×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

२ आश्विन २०८२

२ असोज , काठमाण्डौ ।

विश्व फुटबल स्टार अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी केही महिनापछि नेपालको छिमेकमा आउँदैछन् । दक्षिणी छिमेकी भारतमा यस वर्षको अन्त्यमा उनको भ्रमण हुने भएको हो । यसै छेको पारेर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ७५ औं जन्मदिनमा शुभकामना दिएका छन् ।

Advertisement
Advertisement

संगै २०२२ को फिफा विश्वकप विजेता अर्जेन्टिनाको हस्ताक्षरित जर्सी पनि उपहार पठाएका छन् । यो उपहार मेस्सीले भारत भ्रमणको तयारीसँगै आएको हो । खेलकुद उद्यमी तथा मेस्सीको भारत भ्रमणका आयोजक सताद्रु दत्तले भने, ‘मेस्सीले नरेन्द्र मोदीको ७५ औं जन्मदिनका लागि हस्ताक्षरित जर्सी पठाएका छन्। उनी भारत आउँदा नरेन्द्र मोदीसँग भेटाउने प्रयास गर्नेछौँ।’

‘उनले भारतीय प्रशंसकहरूका लागि शुभकामना दिएका छन्। पहिलो पटक नयाँ दिल्ली र मुम्बई आएर प्रशंसकहरूलाई भेट्न उत्साहित छन्,’ दत्तले भने । हिन्दुस्तान टाइम्सका अनुसार मेस्सी डिसेम्बर १३ मा भारत आउनेछन् । उनले कोलकाताबाट भ्रमण सुरु गर्ने जनाइएको छ ।

त्यसपछि उनी मुम्बई हुँदै डिसेम्बर १५ मा नयाँ दिल्लीमा तीनदिने भ्रमण समाप्त गर्नेछन्, जहाँ मोदीसँग भेट हुन सक्छ । उनले कोलकाताको साल्ट लेक स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र दिल्लीको अरुण जेटली स्टेडियममा कार्यक्रम गर्ने जनाइएको छ ।

यो एक दशकपछि मेस्सीको पहिलो भारत भ्रमण हुनेछ। सन् २०११ मा उनले कोलकातामा भेनेजुएलाविरुद्ध फिफा मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको कप्तानी गरेका थिए । यसैबिच अर्जेन्टिना फुटबल संघले नोभेम्बरमा केरलामा मैत्रीपूर्ण खेल आयोजना गर्ने योजना बनाइरहेको छ ।

केरलाका खेलकुद मन्त्री वी. अब्दुरहिमानले अखिल भारतीय फुटबल महासंघसँग छलफल भइरहेको बताए । यदि मेस्सीले भाग लिए भने दुई महिनामा उनको दुईपटक भारत भ्रमण हुन सक्छ, जसले भारतीय प्रशंसकहरूलाई विश्वकप विजेता कप्तानलाई प्रत्यक्ष हेर्ने अवसर दिनेछ ।

यस्तै भारतीय मैदानमा मेस्सीले फुटबल सुज खोलेर क्रिकेट स्पाइक लगाउन सक्छन् । फुटबल र क्रिकेट दुवैका खेलका समर्थकका लागि यो क्षण रोमाञ्चक हुने अपेक्षा गरिएको छ । मेस्सीको सम्मानमा भारतका महान् क्रिकेटर सचिन तेल्दुलकर, महेन्द्रसिंह धोनी, विराट कोहली, रोहित शर्माजस्ता दिग्गजले ‘गोट कप’ खेल्नेछन् ।

भारतमा बनाइएको मेस्सीको ठूलो सालिकको अनावरण त्यही बेला गरिनेछ । उनले आफू जाने प्रत्येक शहरमा भारतीय बालबालिकाका लागि मास्टर क्लास लिनेछन् । यो रमाइलो प्रदर्शनी खेलमा विश्व फुटबलका महान् खेलाडीलाई भारतका दिग्गज र नयाँ क्रिकेटहरूसँग एउटै मैदानमा देख्न पाइनेछ, जुन भारतीय खेलप्रेमीका लागि ऐतिहासिक क्षण बन्न सक्छ ।

तर, अहिलेसम्म आधिकारिक तालिका सार्वजनिक गरिएको छैन । सबै तयारी पूरा भएपछि मात्र तालिका सार्वजनिक हुने जनाइएको छ । दुई दशकयता लियोनल मेस्सीसँग प्रतिस्पर्धीका रूपमा जोडिएर आउने पोर्चुगिज टाइगर क्रिस्टियानो रोनाल्डोलाई उनका समर्थकहरू संघर्षबाट उदाएको महानायक मान्छन् ।

यता, मेस्सीलाई उनका फ्यान्सले प्राकृतिक जादुगर भन्ने गरेका छन् । नेपालमा पनि दुई खेलाडीका थुप्रै समर्थक छन् । भारतमा अहिले एउटै मञ्चमा देखिन लागेका क्रिकेटका दिग्गज सचिन तेन्दुलकर मेस्सीका प्रशंसक हुन् भने विश्वचर्चित खेलाडी विराट कोहली रोनाल्डोका फ्यान हुन् ।

यसैगरी भारतका क्रिकेट लिजेन्ड युवराज सिंहका पनि बेस्ट प्लेयर क्रिस्टियानो रोनाल्डो हुन् । महेन्द्रसिंह धोनी भने लियोनल मेस्सीको खेललाई उत्कृष्ट मान्छन् । मेस्सी भारत आउन लाग्नुको प्रमुख उद्देश्य भने प्रमोसनल टुर नै हो । यो भ्रमण व्यावसायिक र ब्रान्ड प्रवद्र्धनसँग सम्बन्धित हुन सक्छ ।

उनी विश्वभर विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै; एडिडास, पेप्सी, हार्ड रक क्याफेलगायत प्रतिष्ठित ब्रान्डका ग्लोबल एम्बासडर हुन् । भारतजस्तो ठूलो बजारमा यी ब्रान्डहरूलाई अझ मजबुत बनाउने उद्देश्यले मेस्सीलाई ल्याउन लागिएको हुन सक्छ ।

भारतीय सेलेब्रिटीहरू सहभागी कार्यक्रम जस्तै ’एक्जिबिसन म्याच’मा विशेष पाहुना खेलाडीका रूपमा मेस्सी सहभागी हुनेछन् । मुम्बईको वानखेडे स्टेडियम १३ डिसेम्बरका लागि बुक गर्ने तयारी त्यसैसँग जोडिएको छ । यद्यपि, उनी ब्रान्ड प्रमोसनकै लागि भारत आउन लागेको भनेर आधिकारिक पुष्टि भइसकेको छैन ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top