×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

२ आश्विन २०८२

२ असोज , काठमाण्डौ ।

लामो समयदेखि रोजगारी वा अध्ययनका शिलशिलामा विदेशमा रहेकाहरुले पनि भोट हाल्न पाउनुपर्छ भन्दै आएका नेपालीहरुको अब त्यो माग पूरा हुने भएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा विदेशमा रहेका नागरिकले पनि मतदान गर्न मिल्ने गरी गृहकार्य सुरु गरेको छ ।

Advertisement
Advertisement

गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गरी विदेशमा रहेका नागरिकको मताधिकार सुरक्षित गर्नेबारे कामअघि बढाउन लागेका हुन् । ’विदेशमा रहेका नागरिकको मताधिकारका विषयमा मन्त्रीज्यूसँग कुरा भयो। पुरानो ऐन नियमले थोरै छेक्छ,’ भण्डारीले भने,’ऐन नियमको बाधा कसरी खोल्ने भन्नेबारे जानकारी गराएर समाधानका लागि के गर्न सकिन्छ गर्दैछौँ, छलफलमा छौँ।’

मन्त्री अर्यालले पनि कम्तीमा समानुपातिकतर्फमात्रै भए पनि मतदानको अधिकार सुनिश्चित गराउने गरी काम अघि बढाइने बताएका छन् । ’समानुपातिकतर्फ मात्रै भए पनि मताधिकार सुनिश्चित गराउनुपर्ने बाध्यात्मक अवस्था छ,’ उनले भने, ’सर्वोच्च अदालतले पनि यसबारे आदेश गरिसकेको छ । आयोगले बाधा केके कारणले भएको हो भन्ने पहिचान गरेर खुलाउने, सरकारले आवश्यक ऐन बनाएर त्यसलाई अघि बढाउनेछ।’

उनले सम्बन्धित देशका राजदूतावासमा मतदानको व्यवस्था मिलाएर मताधिकार सुनिश्चित गर्ने गरी सरकार अघि बढेको सुनाए । ‘सकिएन भने पनि जहाँ हाम्रो राजदूतावास छ त्यहाँबाट प्रयास गर्नुपर्छ । राज्यले पनि प्रविधिको प्रयोग गरेर युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउने प्रयास गरौं भन्ने छ,’ उनले आयोगमा ब्रिफिङ गर्ने क्रममा भने, ‘उहाँहरूलाई हामीले निर्वाचनमा मतदान गर्ने अवसरबाट बञ्चित गर्न हुँदैन । नेपाल सरकारबाट गर्न सक्ने हामीले गर्छौं, मलाई लाग्छ निर्वाचन आयोगले पनि यसमा सहजीकरण गर्नेछ ।’

यससंगै अब अध्यादेशबाट कानून बने आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि भोट हाल्न पाउनेछन् । यस्तै सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ ।

गृहमन्त्री अर्यालले जेनजीहरूको विद्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएको भन्दै उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न नसकिने बताए । उनले १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानून संशोधन आवश्यक रहेको बताए ।

विद्यमान कानूनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता थप्न नमिल्ने भएकाले आयोगले कानून संशोधनका लागि प्रस्ताव ल्याउन आग्रह गरे । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अहिले विषम परिस्थितिमा निर्वाचनको अवस्था आएकाले परिवर्तनको माग बमोजिम आवश्यक कानून संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्न आयोग बाधक नबन्ने बताए ।

यसबीच जेन–जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ । भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा यी घटना भएको निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्री जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए । उनका अनुसार प्रदेश निर्वाचन कार्यालय मोरङको कार्यालयमा तोडफोड र सामग्री चोरी भएको, जिल्ला निर्वाचन कार्यालय सप्तरीको कार्यालयमा आगजनी र सामान चोरी भएको साथै मोटरसाइकल जलाइएको छ ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालय चितवनमा भवन तथा चारपाङ्ग्रे सवारी साधन आगजनी भइ पूर्ण रूपमा क्षति भएको छ । सहसचिव केसी प्रदेश निर्वाचन कार्यालय पोखरामा चारपाङ्ग्रे सवारी साधन एउटामा आगजनी भइ पूर्ण क्षति भएको र अर्कोमा तोडफोड भएको बताए ।

त्यस्तै प्रदेश निर्वाचन कार्यालय दाङको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको छ भने मोटरसाइकल आगजनी गरिएको छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालय डडेलधुराको कार्यालय तोडफोड हुनुका साथै २ वटा मोटरसाइकल र कम्प्युटर, ल्यापटप जलेको छ ।

यसैबीच आज प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षीसंग फोनवार्ता गरेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्कीलाई शुभकामनाका साथै अगामी दिनमा सहयोग र समर्थन जारी राख्ने बताएका छन् ।

उनले भोलि नेपालले मनाउने संविधान दिवसको पनि शुभकामना दिएका छन् । यस्तै प्रधानमन्त्री कार्कीसंग आजै चिनियाँ राजदूत छन सोङले पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सयहोग गर्ने बताएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए ।

‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’

कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो । यसअघि भारतीय राजदूत नविन श्रीवास्तवले भेट गरिसकेका छन् भने आजै अमेरिकी राजदूतले पनि पनि भेटवार्ता गर्दैछन् ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top