NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
Reading Time: 1 min read
A A
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ असोज , काठमाण्डौ ।

नेपालको राजनीतिमा भनाइ र गराइबीचको भिन्नता नौलो होइन, तर २०७७ माघ २८ गते पुष्पकमल दाहाल ’प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको चेतावनी र त्यसको पाँच वर्षपछिको यथार्थताबीचको नाटकीय समानताले धेरैलाई चकित पारेको छ।

प्रचण्डले भनेका थिए, “केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौं लाख जनता आउने छन्। नेपालको राजनीतिक इतिहासबाट उनको पत्तासाफ हुनेवाला छ। नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ।“ संयोग नै भन्नुपर्छ, २०८२ भदौ २४ गते प्रचण्डका यी शब्दहरू एक भयावह वास्तविकतामा परिणत भए ।

प्रचण्डले ओलीलाई दिएको चेतावनी, खासगरी संसद विघटन र राजनीतिक अस्थिरता सिर्जना गरेको भन्दै, जनतालाई सडकमा आउनुपर्ने अवस्था नआओस् भन्ने थियो। उनले ओलीलाई १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न नपरोस् भन्दै चेतावनी दिएका थिए।

उनले कानुनी राज्यको मान्यतामा दृढ रहन र नयाँ संविधानको मर्मलाई सम्मान गर्न पनि आग्रह गरेका थिए। प्रचण्डले ओलीको राममन्दिर र अयोध्या निर्माणसम्बन्धी टिप्पणीलाई नाटकको संज्ञा दिँदै पुरातत्विक अनुसन्धानविना यस्ता गल्ती नगर्न चेतावनी दिएका थिए।

उनले गलत व्यक्तिका हातमा नेतृत्व गएको भन्दै अब यस्तो हुन नदिने बताएका थिए। विडम्बना भन्नुपर्छ, नेपालको राजनीतिको रङ्गमञ्चमा प्रचण्ड र ओलीबीचको सम्बन्धमा अनेक मोडहरू आए। २०७७ सालमा कटु आलोचक बनेका प्रचण्ड, २०७९ सालको निर्वाचनपछि तिनै ओलीसँग सत्ता साझेदारी गर्न पुगे। एमालेको समर्थनमा प्रचण्ड दुई पटक देशको प्रधानमन्त्री बने।

’स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै’ र ’एकै विमानका दुई पाइलट’ जस्ता भावनात्मक वाचा र कसमहरू खाएर उनीहरूले जनताका आँखामा छारो हाल्ने प्रयास गरे। यो केवल सत्ता प्राप्तिको एउटा खेल मात्र थियो भन्ने कुरा समयले प्रमाणित गरिदियो। ज्नताले अहिले ओलीसँगै प्रचण्डका घर र कार्यालयमा आक्रोश पोखेका छन् ।

पाँच वर्ष अघिको प्रचण्डको भविष्यवाणी २०८२ भदौ २४ गते आएर भयानक रूपमा सत्य साबित भयो। केपी ओली, जो भदौ २३ गतेसम्म देशका प्रधानमन्त्री थिए, उनको नेतृत्वमा रहेको सरकारले जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा निर्मम दमन ग¥यो।

एकै दिन १९ जनाको ज्यान गएपछि देशमा जेनजीहरूको आँधीबेहरी चल्न थाल्यो। यो आन्दोलन यति भीषण थियो कि प्रचण्डले भनेझैं ओलीको राजनीतिक पत्तासाफ गरिदियो। सिंहदरबार र बालुवाटार घेर्नुमात्रै होइन, ती सरकारी संरचनाहरू खरानीमा परिणत भए।

यो जनतालाई हेपेपछिको क्रूर परिणाम थियो। युवाहरूको आक्रोश र शान्तिपूर्ण प्रदर्शनमाथिको बर्बर दमनले ओली सरकारलाई इतिहासको पानाबाट नामेट गरिदियो। यो घटनाक्रमले नेपाली राजनीतिमा केही गम्भीर प्रश्नहरू भने खडा गरेको छ।

के नेताहरूले जनताका भावना र अपेक्षालाई बेवास्ता गरेर सत्ताको खेल मात्र खेलिरहने हुन् ? के उनीहरूको भनाइ र गराइबीचको खाडल कहिल्यै पुर्ने छैन? प्रचण्डको पाँच वर्षअघिको भविष्यवाणी र त्यसको यथार्थतामा परिणत हुनुले राजनीतिक नेतृत्वको अदूरदर्शिता र जनमतको उपेक्षाको परिणाम कति भयानक हुन सक्छ भन्ने देखाउँछ।

जेनजी आन्दोलनले केपी ओलीको राजनीतिक अन्त्य मात्रै होइन, नेपाली राजनीतिमा जनताको शक्ति कति विशाल छ भन्ने सन्देश पनि दिएको छ। प्रचण्डको चेतावनीमा लुकेको एउटा सत्य यो पनि थियो कि, यदि जनताले चाहे भने जुनसुकै शक्तिलाई पनि चुनौती दिन सक्छन्।

नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ भन्ने उनको भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ। ओलीले जनतालाई हेप्ने गल्ती गरे र त्यसको मूल्य चुकाए। तर, प्रचण्डले पनि तिनै ओलीसँग सत्ता साझेदारी गरेर जनभावनाको अपमान गरेका थिए।

यो नेपाली राजनीतिमा नैतिकता र आदर्शको खडेरी परेको उदाहरण हो । राजनीतिक विश्लेषकहरु भन्छन्, यो घटनालाई केवल एउटा संयोग वा भविष्यवाणीको रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यो नेपाली राजनीतिमा गहिरो जरा गाडेको अवसरवाद, सिद्धान्तहीनता र जनताको आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिको वासतविक ऐना हो।

नेताहरूले आफ्ना स्वार्थका लागि कसरी सिद्धान्त र प्रतिबद्धतालाई तिलाञ्जलि दिन्छन् भन्ने कुराको यो ज्वलन्त उदाहरण हो। नेपाली राजनीतिको यो अध्यायले भविष्यका नेताहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ कि जनता र उनीहरुको शक्तिलाई कहिल्यै कमजोर नठान ।

Tags: #ओलीको पत्तासाफ#प्रचण्डको भविष्यवाणी

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.