×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

५ आश्विन २०८२

५ असोज , काठमाण्डौ ।

नेपाली कांग्रेस, देशकै सबैभन्दा पुरानो र प्रजातान्त्रिक शक्ति जेनजीको आन्दोलनपछि यतिखेर एक गहन संकटको सामना गरिरहेको छ। ७९ सम्पन्न निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले ‘जेनजी’ आन्दोलनले उठाएका जनभावनालाई सम्बोधन गर्न नसक्दा अहिले पार्टीभित्र आन्तरिक कलह चर्किएको छ।

Advertisement
Advertisement

सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि महामन्त्री गगन थापाले उठाएका प्रश्नहरूले कांग्रेस की पुनर्गठन हुन्छ कि विभाजन ? भन्ने बहस सुरु भएको छ। भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्ति माथि हिंसात्मक आक्रमण भयो ।

आन्दोलनकारीहरूले देउवा दम्पतीमाथि हातपात गर्नुका साथै निवासमा आगजनी र तोडफोडसमेत गरेका थिए। यस आक्रमणबाट देउवाको टाउकोमा गम्भीर चोट लागेको र १२ वटा टाँका लगाइएको जानकारी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दिएका छन्।

चिकित्सकहरूले धारिलो हतियार प्रहारबाट चोट लागेको बताए पनि कसले, के हतियारले प्रहार गरेको हो भन्ने अझै खुल्न सकेको छैन। यस घटनालाई अमानवीय र बर्बर भन्दै नेपाली कांग्रेसले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ।

सभापति देउवाको स्वास्थ्यलाभ भइरहेकै बेला महामन्त्री गगन थापाले पार्टी रूपान्तरण र पुनर्गठनको अभियान सुरु गरेपछि पार्टीभित्र ठूलो तरंग उत्पन्न भएको छ। थापाले देउवा नेतृत्व तत्कालै परिवर्तन हुनुपर्ने र पार्टीको व्यापक पुनर्गठन गरिनुपर्ने माग गरेका छन्।

उनले ५ पटकका प्रधानमन्त्री देउवाले अब विश्राम लिनैपर्ने युवाका सुझावहरु समेट्दै पुनर्गठनको आवाज उठाएका छन् । भिडियो सन्देश जारी गर्दै थापाले भनेका छन्, ‘पार्टी रूपान्तरण र पार्टी पुनर्गठनको यो अभियानमा लाग्दै गर्दा त्यसको जस्तोसुकै मूल्य चुकाउन म तयार छु। म पार्टीको साधारण सदस्यमात्र भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु।’

थापाले पार्टीको पुनर्गठनका लागि दुईवटा विकल्प प्रस्तुत गरेका छन् । उनले पुरानो क्रियाशील सदस्यता नवीकरण गर्ने, एक÷दुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलेर विधानका सबै धारा निलम्बन गर्ने र पार्टीका सदस्यहरूबाट सिधा चुनाव गरेर नेतृत्व छान्ने।

सभापति उपचाररत रहेकै बेला यस्तो बहस गर्नु असान्दर्भिक भएको भन्ने प्रश्नमा थापाले आफूहरू संवेदनशीलहीन नभएको र सभापतिसँग सल्लाह गरेरै यो कुरा उठाएको बताएका छन्। उनले सभापतिलाई नै पहिलो कदम चाल्न आग्रह गरेको तर यदि उनी सहमत नभए आफूहरू अगाडि बढ्ने अडान राखेका छन्।

थापाले देश दनदन्ती जलिरहँदा निभाउन सक्ने तागत पार्टीमा हुनुपर्ने र ‘जेनजी’ आन्दोलनको मर्म बुझेर परिवर्तन खोज्नुपर्नेमा जोड दिएका छन्। उनले आफू र अर्का महामन्त्रीले उठाएका मुद्दालाई टुंगोमा पु¥याउन नसकेको कमजोरी स्वीकार गर्दै यसपटक नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उता नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापाले चलाएको देउवा नेतृत्व छोड्नुपर्ने बहसप्रति कडा आपत्ति जनाएका छन्। महतले देउवामाथि भएको आक्रमणबाट उनको आलो घाउ निको नहुँदै नेतृत्व परिवर्तनको बहस चलाउनु ‘घाउमा नुन छर्ने’ प्रवृत्ति भएको बताएका छन्। उनले लोकतन्त्रका लागि लामो लडाइँ लडेका देउवाको उपचारसमेत पूरा नहुँदै नेतृत्व छोड्नुपर्छ भन्नु उचित नभएको टिप्पणी गरेका छन् ।

