NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य बिहिबार भदौ २६ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध बिहिबार भदौ २६ , २०८२
Next
Prev

समाचार

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
Reading Time: 1 min read
A A
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ भदौ , काठमाण्डौ ।

जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ। सोमबार शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार प्रदर्शनमा ३४ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

मन्त्रालयले निजामती कर्मचारीको सिभिल अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना र काठमाडौँ मेडिकल कलेजमा २, फ्रन्टलाइन अस्पतालमा ३, वयोधा अस्पतालमा २, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, झापाको बीएनसी र बिर्तासिटी अस्पतालमा १–१ जना, बाँकेको भेरी अस्पतालमा ५ जनाको मृत्यु भएको जनाएको छ।

यस्तै बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ । जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसका हुन् भन्ने पहिचान नखुलेको सुरक्षा स्रोतले जनाएको छ । अहिले बिहान सरसफाइका क्रममा शव भेटिएका हुन् ।

पवित्र वर्कसप प्रधानमन्त्री निवासबाट राष्ट्रपति भवन जाने बाटोको बीचमा पर्छ, जहाँबाट राष्ट्रपति भवन पुग्नुअघि नेपाली सेनाको भैरवनाथ गण आउँछ । त्यसबाहेक वरिपरि कुनै सरकारी कार्यालय छैनन् । प्रदर्शनका क्रममा त्यहाँ आगजनी भने भएको थिएन ।

अन्यत्र जलेको वा मारिएपछि शव त्यहाँ फ्याँकिएको अनुमान सुरक्षा स्रोतको छ । यस्तै आन्दोलनबाट सिर्जित संकटको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि कारागारमा कैदीबन्दीहरू भाग्ने क्रम बढेको थियो ।

यद्यपि रविले भने सचिवस्तरीय पत्रपछि जेल प्रशासनको आग्रहमा आफूले कारागार छाडेको र आवश्यक परे फर्किन तयार रहेको बताइसकेका छन् । उनले सुरक्षा निकायका सबै प्रमुखलाई जानकारी गराइसकेको समेत बताएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भागेका १४ हजार ३०७ भागेकामध्ये १ हजार ४५५ लाई पुनस् पक्राउ गरी फर्काइएको छ । अझै १२ हजार ८५२ जना कैदीबन्दी बाँकी छन् ।

घिमिरेका अनुसार भागेका ५७३ जना थुनुवाको पनि खोजी भइरहेको छ । अधिकांश युनिटका टोली काममा फर्किसकेका छन् । घिमिरेले भने, ‘भागेका सबैलाई खोज्ने उर्दी गरिसकेका छौं । हामी सम्पर्क विच्छेदजस्तै अवस्थामा छौं । बरु कहीँ कतै केही भए सर्वसाधारणले हामीलाई सूचना दिनुहोला ।’

प्रहरी कार्यालयमा गएर तोडफोड, आगजनी र हतियार खोस्ने हुन थालेपछि प्रहरी ज्यान जोगाउन युनिट छाडेर हिँडेका थिए । हिजो बुधबार पनि बिहानैदेखि कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजारस्थित कारागारको स्थिति तनावग्रस्त भयो ।

देशका अन्य ठाउँमा पनि कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । नख्खुबाट सुरू भएको कारागार विद्रोहको आगो अन्य सल्किएको थियो ।

कपिलवस्तु, सिन्धुली जेल, डोटीको बाल सुधार गृह, सुनसरीको झुम्का कारागारबाट पनि अधिकांश कैदी भगाइएको छ । मोरङ कारागारमा कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म ग¥यो । विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् ।

सोही बराबरको सङ्ख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् । नेपालगन्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बाल बिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् ।

जेनजी प्रदर्शनका कारण अस्पतालमा घाइतेहरुको चाप बढेसँगै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेका छ । देशभरका २८ अस्पतालमा बिरामीको उपचार भइरहेको छ । काठमाडौँका प्रमुख सरकारी अस्पतालहरूले स्वास्थ्यकर्मीहरूलाई डबल ड्युटी गराएर, छुट्टीमा रहेका स्वास्थ्यकर्मीहरूलाई बोलाएर स्वास्थ्य सेवा दिइरहेका छन्।

बानेश्वरस्थित निजामती कर्मचारी सिभिल अस्पतालले प्रदर्शनका घाइतेहरूका कारण बिरामीको चाप अत्याधिक भएसँगै आकस्मिक सेवा बाहेकका अरु सेवा अहिले बन्द गरेर उपचार गरिरहेको छ। सिभिल अस्पतालमा ४८ जना घाइतेहरुको भर्ना भएर उपचार भइरहेको छ।

चिकित्सकका अनुसार अस्पताल आएका ३५ जनाको शल्यक्रिया गरिएको छ। सिभिल अस्पतालले ४०० भन्दा बढी घाइतेहरूलाई उपचार सेवा दिइसकेको छ । अस्पतालले जनशक्ति व्यवस्थापन कठिन भएको जनाएको छ।

चिकित्सक तथा नर्सहरु डबल ड्युटी गरेर भए पनि खटिरहेको भन्दै अस्पताल प्रशासनले हाललाई ओपीडी र ओटी सेवा बन्द गरेको जनाएको छ। घाइतेको बढी चाप रहेको ट्रमा अस्पतालमा ५८ जना घाईतेहरुको उपचार भइरहेको छ।

अस्पताले ३१ जनाको शल्यक्रिया गरेको जनाएको छ। हाल आइसियुमा ८ जनाको उपचार भइरहेको छ भने दुईजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। जेनजी प्रदर्शनमा घाइते भएका १६१ जना ट्रमा सेन्टर लगिएको थियो।

कफ्र्युका कारण यातायात सहज नहुँदा अन्य समयको भन्दा एकदमै कम संख्यामा मात्रै बिरामीहरू अस्पताल आएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा २५ जना घाइतेहरुको उपचार भइरहेको छ।

अस्पतालले ओपीडी सेवा सुचारु राखेको छ। जेनजी प्रदर्शनमा घाइते ३२१ जनाको हाल २८ अस्पतालमा उपचार भइरहेको छ।सोमबार र मंगलबार भएको प्रदर्शनमा १ हजार ३ सय ६८ जना घाइते भएका थिए । घाइते मध्ये ९४९ जना डिस्चार्ज भएका छन्।

Tags: #भैरवनाथ गण#राष्ट्रपति भवन

लोकप्रीय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२

विचार

थप समाचार

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान
ताजा समाचार

Breaking news

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी
अन्तर्राष्ट्रिय

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

हालका पोस्टहरू

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.