NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर शुक्रबार भदौ २७ , २०८२
छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने शुक्रबार भदौ २७ , २०८२
विश्व चर्चित बन्दै सुशील कार्की, दोस्रो इतिहास लेख्दै शुक्रबार भदौ २७ , २०८२
Next
Prev

समाचार

रातभर शीतल निवासमा के–के भयो ?राजा फर्किने अफवाह कसले फैलायो

शुक्रबार भदौ २७ , २०८२
Reading Time: 1 min read
A A
रातभर शीतल निवासमा के–के भयो ?राजा फर्किने अफवाह कसले फैलायो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ भदौ , काठमाण्डौ ।

जेनजीको आन्दोलनबाट केपी शर्मा ओलीको सरकार ढलेपछि नयाँ अन्तरिम सरकार बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने र सपथ ग्रहण समेत गराउने तयारी गरेका छन् ।

यसका लागि प्रधानसेनापति अशोकराज सिग्देलले समन्वयकारी भूमिका खेलेका छन् । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न भने राष्ट्रपति पौडेलले सभामुखसहित राजनीतिक दलका शीर्ष नेताहरुको समेत राय लिएका छन् ।

LS Auto

अहिले जेनजीको आन्दोलनपछि राष्ट्रपति भवन शीतल निवास परिसरको सुरक्षामा थप कडाइ गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालयअगाडि सुरक्षा उपस्थिति बलियो बनाएको हो । हाल शीतल निवास वरपर सुरक्षा फौजको बाक्लो उपस्थिति रहेको छ ।

सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ । सुशीलालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले शुक्रबार विहानको रातिसम्म विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरेका छन् ।

परामर्शकै क्रममा राष्ट्रपतिले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका छन् । राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको भनेर ओलीलाई जानकारी गराएका थिए ।

जसमा ओलीले संवैधानिक बाटोबाटै गर्न लागिएको हो भन्ने जिज्ञाशा राखेका थिए। राष्ट्रपति पौडेलले संविधानकै बाटो खोज्ने र सबैसँग कुराकानी समेत भइसकेको जानकारी दिएका थिए । त्यसक्रममा ओलीले ठीकै छ भन्ने जवाफ दिएको स्रोतले जनाएकोछ ।

परामर्शकै क्रममा राष्ट्रपति पौडेलले अस्पतालमा उपचाररत कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा परामर्श गरेका थिए । देउवालेपनि संविधान अनुसार गर्न र त्यो बाटोमा आफ्नो सहमति रहेको बताएका थिए ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने शितल निवासमै बोलाएर राष्ट्रपतिले भेटे र कार्कीको नियुक्तिबारे परामर्श गरिएको शीतलनिवास स्रोतले जनाएको छ ।

राष्ट्रपति पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् । भेटमा देशको विद्यमान परिस्थिति र संविधानसम्मत निकासका विषयमा कुरा भएको जनाइएको छ ।

राष्ट्रपतिले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कादेखि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसम्म शीतल निवासमै छलफल गरेका थिए। सो क्रमममा जसरी भएपनि प्रधानमन्त्री नियुक्त गर्न दबाब रहेको बताएका थिए । राष्ट्रपतिले संविधानविदहरूसँग पनि शीतल निवासमै परामर्श लिएका थिए ।

संविधानविद पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली, ललित बस्नेतलाई उनले शितल निवासमा छलफल गरेका थिए । संविधानविदहरूले संसद र संविधान भित्रैबाट नियुक्तिको बाटो खोज्नुपर्ने सुझाएपनि राष्ट्रपतिले अहिले राजनीतिक परिस्थितिका कारण त्यो सम्भव नभएको बताएका थिए।

चाँडै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भनेर जेन–जी समूहको एकदमै ठूलो दबाब रहेको पनि राष्ट्रपतिले बताएका थिए। राष्ट्रपतिले संसद बोलाउन वा निवर्तमान प्रधानमन्त्रीले प्रस्ताव पेस गर्न सुरक्षा हिसाबले सम्भव नभएको र समय पनि नभएको भनेपछि संविधानविदहरूले यस्तो संकटको अवस्थामा एउटा बाटो हामीले पहिले पनि निकाल्दै आएको हो र संविधान अनुसार राष्ट्रपति संविधानको संरक्षक र पालनकर्ता भएकाले त्यसैका आधारमा प्रधानमन्त्री नियुक्त गर्न सकिने भनेर सुझाएका थिए ।

संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ । सोही धारामा टेकेर संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ भन्ने खालको भाषा लेखेर नियुक्त गर्न संविधानविदहरुले सुझाएका छन् ।

यस्तै सुशीला कार्कीलाई यसअघि खिलराज रेग्मीलाई जस्तै, अन्तरिम मन्त्रिपरिषदका अध्यक्षका रूपमा नियुक्त गर्ने कि भन्नेबारे पनि छलफल चलेको थियो। निर्वाचन गराउन गठित अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष भन्ने कि प्रधानमन्त्री नै भन्ने भन्नेबारे पनि छलफल भएको थियो।

