×

NEPAL TIMES UPDATES

Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

२ आश्विन २०८२

२ असोज , काठमाण्डौ ।

पूर्व निर्धारित तालिकाअनुसार प्रधानमन्त्री सुशीला कार्कीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेकी छिन् । यो प्रधानमन्त्री बनेपछि सुशीलाको विदेशी समकक्षीसँगको पहिलो कुराकानी हो ।

उनीहरुबीच करिब २० मिनेट कुरा भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीको क्रममा प्रधानमन्त्री मोदीले नेपालमा उत्पन्न पछिल्लो परिस्थितिलाई शान्तिपूर्ण तरिकाले अवतरण गराउन सफल भएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका थिए । पछिल्लो घटनाक्रमका कारण देशले भोगको क्षतिप्रति आफू दुखी रहेको भन्दै प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई यस अवस्थामा हरेक प्रकारको सहयोग दिन तयार रहेको धारणा राखेका छन् ।

प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री कार्कीले जन्मदिनको शुभकामना दिँदै साथ सहयोगको अपेक्षा गरेको बताइएकी थिइन् । टेलीफोन कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिँदै शान्ति तथा स्थिरता पुनस्र्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन् ।

‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें,’ उनले लेखेका छन्, ‘हालैको दुःखद घटनामा ज्यान गुमाएका प्रति गहिरो समवेदना व्यक्त गरें र शान्ति तथा स्थिरता पुनस्र्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।’

उनले संविधान दिवसको पनि शुभामना दिएको भन्दै उल्लेख गरेका छन्,’साथै, भोलि नेपालकै राष्ट्रिय दिवसको अवसरमा उहाँलाई र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि प्रेषण गरें।’ मोदीले नेपाललाई संविधान दिवसमा पहिलोपटक सार्वजनिक शुभकामना दिएका हुन् ।

संविधान जारी गर्दा भारतले नेपालमा नाकाबन्दी लगाएको थियो भने संविधान जारी गरेकोमा बधाइ समेत दिएको थिएन । अहिले १० वर्षपछि आएर मोदीले प्रत्यक्ष संवाद मार्फत संविधान दिवसका अवसरमा बधाई दिएका छन् ।

यसअघि मोदीले मणिपुरबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरेका थिए। ʻमणिपुरको धर्तीबाट नेपालका साथीहरूसँग पनि कुरा गर्छु। हिमालयको काखमा बसेको नेपाल भारतको एउटा मित्र हो। नजिकको साथी हो। हामी साझा इतिहासबाट जोडिएका छौँ, अवस्थाबाट जोडिएका छौँ। एकसाथ अगाडि बढिरहेका छौँ। म नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री पद सम्हाल्नुभएकोमा १४० करोड भारतीयको तर्फबाट श्रीमती सुशीलाजीलाई बधाई दिन चाहन्छु। मलाई आशा छ, नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ,ʼ उनले भनेका थिए।

उनले नेपालले पहिलो महिला प्रधानमन्त्री पाउनु महिला सशक्तीकरणको ठुलो उदाहरण भएको बताएका थिए। प्रधानमन्त्री नियुक्त लगत्तै मोदीले सबैभन्दा पहिला सुशीलालाई सामाजिक संजालबाट समेत बधाई दिएका थिए ।

यसअघि मंगलबारै नेपालीस्थित भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री सुशीलालाई भेटेर बधाई तथा पुर्ननिर्माणका लागि सहयोग गर्न भारत तयार रहेको वचन दिइसकेका छन् । यस्तै आजै प्रधानमन्त्री कार्कीसंग विश्वकै दुई शक्तिशाली मुलुकका राजदूतले पनि भेट्दै छन् ।

मन्त्रिपरिषद् कार्यालयका अनुसार, चिनियाँ राजदूत छन सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनले पनि भेटघाटका लागि समय लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यी सबै कूटनीतिक भेट र वार्ताहरू हुनेछन् ।

यसअघि अमेरिकाले समेत सुशीलालाई बधाइ दिँदै सहयोगको वचन दिइसकेको छ । प्रधानमन्त्री कार्कीले अहिले परराष्ट्रसहित १५ वटा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी छन् । बाँकी ६ वटा मन्त्रालय ३ जना मन्त्रीको काँधमा छन् । उनी चाडै मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा छिन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top