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२

विचार

थप समाचार

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान
ताजा समाचार

Breaking news

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी
अन्तर्राष्ट्रिय

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

हालका पोस्टहरू

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.