जसमा प्रधानमन्त्रीकै रुपमा नियुक्त गर्ने राय पनि संविधानदविद्हरुले दिएका छन् । यसरी नियुक्त प्रधानमन्त्रीको मुख्य जिम्मेवारी निर्वाचन गराउने र अहिलेको आन्दोलनमा भएको दमन, त्यस क्रममा युवाहरूको मृत्यु भएको र त्यसपछिको विध्वंसको छानबिन गर्ने; यी दुई मुख्य काम हुने भनिएको छ ।

नियुक्त प्रधानमन्त्रीले संसद विघटन र चुनावको मिति सिफारिस गर्ने म्यान्डेड पाउने छिन् । जेन–जी समूहद्वारा प्रस्तावित प्रधानमन्त्री कार्कीले पनि बिहीबारै राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलसँग भेट र छलफल गरिन्। मध्यरातसम्म पनि तीन जनाबीच शितल निवासमा छलफल भएको थियो ।

कार्कीले राष्ट्रपति बाहेक अन्य कुनै पनि राजनीतिक दलका नेताहरूसँग भेट्न वा छलफल गर्न नमानेको समेत स्रोतले बताएको छ। रातभरको वार्ता र संवादमा सुशीलालाई प्रधानमन्त्री बनाउने सहमति भएपनि जेनजी र बालेनका तर्फबाट संसद विघटनको बटमलाइन प्रस्तुत भए पछि त्यसमा कुरा मिलेको छैन ।

राष्ट्रपति पौडेलले कुनै हालतमा संसद विघटन नगर्ने अडान लिएका छन् । कांग्रेस र एमालेको पनि लाइन यही छ । जेनजी र बालेनको तर्फबाट ओेमप्रकाश अर्यालले संसद तत्काल विघटन गरी नयाँ निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेको स्रोतको भनाइ छ ।

सभामुख देवराज घिमिरे पनि संसद विघटन नगर्ने पक्षमा छन् । अर्यालले भने संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था राख्नसमेत माग गरे । कांग्रेस र एमाले यसमा तयार छैनन् । माओवादी अध्यक्ष प्रचण्डले भने जेनजीका सबै माग स्वीकार गरेको बुझिएको छ ।

यता नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई जङ्गी अड्डाले निस्कन नदिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले जनताको बीचमा ल्याउन कोसिस गर्दा पनि सुरक्षा खतराको बहानामा सेनाले निस्कन नदिएको बताएका हुन् ।

‘हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बिचमा ल्याउन कोसिस ग¥यौँ तर सुरक्षा खतराको बहानामा जङ्गी अड्डाले निस्कन नदिएको सत्य हो’ उनले लेखेका छन् । देशको परिस्थिति गम्भीर बनेको उनको भनाइ छ ।

जङ्गी अड्डाले नेपालको वास्तविकतालाई र अग्रगमनलाई चुनौती दिई राष्ट्रिय सङ्कट निम्त्याउँदै गरेको सापकोटाले दाबी गरेका छन् । तर नेपाली सेनाले भ्रामक र झुट्टा समाचारको विश्वास नगर्न अनुरोध गरेको छ।

शुक्रबार बिहान नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषणहरू आएको भन्दै भ्रामक तथा झुट्टा समाचारमा विश्वास नगर्न अनुरोध गरेको हो। सेनाले आफ्नो आधिकारिक धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, नोट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको बताएको छ।

त्यस्तै नेपाली सेनाले स्थानीय स्तरका हेडक्वार्टरहरूसँग समन्वय गर्नका लागि ८ वटा नम्बर समेत सार्वजनिक गरेको छ । हिजो दिनभर राष्ट्रपतिसहित प्रधानसेनापति र सुशीला कार्की बीच छलफल भइरहेका खबर बाहिरिएपनि साझ राजा फर्काउनेदेखि सेनाको कु गर्ने र नेताहरुलाई नजरबन्दमा राखेको र उनीहरुको मोबाइल फोन समेत बन्द गराइएका अफवाह फैलिएका थिए ।

भारतीय संचारमाध्यामहरुले त राजा फर्किने समाचार नै संप्रेषण गरेका थिए । नेपाली सेनाले यस्ता सबै भ्रामक तथा झुट्टा समाचारमा विश्वास नगर्न अनुरोध गरेको छ। नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कफ्र्यू हटाएको छ । बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ ।

अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म खुला गरेकोमा अब बेलुकी ५ देखि ७ बजेसम्म खुल्ला हुने सूचनामा उल्लेख छ । अत्यावश्यक कामका लागि छुट्याइएको समय दैनिक उपभोग्यलगायत आवश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्वनका लागि हिँड्डुल गर्न, कर्मचारीहरू कार्यस्थलसम्म जान र फर्कन एवं जरुरी पर्नेलाई मात्र रहेको सेनाले जनाएको छ । जुलुस, धर्ना र प्रदर्शनलाई भने निषेध गरिएको छ ।

आज दिनभर कफ्र्यू लाग्ने छैन । अहिले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा छ । भने, पुनः बेलुका ७ देखि भोलि बिहान ६ बजेसम्म कफ्र्यू लाग्नेछ ।

Tags: #देउवासम्मको राय मागियो#रातभर शीतल निवासमा के–के भयो ?

लोकप्रीय

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

शुक्रबार भदौ २७ , २०८२

विचार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

शुक्रबार भदौ २७ , २०८२

थप समाचार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
ताजा समाचार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा
Breaking news

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर
Breaking news

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध
ताजा समाचार

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

शुक्रबार भदौ २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.