महतले गगन थापाप्रति लक्षित गर्दै भनेका छन्, ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी त्यो उपचार पनि पूरा हुन पर्खिन सक्दैनौं। आकाश नै झरिहाल्छ?’ उनले अहिले पार्टी एक हुने र कमजोरी हटाउने बेला भएको बताए। प्रवक्ता महतले निर्धारित समयमा पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी पदाधिकारीहरूलाई दिएको भन्दै सबै दोष सभापतिमाथि मात्रै थुपार्नु गलत भएको बताए।

उनले कुरा गर्न सजिलो भए पनि काम गर्न गाह्रो हुने टिप्पणी गर्दै सम्पूर्ण दोष एउटा व्यक्ति वा पार्टी सभापतिमाथि पन्छाएर कोही पनि जिम्मेवारीबाट मुक्त हुन नसक्नेमा जोड दिए। देउवामाथिको आक्रमणपछि बसेको कांग्रेस कार्यसमिति बैठकले तत्काल कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको छ।

बैठकले विशेष महाधिवेशन पनि नगर्ने र सभापति शेरबहादुर देउवा स्वस्थ भएर फर्किएपछि मात्रै कार्यवाहक र विशेष महाधिवेशनको विषयमा छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिएका छन्।

यो निर्णयले तत्कालका लागि गगन थापाले उठाएका मुद्दाहरूलाई थाती राखेको देखिन्छ। तर, ‘जेनजी’ आन्दोलनले व्यक्त गरेका जनभावना, भ्रष्टाचारविरुद्धको आवाज र सुशासनको मागलाई नेपाली कांग्रेसले नजरअन्दाज गर्न सक्दैन।

महामन्त्री गगन थापाले भनेजस्तै, ‘भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरू लडेर ढले। यो माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले केही ठोस परिणाम ल्याउन सक्यो भने बल्ल म त्यो परिवारलाई भेट्नको लागि आफूलाई योग्य ठान्छु।’

यसले थापाले अब विगत जस्तो ढुलमुले रणनीतिमा नरहेको संकेत गरेको छ । नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो र बुढो पार्टी भए पनि जेनजी आन्दोलनको मर्म बुझ्न नसक्दा यसको बुढौली सोच माथि प्रश्न उठेको छ। आसन्न फागुन २१ को निर्वाचनमा पनि सबैभन्दा ठूलो दल बन्नका लागि कांग्रेसले आफूलाई रुपान्तरण गर्नुपर्ने चुनौती छ।

यस्तो अवस्थामा, यदि महामन्त्री गगन थापा आफ्नै अडानमा अडिग रहे र ७९ वर्षीय सभापति शेरबहादुर देउवाका अघि लम्पसार परेनन् भने नेपाली कांग्रेस कि त व्यापक पुनर्गठनको बाटोमा जानेछ कि त युवा कांग्रेससहितको विभाजनको संघारमा पुग्नेछ।

पार्टीभित्रको यो शक्ति संघर्षले नेपाली राजनीतिको भविष्यमा समेत दूरगामी प्रभाव पार्ने निश्चित छ। जनताले परिवर्तन चाहेका छन्, नयाँ र ऊर्जाशील नेतृत्व खोजिरहेका छन्। नेपाली कांग्रेसले यी जनभावनालाई सम्बोधन गर्न नसकेमा आफ्नो ऐतिहासिक विरासत र जनआधार दुवै गुमाउने खतरामा छ।

आगामी दिनहरूमा देउवाको स्वास्थ्यलाभपछि र पार्टीभित्रको छलफलबाट कस्तो निकास निस्कन्छ, त्यो हेर्न बाँकी नै छ। तर, एउटा कुरा निश्चित छ, नेपाली कांग्रेस अब ‘जस्ताको तस्तै’ रहिरहन सक्दैन। परिवर्तनको हावा चलिसकेको छ र यसलाई आत्मसात् गर्न नसकेमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्नेछ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top