×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

शिवपुरीबाट ओलीले लेखेको भनिएको चिठी नक्कली

१ आश्विन २०८२

१ असोज , काठमाण्डौ ।

असोज ३ गते संविधान दिवसका दिन पारेर शक्ति प्रदर्शन गर्ने सोही मेसोमा केही दिनदेखि गुप्तवासमा रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि मैदानमा उतार्ने एमाले नेता महेश बस्नेतको दाबी झुटो रहेको पुष्टि भएको छ । साथै जेनजी आन्दोलनपछि शिवपुरीबाट ओलीले लेखेको भनिएको पत्रसमेत नक्कली रहेको खुलेको छ ।

Advertisement
Advertisement

यसको खुलासा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका हुन् । उनले निवर्तमान प्रधानमन्त्री ओलीले जेनजी आन्दोलनकारीका नाममा लेखेको भनिएको चिठी, उनलाई शिवपुरीको सैनिक घेरामा राखिएको र संविधान दिवसमा सार्वजनिक हुनेजस्ता कुरा अफवाहमात्रै भएको बताएका छन् ।

संचारमाध्यमसँग कुरा गर्दै ज्ञवालीले भने, ‘हिजो मेरो कुरा भएको थियोे, परिस्थिति अझै अनुकूल नभएको अवस्थामा सुरक्षित रहनु नै उपयुक्त हुने कुरा भयो ।’ उनका अनुसार कम्तिमा अझै पाँच–सात दिन बाहिर निस्कने कि ननिस्कने भन्ने कुराको टुंगो छैन ।

ओलीले आफू शिवपुरीस्थित सैनिक नियन्त्रणमा रहेको भन्दै जेनजी आन्दोलनकारीलाई सम्बोधन गरी केही दिनअघि सार्वजनिक चिठी आधिकारिक नभएको उनले बताए । ‘न उहाँ शिवपुरीमा हुनुहुन्छ, न त त्यो पत्र उहाँको हो’, उनले भने ।

संगठित राज्यसँग लड्न सकिन्छ, गैरराज्यसँग अर्थात माओवादीसंग लडेकै हौं, तर निरंकुशतासँग लड्न गाह्रो हुन्छ’, उनले भने, ‘नयाँ सरकार बनेको मात्र छ, पूर्णता पाएको छैन, यो सरकार कस्तो बन्छ, यसले के के गर्छ भन्ने कुराका आधारमा हामीले काम गर्नुपर्ने छ ।’

अहिलेका सबै घटनाक्रममा एमाले र त्यसका नेतामाथि प्रहार केन्द्रित भएको भन्दै उनले सबभन्दा बढी सचेत र सुरक्षित पनि एमालेकै नेता, कार्यकर्ता हुनुपर्ने बताए । ओली प्रतिकूल परिस्थितिका कारण सेनाको सुरक्षाभित्र रहेको ज्ञवालीले बताए ।

तर, उक्त सुरक्षा घेरालाई सैनिक नजरबन्द वा गिरफ्तारीका रुपमा चर्चा गर्नु आपत्तिजनक रहेको उनी बताउँछन् । यसैबीच एमाले केन्द्रीय कार्यालयले असोज ३ गते संविधान दिवस देशभर भव्यतापूर्वक मनाउन आफ्ना सबै प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

महासचिव शंकर पोखरेलले ३० भदौमा जारी गरेको परिपत्रमा संविधान २०७२ नेपालको सार्वभौमसत्ता सम्पन्न ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यस दिवसलाई पार्टीस्तरबाट विशेष कार्यक्रमसहित मनाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ का दुःखद् घटनापछि राजनीतिक परिस्थिति असहज बनेको छ । आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर पार्ने षड्यन्त्र भइरहेका छन् । युवाहरूको मागविपरीत मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेका बेला संविधानको रक्षा गर्न आवश्यक छ ।’

एमालेले काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरको प्राङ्गनमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ भने देशभरका जिल्लामा समेत समानान्तर कार्यक्रम गर्ने तयारी गर्न सबैलाई आह्वान गरेको छ ।

संविधान दिवस प्रत्येक वर्ष ३ असोजमा मनाइन्छ । यस दिन संविधानसभामार्फत २०७२ सालमा नेपालको संविधान जारी भएको स्मरण गरिन्छ । यसअघि भने एमाले स्थायी कमिटी सदस्य रहेका महेश बस्नेतले बुधबार–बिहीबारभित्रै काठमाडौंमा १० औं हजारको भिड उतार्ने उद्घोष गरेका थिए ।

मंगलबार जेन–जी आन्दोलनका क्रममा आगजनी गरेर जलाइएको एमाले केन्द्रीय कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका थिए । यस्तै असोज ३ गते संविधान दिवसका अवसरमा एमालेले कार्यक्रम गर्ने र त्यही कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता उत्रिने पनि उनले बताएका थिए ।

Advertisement

तर त्यो अफवाह भएको उनकै उपमहासचिवले प्रष्ट पारेका छन् । यद्यपि जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको एमालेले संविधान दिवसको अवसर पारेर पुनः सक्रिय हुने बाटो समाएको हो । यता प्रचण्ड, माधव नेपाल लगायतका प्राय नेताहरु नेपाली सेनाको सुरक्षा घेराबाट बाहिर निस्किएपनि ओली भने अहिलेसम्म सार्वजनिक भइसकेका छैनन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top