×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

२ आश्विन २०८२

२ असोज , काठमाण्डौ ।

भदौ २२ र २३ गते नेपालले २८ घण्टाभित्रै एउटा अभूतपूर्व राजनीतिक भूकम्पको सामना ग¥यो । सडकमा पोखिएको जेनजी पुस्ताको आक्रोशले दशकौंदेखि जमेको सत्ताको जग मात्र हल्लाएन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्दै देशमा नागरिक सरकार बन्यो ।

सतहमा हेर्दा, यो विद्रोह सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र शासकहरूको अकर्मण्यता विरुद्ध युवाहरूको स्वतःस्फूर्त विस्फोट थियो। तर, जब धुवाँको मुस्लो बिस्तारै हट्दै गयो, पर्दा पछाडिबाट जवरजस्ती बुनिएका अनेकौं कथाहरू बाहिर आउन थालेका छन् ।

कोही यसलाई अमेरिकी डलरले पोषित भ्रष्टाचार विरुद्धको विद्रोह भन्छन्, त कोही यसलाई नेपाललाई युक्रेन बनाउने पश्चिमाहरूको ५५ वर्षे लामो ‘ग्रान्ड डिजाइन’को पछिल्लो अध्याय मानिरहेका छन् ।

यो विद्रोहको झिल्को सरकारले फेसबुक, युट्युब, एक्स अघि ट्विटर लगायत २६ वटा सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धबाट सुरु भयो। तर, आगोको लागि दाउरा पहिल्यै तयार थियो। महिनौंदेखि सामाजिक सञ्जालमा नेताका छोराछोरी, अर्थात् नेपोकिडहरूले प्रदर्शन गरिरहेका महंगा गाडी, विदेश भ्रमण र विलासी जीवनशैलीका भिडियोहरू भाइरल भइरहेका थिए।

बेरोजगारी र सामान्य अवसरबाट समेत वञ्चित युवाहरूका लागि यी दृश्यहरू केवल अपमानजनक मात्र थिएनन्, यो सडेको प्रणालीको ऐना बनेको थियो। सरकारले आफ्नो बेइज्जती लुकाउन जब अभिव्यक्ति स्वतन्त्रताको माध्यम नै बन्द गरिदियो, तब आक्रोशको बाँध फुट्यो।

भदौ २३ गते काठमाडौंका सडकमा उत्रिएको युवाहरूको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले दमन गर्दा स्थिति नियन्त्रण बाहिर गयो। २८ घण्टाभित्र देश रणमैदानमा परिणत भयो । संसद भवन जल्यो, प्रमुख दलका कार्यालयहरू ध्वस्त भए र शीर्ष नेताहरूका घरमा आगो लाग्यो।

प्रहरीको गोली लागेर दर्जनौं प्रदर्शनकारीले ज्यान गुमाए। अन्ततः, चौतर्फी दबाब थेग्न नसकेर ओलीले राजीनामा दिए र देशको नेतृत्व अन्तरिम सरकारको हातमा आयो। यस संकटको घडीमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह एक अप्रत्यक्ष ‘किङमेकर’को भूमिकामा देखिए, जसले आन्दोलनलाई दिशानिर्देश गर्दै अन्तरिम सरकार गठनसम्मको सहजकर्ताको काम गरे।

तर के यो विद्रोह केवल युवाहरूको आक्रोश मात्र थियो? अमेरिकी अतिदक्षिणपन्थी राजनीतिक कार्यकर्ता र डोनाल्ड ट्रम्पकी निकटस्थ एलिजाबेथ लुमरको दाबीलाई मान्ने हो भने, यो विद्रोहको जरा वासिङ्टनसम्म पुग्छ।

एक्स मार्फत उनले दाबी गरेकी छिन् कि नेपालका नेताहरू अमेरिकी संस्था युएसएआईडी र नीति फाउन्डेसनजस्ता संस्थाहरूबाट लोकतन्त्र र विकासको नाममा आएको लाखौं डलर सहायताले विलासी बनेका थिए, जसले युवाहरूलाई आन्दोलित बनायो।

लुमरका अनुसार, नेपालमा भएको करिब साढे ४ अर्ब नेपाली रुपैयाँ बराबरको अमेरिकी सहयोग कुनै संवैधानिक निगरानीविना खर्च भयो, जसले भ्रष्टाचारलाई संस्थागत ग¥यो। उनले नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डीन थम्पसनमाथि पनि गम्भीर आरोप लगाएकी छिन्।

बाइडेन प्रशासनद्वारा नियुक्त थम्पसनले नेपालमा एलजीबीटीक्यू, विविधता र समावेशिताजस्ता ‘वामपन्थी एजेन्डा’लाई प्रवद्र्धन गरेको र उनी एन्टी–ट्रम्प, ओबामा–बाइडेन समर्थक भएको उनको तर्क छ। लुमरले भनेकी छिन्, “नेपाल जलिरहेको बेला थम्पसन अमेरिकी करदाताको पैसाले वामपन्थी एजेन्डा फैलाइरहेका थिए।

उनलाई तुरुन्त हटाएर ‘अमेरिका पहिलो’ नीतिका राजदूत पठाइनुपर्छ।” उनको नजरमा नेपालको यो सत्तापलट, वासिङ्टनको लापरवाह विदेशी सहायता नीतिको असफलताको ज्वलन्त उदाहरण हो।

