‘५ वर्षसम्मै यही सरकार’

प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म यही सरकारले काम गर्ने र त्यसपछिको चुनावबाट झन् बलियो भएर आउने दाबी गरेका छन् ।राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भने, ‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो ।

बजेट नै राम्ररी निकासा हुन पाएको छैन । अहिल्यै त्यो भएन र यो भएन भन्ने ?’ प्रतिनिधिसभामा आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपालले गरेको विरोधप्रति ओलीले ‘कवितात्मक रूपमा केही भनिएको तर आफूले पूरै सुन्न नपाएको’ प्रतिक्रिया दिए ।

‘मान्छे–मान्छेबीच कहिलेकाहीँ के चित्त बुझेको हुँदैन, कवि मनले कविता भनिहाल्यो भने पनि त्यसैकै पछि कुद्नु पर्दैन,’ ओलीले भने, ‘हावा चल्यो, पात बह्यो, त्यसकै पछाडि राजनीति कुद्ने होइन ।’

Advertisement

मुलुक पछिल्लो ७ महिनामा मात्रै गरिब नभएको तर्क गर्दै उनले भने, ‘बाटाघाटा यही ७ महिनामा नबनेका हुन् ? पहिले त पिच नै पिच थिए जसरी आलोचना भइरहेको छ ।’

नेता नेपालले गतसाता प्रतिनिधिसभा बैठकमा सरकारको काम देख्दा दिक्क लाग्न थालेको र देशै डुब्न लागेको धारणा राखेका थिए । उनले माधव नेपालसँगको ०२९ सालदेखिको आफ्नो सम्बन्ध अहिले पनि घनिष्ठ रहेको बताए ।

Advertisement

सरकारले एउटा पनि नराम्रो काम नगरेको दाबी गर्दै उनले भने, ‘यसबीचमा सरकारले देशभित्र र बाहिर नराम्रो काम एउटा पनि गरेको छैन, राम्रो काम गरेको छ, गर्ने कोसिस गरिरहेको छ ।’ प्रधानमन्त्रीले कानुनहरू निर्माण भएको र विकासका काम पनि अघि बढिरहेको दाबी गरे ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top