रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा

रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा

२९ भदौ , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले भनिन्, “अब खुल्ला रूपमा आक्रमण गर्न हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छाडेकी छु।”

यतिबेला सुमनाले पार्टी छाड्ने चर्चा लामो समयदेखि चल्दै आएको थियो। विभिन्न विवाद र आन्तरिक असन्तुष्टिका कारण उनले पार्टीमा आफ्नो भूमिकाबारे स्पष्टिकरण नगरी चुप्पी साधेकी थिइन्।

अन्ततः उनले पार्टी छाड्ने औपचारिक घोषणा गरेपछि यसले रास्वपाभित्रको असन्तुष्टि र नेतृत्व संकटलाई अझ प्रस्ट पारेको छ।

यद्यपि, अन्तरिम सरकार गठनको प्रक्रियामा सुमना श्रेष्ठको नाम समेत चर्चामा आएको देखिन्छ।

उनको पार्टी त्यागसँगै अब उनको राजनीतिक यात्रा कुन दिशातर्फ मोडिन्छ भन्ने उत्सुकता चुलिएको छ।

सुमना श्रेष्ठको निर्णयले केवल रास्वपामै होइन, समग्र नयाँ दलहरूको स्थायित्व र विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ।

नयाँ राजनीति गर्ने दाबी गरिएका दलभित्र पुरानै असन्तुष्टि र मनलाग्दी संस्कृतिले जर पक्काउने हो भने, नागरिकको विश्वास फेरि भत्किने खतरा रहन्छ।

अब सुमनाको नयाँ बाटोले उनको नेतृत्व क्षमताको वास्तविक परीक्षा लिनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.