×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

२ आश्विन २०८२

२ असोज , काठमाण्डौ ।

नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रमुख फेरिएका छन् । भदौ ३१ गते आईजीस्तरीय निर्णयले असोज महिनाको तलब खाने गरी ४८ एसपी सरुवा हुँदा १० जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन् । यसअधि विभिन्न जिल्लामा काज गएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम भएको छ ।

Advertisement
Advertisement

नियमित कार्यअवधि पूरा नहुँदै यो सरुवा भएको हो । जसअनुसार अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ । बाँकेका एसपी रामप्रसाद घर्तीमगरको भने कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेत सरुवा भएको छ ।

अपराध अनुसन्धान शाखा बनेपाका एसपी अनिल कुमार खड्कालाई मधेश प्रहरी गण धनुषा सरुवा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका एसपी अपिल राज बोहराको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं १ नक्शालमा सरुवा भएको छ ।

यस्तै सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ । अत्यन्तै आकर्षक मानिने पर्सामा पाँच महिनामै एसपी गौतम मिश्र त्यहाँबाट सरुवा भएर सुदूरपश्चिम प्रहरी कार्यालय पुगेका छन् ।

त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी सुदीपराज पाठक सरुवा भए । अर्को आकर्षक मानिने मकवानपुरका एसपी विश्वराज खड्का १३ महिना बसेर प्रधान कार्यालय सरुवा भए म त्यहाँ सुवासचन्द्र बोहराले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।

मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेवे, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पंजियार थारु, कास्कीमा नवीन कार्की, कपिलवस्तुमा सन्तोष आचार्य जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् । डोटीमा महेन्द्र नेपाल र भक्तपुरमा सूर्यबहादुर खड्का सरुवा भएर कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दैछन् ।

यस्तै काठमाडौंका विभिन्न ६ वटा प्रहरी वृत्तमा इन्चार्ज फेरिएका छन् । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको निर्णयअनुसार देशभरिका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा क्रममा काठमाडौंका ६ वटा वृत्तमा इन्चार्ज फेरिएका हुन् ।

प्रहरी वृत्त स्वयम्भूका इन्चार्ज डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुशी सरूवा गरिएको छ । उनको स्थानमा सर्वोच्च÷विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ रामशाह पथमा कार्यरत डिएसपी मोहनमणि अधिकारीलाई सरूवा गरिएको छ ।

प्रहरी वृत्त बौद्धका इन्चार्ज जयश्वर रिमाललाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा गरिएको छ । उनको स्थानमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका डिएसपी सन्तोष रोकालाई सरूवा गरिएको छ।

प्रहरी वृत्त मालीगाउँका डिएसपी सुनिलजंग शाहलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको छ । उनको स्थानमा अख्तियारमै कार्यरत डिएसपी धनबहादु बोहरालाई सरूवा गरिएको छ । प्रहरी वृत्त दरबारमार्गका इन्चार्ज डिएसपी राजकुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखा सरूवा गरिएको छ ।

उनको स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखाका डिएसपी नारायण डाँगीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी प्रह्लाद कार्कीलाई नगर प्रहरी कार्यालय काठमाडौंमा खटाइएको छ ।

उनको स्थानमा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखा पोखराका डिएसपी जनार्दन घिमिरेलाई खटाइएको छ । त्यस्तै प्रहरी वृत्त गौशालाका इन्चार्ज डिएसपी सुकदेव खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान तथा कारबाही शाखा लाजिम्पाटमा सरूवा गरिएको छ ।

Advertisement

उनको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको सुरक्षा कार्यालयका डिएसपी प्रकाश रिमाललाई खटाइएको छ । उनीहरूलाई असोज महिनाको तलबभत्ता हाल सरूवा भएकै दरबन्दीबाट पाउने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top