एलिजाबेथ लुमर एक अमेरिकी अतिदक्षिणपन्थी राजनीतिक कार्यकर्ता, राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट अभियन्ता र सोसल मिडिया इन्फ्लुएन्सर हुन् । उनले हालै नेपालमा भएको आन्दोलन र सत्तापलटबारे सोसल मिडिया एक्समार्फत यस्तो दाबी गरेकी छन् ।

उनले अमेरिकी कांग्रेसको चुनावमा पनि उम्मेदवारी दिएकी थिइन्, तर उनी सफल भइनन् । उनलाई केहीले स्वतन्त्र अभिव्यक्तिको पक्षधर ठान्छन् भने आलोचकहरूले घृणात्मक विचार र षड्यन्त्र सिद्धान्त फैलाउने व्यक्ति भनेर चित्रण गर्छन्।

यसअघि ट्रम्पले लूमरसँगको सल्लाहपछि ह्वाइटहाउसबाट धेरै अधिकारीहरुलाई हटाएका थिए । अमेरिकी कित्ताबाट यस्तो दाबी आइरहँदा, नेपालभित्रैबाट राजावादीका रुपमा चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यो आन्दोलनलाई ५५ वर्ष लामो पश्चिमा षड्यन्त्रको हिस्साको रूपमा व्याख्या गरेका छन्।

जेनजी आन्दोलनले ओली सरकार ढालेपछि प्रधानसेनापतिसँग सरकार गठनका विषयमा छलफल गर्न पुगेका प्रसाईंले एक भिडिओ सन्देशमार्फत यो आन्दोलनको अन्तिम उद्देश्य नेपाललाई पश्चिमाहरूको भूराजनीतिक खेल मैदान बनाएर कब्जा गर्नु रहेको दाबी गरेका छन्।

उनले २०२८ सालमा राजा महेन्द्रको रहस्यमय निधनदेखि २०७२ को संविधानमार्फत हिन्दू राष्ट्र र राजसंस्थाको अन्त्यसम्मका घटनालाई पश्चिमा डिजाइनको हिस्सा मानेका छन्। उनका अनुसार, विवेकशील साझा पार्टीदेखि राष्ट्रिय स्वतन्त्र पार्टीसम्मको उदय पनि युवाहरूलाई दिग्भ्रमित पार्ने र देशलाई नागरिकविहीन बनाउने षड्यन्त्रकै अंश हो। प्रसाईंले भनेका छन्, “यसको अन्तिम उद्देश्य वैदिक सनातन हिन्दू राष्ट्रको आन्दोलनलाई ओझेलमा पार्दै, जनताकै मतबाट पश्चिमाहरूको डिजाइनमा देश कब्जा गर्नु हो। यो देशलाई युक्रेन बनाएर चीन र भारतको बीचमा पश्चिमा सेनाहरू उतार्ने खेल भइरहेको छ।”

उनले बालेन शाहले आफूलाई आन्दोलनमा नआउन आग्रह गरेको बताउँदै आफू यसमा संलग्न नरहेको पनि स्पष्ट पारेका छन्। भिडिओ सन्देशमार्फत प्रसाईँले भनेका छन्, ‘म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो । र, यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’

एकातिर अमेरिकी दक्षिणपन्थी अभियन्ताका यूएसएआइडी एजेन्डाको सिद्धान्त छ, अर्कोतिर दुर्गा प्रसाईंको ५५ वर्षे पश्चिमा डिजाइनको भाष्य। तर यी सबै दाबी र प्रतिदाबीका बीच, सडकमा ज्यान गुमाउने र सत्तालाई घुँडा टेकाउने नेपाली युवाहरूका लागि यो विद्रोहको नायक ‘जेनजी पुस्ता’ नै हुन् ।

उनीहरूका लागि यो कुनै विदेशी एजेन्डा थिएन; यो भ्रष्टाचार, नातावाद र अवसरको असमानता विरुद्धको लडाइँ थियो। जुन उनीहरुले जितेका छन् । यो अवस्थामा बालेन्द्र शाह बालेन एक यस्तो पात्रको रूपमा उभिए, जसले सडकको आक्रोशलाई राजनीतिक निकासतर्फ डोरÞ्याए।

अब देश अन्तरिम सरकारको नेतृत्वमा फागुन २१ गते हुने मध्यावधि चुनावको पर्खाइमा छ। यो चुनावले नै फैसला गर्नेछ कि नेपालको भविष्य कसले लेख्नेछ ? सडकमा रगत बगाएको जेनजी पुस्ताले, विदेशी शक्तिहरूले वा यी दुवैको बीचबाट आफ्नो बाटो बनाउने नयाँ राजनीतिक शक्तिले ?

यो विद्रोहको वास्तविक नायक को थियो ?सडकमा उत्रिएको जेनजी, पर्दा पछाडिबाट डोरी तानिरहेको अदृश्य शक्ति वा यी दुवैको बीचमा आफ्नो बाटो बनाउने बालेन शाह ? यसको जवाफ, अब आउने चुनाव र नेपालको भविष्यले नै दिनेछ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top