×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

४ आश्विन २०८२

४ असोज , काठमाण्डौ ।

युक्रेनमा युद्ध जारी राखेको रुसले पछिल्लो समय एकपछि अर्को नेटो सदस्य एवं यरोपेली छिमेकी मुलुकका आकाशमा आफ्नो युद्धक विमान उडाएको छ । यसले सिंगो युरोपलाई त्रासमा पारिदिएको छ । पोल्याण्ड र रोमानियापछि अहिले एस्टोनियाको परराष्ट्र मन्त्रालयले तीनवटा रुसी लडाकु विमानले देशको हवाई क्षेत्र उल्लंघन गरेको भन्दै कडा आपत्ति जनाएको छ ।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार रुसी चार्ज द’अफेयरलाई यस विषयमा स्पष्टीकरणका लागि बोलाइएको छ । मन्त्रालयले जनाएअनुसार शुक्रबार तीनवटा रुसी मिग–३१ लडाकु विमानले अनुमति विना फिनल्याण्ड खाडीको माथिबाट एस्टोनियाको हवाई क्षेत्रमा प्रवेश गरेका थिए र १२ मिनेटसम्म त्यहाँ रहेका थिए ।

एस्टोनियाका परराष्ट्र मन्त्रीले भने, ‘यस वर्ष मात्र रुसले चार पटक एस्टोनियाको हवाई क्षेत्र उल्लंघन गरिसकेको छ, जुन आफैँमा अस्वीकार्य हो । तर आजको घटनामा तीनवटा लडाकु विमान एउटै पटक प्रवेश गर्नु अभूतपूर्व धृष्टता हो।’

उनले थपे, ‘रुसको बढ्दो आक्रामकता र सीमाहरू परीक्षण गर्ने प्रवृत्तिलाई तत्काल राजनीतिक र आर्थिक दबाब वृद्धि गरेर जवाफ दिनुपर्छ।’ यो घटना यसै महिनाको सुरुवातमा रुसी ड्रोनले पोल्यान्ड र रोमानियाको हवाई क्षेत्र उल्लंघन गरेको घटनापछि आएको हो ।

ती घटनापछि नेटो सहयोगी राष्ट्रहरूले पूर्वी सीमामा सुरक्षा थप बलियो बनाउने घोषणा गरेका थिए । यस्तै नेटोले एस्टोनियाली हवाई क्षेत्र उल्लङ्घन गर्ने तीन रुसी लडाकु विमानहरूलाई रोकिएको पनि बताएको छ ।

नेटोका प्रवक्ता एलिसन हार्टले सैन्य गठबन्धनले छिटो प्रतिक्रिया दिएको र रुसी विमान रोकेको बताएका छन् । नेटोले भनेको छ– यो रुसको लापरबाही व्यवहार र तत्काल कारबाही गर्ने नेटोको क्षमताको अर्को उदाहरण हो ।

सन् २०२२ मा रुसले युक्रेनमा अतिक्रमण गरेदेखि नै उत्तर एटलान्टिक सन्धि सङ्गठन अर्थात् नेटो सैन्य गठबन्धन तथा रुसबीच तनाव बढिरहेको छ । गत साता उक्त तनाव झनै बढ्यो जब पोल्यान्ड र रुमेनियाका हवाई क्षेत्रलाई रुसी ड्रोनहरूले लगालग उल्लंघन गरेका थिए ।

ती दुवै देश नेटोका सदस्य राष्ट्र हुन् । उक्त घटनाको प्रतिक्रियास्वरूप नेटोले उसका लडाकू विमानसहितका सैन्य उपकरण पूर्वी मोर्चा सुदृढ बनाउन परिचालन गर्ने वाचा गरेको थियो । अभियान अन्तर्गत तत्कालै इटली, फिनल्यान्ड र स्वीडनका जेटहरू परिचालन गरिएका थिए ।

यता रुसको विदेश मन्त्रालयले आफ्ना विमान ’पूर्व निर्धारित उडानमा रहेको’ अनि ’अन्तर्राष्ट्रिय हवाई क्षेत्रको नियमभित्रै रहेको तथा अन्य देशको सिमाना नमिचेको’ बताएको छ ।  उसका अनुसार ती विमान तटस्थ बाल्टिक सागर क्षेत्रमाथि उडेका तथा इस्टोनियाली भाइन्डलु टापुभन्दा ३ किलोमिटर पर रहेका थिए ।

तर इस्टोनियाका विदेशमन्त्रीले रुसी कदमलाई ’स्पष्ट रूपमा उत्तेजित पार्ने’ कार्य भनेका छन्

उनले नेटो सदस्य देशहरूलाई एकताबद्ध प्रतिक्रिया जनाउन आह्वान गरेका छन्।
……..
युरोपेली युनियनकी विदेश नीति प्रमुख काया कलासले रुसले पश्चिमा जगतको दृढताको परीक्षण गरिरहेको भन्दै आफूहरूले कुनै कमजोरी प्रदर्शन गर्न नहुने बताएकी छन् । इस्टोनियाका प्रधानमन्त्री क्रिस्टन मिकालले उनको सरकारले नेटोको आकस्मिक बैठकमा ’धारा ४ सम्बन्धी परामर्श’ गर्न अनुरोध गर्ने निर्णय गरेको बताए ।

नेटो सन्धिको धारा ४ ले उक्त ३२ सदस्यीय गठबन्धनमाझ तत्काल छलफलको प्रबन्ध गर्छ । यो गठबन्धनमा अमेरिका तथा कैयन् युरोपेली देशहरू सामूहिक प्रतिरक्षामा आबद्ध छन् । यो साता यसरी नेटोको धारा ४ परामर्शको अनुरोध भएको यो दोस्रो पटक हो।

आफ्नो हवाई क्षेत्रमा रुसी ड्रोन प्रवेश गरेपछि पोल्यान्डले पनि त्यस्तै अनुरोध गरेको थियो । यसबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस मामिलामा आफूलाई जानकारी गराइन लागेको पत्रकारहरूलाई शुक्रवार बताएका थिए । “मलाई यस्तो मन पर्दैन। यस्ता घटना भएपछि मलाई मन पर्दैन। ठूलै समस्या हुन सक्छ। म पछि बताउँला,“ उनले भनेका छन् ।

Advertisement

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top