NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
Reading Time: 1 min read
A A
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ असोज , काठमाण्डौ ।

देशको ऐतिहासिक जेन–जी आन्दोलनअघि ’भाइ यो कहाँ पिसाब फेरेको?’, ’मनलाग्दी पैसा असुलेको’ वा ’बिदाका दिनमा सवारी किन चलाएको?’ भन्दै सामाजिक उत्तरदायित्व र सचेतना फैलाउँदै हिँड्दा कतिपयले उनलाई हाँसोको पात्र बनाएका थिए। तर, तिनै आशिका अहिले लाखौँको मनमा बस्न सफल भएकी छिन् ।

जसले देखाएकी छिन् नेतृत्व भाषणले होइन, कर्मले स्थापित हुन्छ। नेपालमा पछिल्लो समय ‘जेन–जी आन्दोलन’को राप सल्किरहेका बेला एक यस्ती पात्र उदाएकी छिन्, जसले आफूलाई मानवताको आवाजका रूपमा स्थापित गरेकी छिन्। उनी हुन्, आशिका तामाङ, जो आज देशभरका युवाका लागि आमा, दिदी, छोरी र अभिभावक बनेकी छिन्।

राज्यको समेत उपस्थिति कमजोर देखिएको जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको कोठा–कोठामा औषधी, लत्ताकपडा, चामलका बोरा र नगद लिएर उनी पुगिरहेकी छिन्। आन्दोलनको समर्थनमा सडकमा होस् या घाइतेहरूको उद्धार गरी अस्पताल पु¥याउन, उनी अहोरात्र खटिरहिन्।

अस्पतालमा आफन्तविहीन भएका जेन–जी घाइतेहरूका लागि लुगाकपडादेखि खाना र औषधिको जोहो गर्न आशिकालाई दौडधूप गरिरहेको देखियो। सरकारको बर्बरताले अस्पतालका भुइँहरू समेत भरिएको अवस्थामा आफन्त नभएका युवाहरू, आमाहरू, दाजुभाइहरू, ती अचेत शरीरहरूको स्याहार गर्न उनी तल्लीन थिइन्।

घाइतेहरूका लागि खाना, पानी, मल्हमपट्टी, लुगा, औषधी र माया बोकेर आशिका दिनरात नभनी खटिरहिन्। आशिका तामाङ यस्ती पात्र हुन्, जसले जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई निस्वार्थ ढंगले ठूलो सहयोग गरिरहेकी छिन् ।

आज उनले सबैको मन जितेकी छिन्। तेल, चामल र उपचार खर्चसमेत बाँडिरहेकी उनले अस्पतालमा घाइतेलाई फेर्न लुगा समेत किनेर लगिरहेकी थिइन्। भीडभाडले गञ्जागोल भएका अस्पतालहरूमा, जहाँ नर्स र चिकित्सक आफैँ थाकेका थिए, त्यहाँ आशिकाले एउटा अभिभावकको जस्तो भूमिका निभाइन्।

कोही घाइते बेहोस अवस्थामा थिए, कसैको हातमा गोली लागेको थियो, कसैको छातीमा। तीमध्ये कतिपयको त आजसम्म घरपरिवारसँग सम्पर्क पनि हुन सकेको थिएन। उनी आफैँ ती अज्ञात बिरामीहरूका लागि आफन्त बनिन् र घाइतेहरूका घरपरिवारसम्म सन्देश पु¥याउन पनि सहयोग गरिन्।

उनको सेवा कुनै संस्थाले मागेको थिएन, कुनै राजनीतिक दलले उर्दी दिएको थिएन। त्यो न त प्रचारको रणनीति थियो, न नै लोकप्रियताको खेल। त्यो एउटा सशक्त आत्माको करुण पुकार थियो । मानवताको आवाज, जसले पीडामा साथ दिन्छ।

उनले नहेरेका कोही थिएनन्, वीर अस्पतालदेखि टिचिङ, सिभिल र काठमाडौंका अन्य अस्पतालसम्म। रातदिन नभनी दौडिरहेकी थिइन्, जतिबेला देशभर जेन–जी आन्दोलनको राप सल्किरहेको थियो।

यो एउटी महिलाको कथा हो, जसलाई कहिल्यै औपचारिक कर्मचारी वा पद दिइएन, उसैलाई उल्टै सार्वजनिक अपराधको मुद्धा लगाएर कयौ दिनसम्म हिरासतमा राखियो । आज उनलाई हिरासतसम्म पुर्याउनेहरुको भागाभाग हुने उनी भने असली नेतृत्वका रुपमा उदाएकी छन् ।

उनले समाजलाई देखाइन् कि, नेतृत्व सत्ता र भाषणले होइन, कर्मले हुन्छ। हिजो त्यही सामाजिक सञ्जालमा कतिपयले उनलाई गाली गरे, यस्तो पनि समाजसेवा हुन्छ र? भन्दै तुच्छ टिप्पणी गरे। आज ती सबै मौन छन् र उनीमाथि गर्व गरिरहेका छन्। सामाजिक संजालमा मजाक उडाएको भन्दै माफी मागिरहेका छन् ।

उनीहरुले नै आशिकालाई दोस्रो भगवानका रूपमा वर्णन गरिरहेका छन् । सामाजिक अभियन्ता आशिका तामाङ आज एउटा पात्र होइनन्, उनी एक प्रेरणा हुन् । एक यस्तो जीवन्त उदाहरण, जसले हामी सबैलाई सम्झाइन् मानवीयता भनेको कुनै संगठन वा नीतिमा सीमित हुँदैन, त्यो त ह्दयको कुरा हो ।

जब एक मनले अर्को पीडामा साथ दिन्छ, त्यहींबाट सुरु हुन्छ परिवर्तनको बीउ । आशिकालाई हेरेर हाम्रा अभियान्ता अनि नेता र नेतृत्वले जनताको सेवा गर्न कुर्सी होइन, मानवीयता र अठोट सबैभन्दा ठूलो इच्छाशक्ति हो भन्ने पाठ सिकुन् ।

Tags: #आशिका तामाङ#जेनजीसँग आशिका

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’
अन्तर्राष्ट्रिय

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.