×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

३१ भाद्र २०८२

३१ भदौ , काठमाण्डौ ।

जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका चार हजार बढी कैदीबन्दी सम्पर्कमा आएका छन् । कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म चार हजार ७७४ जना सम्पर्कमा आएका छन् । विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले धेरैजसो कैदी स्वस्फूर्त रूपमा फर्किएको र केही लाई भने नियन्त्रणमा लिनुपरेको बताएका छन् ।

Advertisement
Advertisement

भदौ २४ गते जेन जी प्रदर्शनका कारण अवस्था तनावग्रस्त बनेपछि देशभरबाट १४ हजार बढी कैदीबन्दी फरार भएका थिए । त्यसमध्ये केन्द्रीय कारागार जगन्नाथ देवलबाट मात्र ३५ सय बढी कैदीबन्दी भागेका थिए, जसमा नक्कली भुुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि भागेका थिए ।

उनी अहिलेसम्म कारागार फर्किएका छैनन् । निस्कदा भने असुरक्षा बढेपछि निस्किएको र केही दिनमा फर्कने जानकारी दिएका दिए । उता नख्खु कारागारबाट रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि भागेका थिए ।

तर, उनी भने कारागारमा हाजिर भइसकेका छन् । रवि आन्दोलनको मौका छोपेर आफ्ना कार्यकर्ताको दबावका भरमा निस्किएको भन्दै व्यापक विरोध पनि भएको छ । जेनजी समूहले समेत रविलाई जेलबाट निकाल्न आफूहरुको संलग्नता नभएको प्रष्ट पारिसकेको छ ।

आलोचना तिव्र भएपछि रविले पनि सामाजिक संजालबाटै यसको खण्डन गरेका थिए । तर जुन पत्रलाई आधार बनाएर उनले खण्डन गरेका थिए त्यसमै त्रुटी भेटिएपछि र कारागार प्रशासनले पनि उनी आफै निस्किएको भनेपछि रविसहित उनका कार्यावाहक सभापति डीपी अर्यालसमेत आलोचनामा परेका छन् ।

यो प्रकरणपछि सुमना श्रेष्ठले पार्टी समेत छाडिसकेकी छन् । रविको तीव्र आलोचना र टोपबहादुर वेपत्ताजस्तै बनेको अवस्थामा डिल्लीबजार कारागारमा रहेका पूर्वप्रदेशमन्त्री दीपक मनाङेको भने यतिबेला प्रशंसासमेत गरिएको छ । चर्चित नेताहरुसहित हजारौं कैदीबन्दी भाग्दा मनाङे भने भागेका थिएनन् ।

रास्वपाको भर्चुवल मिटिंगमा रविभन्दा त मनाङे कानूनको पालक भन्दै चर्काचर्कीसमेत परेको थियो । कैदीहरु कारागार फर्किने संख्या बढिरहँदा उता सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू पनि फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि सुरक्षाका लागि सेनाको ब्यारेकमा रहेका नेताहरू अहिले भने फर्किएका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेता बाहेक अधिकांश नेताहरूलाई ब्यारेकबाट पठाइसकिएको छ । केही नेताहरूको भने सुरक्षा र बस्ने प्रबन्ध मिल्नै बाँकी रहेकाले सेनाको सुरक्षामा रहेको बताइएको छ । शिवपुरीस्थित सेनाको तालिमकेन्द्रबाट फर्के पनि उनीहरू घर जान पाएका छैनन्।

सबैजसो पूर्वमन्त्री र शीर्ष नेताका घरमा आगजनी र तोडफोड गरिएकाले बस्न सक्ने अवस्था छैन। त्यसैले उनीहरू शिवपुरीबाट फर्केर आफ्ना आफन्त वा साथीभाइका घरमा आश्रय लिएर बसेको पाइएको छ। सेनाको सुरक्षामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेर निरीक्षण समेत गरेका छन् ।

विपक्षी दलहरूको बैठक सिंहदरबारमा डाकेका बेला प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरू सिंहदरबारमै थिए । उनीहरूलाई त्यहीँबाट सेनाले सुरक्षित ठाउँमा लगेको थियो । निवर्तमान मन्त्रीहरूलाई पनि सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको थियो । जेनजी आन्दोलन बिस्तारै मत्थर हुँदै गएको र अन्तरिम सरकार समेत गठन भएपछि सेनाले उनीहरूलाई धमाधम फिर्ता पठाएको हो ।

सेनाको ब्यारेकबाट फर्किएका नेताहरूको सुरक्षा चुस्त पारिएको बताइएको छ । भीआईपी सुरक्षा कार्यविधिअनुसार उनीहरूलाई सुरक्षा प्रदान गरिएको छ । बढी सुरक्षा थ्रेट हुनेहरूलाई सोही अनुसार सुरक्षाकर्मीहरू उपलब्ध गराइएको बताइएको छ ।

उच्च तहका नेताहरूको घरहरू आगजनीबाट नष्ट भएका छन् । अहिले उनीहरू आफन्त तथा साथीहरूकोमा बस्ने गरेको बताइएको छ । केहीले भने डेरा लिएर बस्न थालेको सुरक्षा स्रोतले बताएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा भने प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका थिए ।

उनीहरूको अहिले पनि उपचार जारी छ । आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि पार्टीको काममा फर्किएका छन् । सेनाको सुरक्षाबाट फर्किएपछि आज कोटेश्वरमा आन्दोलनकारीले लगाएको घर हेर्न पुगे ।

प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरिदिएका थिए । यस्तै नेपालले तोडफोड र आगजनीबाट क्षति पुगेको आफ्नो पार्टी कार्यालय र नेकपा (एमाले)का नेताहरूको निवास पनि निरीक्षण गरेका छन् । उनी एमाले महासचिव शंकर पोखरेलको निवास निरीक्षणमा पुगेका थिए ।

त्यसपछि उनी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको काठमाडौंस्थित घरमा पुगे । उनी रघुजी पन्तको निवासमा पनि पुगेका थिए । नेपालसहितको टोली एमाले नेता अग्नि खरेललाई पनि भेट्न पुगेको थियो । उनी सोमबार नै आफ्ना भाइहरूको निवासमा पनि पुगे ।

उनले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रेम आलेलगायत नेताका क्षतिग्रस्त निवासको पनि निरीक्षण गरे । सोमबारै उनले काठमाडौंको तीनकुनेस्थित क्षतिग्रस्त कान्तिपुर टेलिभिजन कार्यालयको समेत अवलोकन गरे ।

जेनजीको आन्दोलनपछि नेता नेपाल सोमबार मात्र सार्वजनिक भएका हुन् । निवास जलेका कारण उनी आफन्तको घरमा बसेका छन् । यसअघि शंकर पोखरेल, गगन थापा लगायतका नेताहरुले आआफ्नो पार्टी कार्यालयको अवलोकन गरेका थिए ।

Advertisement

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top