×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

२८ भाद्र २०८२

२८ भदौ ,काठमाण्डौ ।

जेन्जी आन्दोलनका क्रममा दाउ छोपेर बाहिर निस्किएका रास्वपा सभापति रवि लामिछाने अब भने कारागार फर्किने भएका छन् । भदौ २४ गते भएको आन्दोलनपछि उनी नक्खु कारागारबाट बाहिरिएका थिए । उनले कारागार प्रशासनले पत्र दिएर रिहा गरेको बताए पनि सार्वजनिक भएको पत्र भने अहिले विवादमा परेको छ ।

Advertisement
Advertisement

कारागार प्रशासनले बाहिरिएका सबैलाई कारागार आउन सूचना जारी गरेको छ । कारागारको सूचनापछि लामिछाने फर्किन तयार भएको सो पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। “रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ, शुक्रबार अपराह्न कार्यवाहक सभापतिज्यू, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भेटघाट भएको छ र प्रशासनले खबर गरेपछि आउन तयार भएको भनेर जानकारी गराइएको छ ।”

रास्वपाका एक नेताले दिएको जानकारीअनुसार कारागार प्रशासनले बोलाउनासाथ जाने तयारीमा लामिछाने रहेका छन् । तर यसरी रवि बाहिर निस्किएकोमा भने व्यापक विरोध भएको छ । उनले आफ्ना कार्यकर्ताको भीड उतारेर र कार्यावाहक सभापतिसहितका नेताहरुले कारागार प्रशासनलाई दबाव दिएर बाहिर निस्किएको आरोप लागेको छ ।

उनकै देखासिकि गरेर हजारौं कैदीहरु पनि फरार भएको आरोप उनीमाथि लागेको छ । यसैबीच कार्यवाहक सभापति डीपी अर्यालले लामिछाने कारागारबाट निस्कने बेलाको साक्षी आफू रहेको बताउँदै १० मिनेट ढिला भएको भए श्रद्धान्जली भन्नुपर्ने अवस्था आउन सक्ने अवस्थाको बारेमा सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

“कोही भ्रममा नपर्नुस् पार्टी सभापतिलाई जेलले निस्क भन्यो । उहाँले पत्र माग्नुभयो । हामीले समन्वय ग¥यौँ । यसमा उहाँको के दोष ? एकतर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन,” उनले भनेका छन्,“१० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धान्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो । यसमा सभापतिज्यूलाई ननिकालिएको भए धेरै मानिसहरुको समेत क्षति हुने सम्भावना स्वयम् कारागारले स्वीकारेको छ ।”

लामिछानेले कारागारबाट पाएको पत्र नक्कली नभएको दाबी उनको छ । उनले आफू लामिछाने जेलबाट निस्कने बेलाको साक्षी भएको भन्दै त्यो पत्र बुझ्ने पनि आफैँ भएको उल्लेख गरेका छन् । अर्यालले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु। पत्र बुझ्ने म हुँ ,पत्र मेरो अगाडि हस्ताक्षर भएको हो। पत्र फेक होइन, हतार र हतासमा बेहोराहरू तलमाथि भएको हुनसक्छन्, मिति हामीले सच्याएको होइन । सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ । यस्ता पत्रहरू कम्प्युटरमा भएकै बेहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू डिलिट नभएका होलान्। कुरा त्यति हो।’

गृह मन्त्रालयलगायत सम्बन्धित सबै निकायसँग समन्वय गर्ने आफू भएकाले त्यो पत्रका विषयमा सभापति लामिछानेलाई कुनै जानकारी नभएको जिकिर पनि रास्वपाका कार्यवाहक सभापति अर्यालले गरेका छन् ।

Advertisement

‘गृह मन्त्रालयलगायतका सुरक्षा निकाय सबैसँग समन्वय गर्ने म हुँ। यसमा सभापतिज्यूलाई केही जानकारी छैन । सबैलाई साक्षी राखेर म यो कुरा गर्न सक्छु । कोही भ्रममा नपर्नुस्। पार्टी सभापतिलाई जेलले निस्क भन्यो । उहाँले पत्र माग्नुभयो । हामीले समन्वय ग¥यौँ, यसमा उहाँको के दोष? एक तर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन । १० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो। समयमा सभापतिज्यूलाई ननिकालिएको भए धेरै मानिसहरूको समेत क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ। दुनियाँले देखेको छ, उहाँ भाग्नुभएको होइन’, उनले भनेका छन्, ‘हामी लगातार सुरक्षा निकायको समन्वयमा छौँ, नक्खु कारागारको अवस्था ठिक छैन। त्यसैले सीडीओलगायतका निकायहरूसँग समन्वयमा बसेर सम्पर्कमा बसेका छौँ। बोलाउनेबित्तिकै आउँछौँ भनेर भनेका छौँ।’

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top