×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

५ आश्विन २०८२

५ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनपछि सरकारमा र संसदमा पनि हैसियत गुमाएका दलहरु अहिले पुनर्गठन गर्ने कि यथास्थितिमै रहने भन्ने विवादमा फसेका छन् । पार्टीका संस्थापन पक्ष अहिले केही नचलाउने भन्नेमा जोड दिइरहँदा इतर र विशेषगरी युवापुस्ताकाले भने व्यापक परिवर्तनको माग गरिरहेका छन् ।

Advertisement
Advertisement

उनीहरुले जेनजी आन्दोलनको मर्म अनुसार युवालाई नेतृत्व हस्तान्तरणको माग गरिरहेका छन् । भदौ २३, २४ को घटनापछि यो माग सबैभन्दा पहिला र बढी नेपाली काँग्रेसमा उठ्यो । महामन्त्रीद्वयले विशेष महाधिवेश आह्वान गरेर पार्टी पुनर्गठन गर्न प्रस्ताव गरे ।

गगनकुमार थापाले शनिबार रातिमात्रै एक भिडियो संदेश जारी गर्दै पार्टीको व्यापक पुनर्गठनका निम्ति दुईवटा बाटो देखाएका छन् । पहिलो विकल्पमा पुरानो क्रियाशील सदस्यता नवीकरण, एकरदुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलेर विधानको सबै धारा निलम्बन गर्ने र पार्टीको सदस्यहरूबाट सिधा चुनाव गरेर पार्टीको नेतृत्व छान्ने अरु गर्दै जान सकिने प्रस्ताव गरेका छन् ।

यस्तै अर्को विकल्पमा विशेष महाधिवेशन गर्नुपर्ने उनले सुझाएका छन् । तर काँग्रेसले यसलाई स्वीकार गर्न सकेको छैन । आजै देउवा पक्षका नेताहरुले पार्टीमा किचलो निम्त्याउने भन्दै विशेष महाधिवेशन नै गर्न नहुने निश्कर्ष निकालेका छन् ।

यता गगनको प्रस्ताव माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने आफ्नो पार्टीभित्र लागू गराएका छन् । उनले गगनले भनेजस्तै गरी मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् । दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् ।

महाधिवेशनले नै खुला लोकतान्त्रिक ढंगले पार्टीको नेतृत्व चयन गर्ने उनको प्रस्ताव छ । उनले केन्द्रीय पदाधिकारी बैठकमा घोषित निर्वाचनमा होमिनुको विकल्प नभएको भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेस गरेका छन्। अब निर्वाचनमै जान उपयुक्त हुने पनि दाहालको भनाइ छ ।

उक्त प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएर केन्द्रीय कमिटीमा जाने छ । केन्द्रीय कमिटी बैठकले यस सम्बन्धी औपचारिक निर्णय गर्ने एक पदाधिकारीले बताए । प्रचण्डले केन्द्रीय समिति बैठक पनि एक हप्ताभित्रै बोलाउने बताएका छन् ।

उपमहासचिव जनार्दन शर्मा प्रभाकर पक्षले अहिलेको नीति र नेतृत्वबाट पार्टी नचल्ने भन्दै विशेष महाधिवेशन माग गर्दै आएको छ । जेनजी युवा आन्दोलनपछि यो माग अझ बढी चर्को भएको छ। उपमहासचिव शर्माले प्रचण्डले राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खोलिदिनुपर्ने बताएका छन् ।

यता केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै अध्यक्ष प्रचण्ड संयोजक बनेका छन् । पदाधिकारीसहित केन्द्रीय समिति सदस्य महाधिवेशन आयोजक समिति सदस्यमा रूपान्तरित भएका छन् । २०७८ पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यसअघि माओवादी केन्द्रभित्र विशेष महाधिवेशनबारे बहस उठे पनि अध्यक्ष प्रचण्डले त्यसमा रूचि देखाएका थिएनन् । उपमहासचिव जनार्दन शर्माले केही समयदेखि विशेष महाधिवेशनको आवाज उठाउँदै आएका थिए । पार्टीहरू रूपान्तरण हुनुपर्ने बहस चलेका बेला माओवादीले विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ ।

यता नेपाली कांग्रेसका पाँचजना पूर्वपदाधिकारीले भने विशेष महाधिवेशन गर्दा पार्टीमा कलह उत्पन्न हुने भन्दै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा गर्नुपर्ने भए पनि महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले समयमै काम नगर्दा समस्या देखिएको उनीहरूको निष्कर्ष छ ।

आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले छलफल गरेका हुन् ।

उनीहरुको बैठकले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान परिस्थितिमा पार्टीलाई अगाडि बढाउन विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न गरेको प्रस्तावले पार्टीमा कलह निम्त्याउने निष्कर्ष निकालेको हो ।

महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव कार्यसम्पादन समिति बैठकले नै अस्वीकार गरिसकेको छ । महामन्त्रीद्वय थापा र शर्माले वर्तमान परिस्थितिमा पार्टीलाई जोगाउन विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

माओवादीले विशेष महाधिवेशन सहित पार्टी पुनर्गठनका लागि सबैभन्दा अगाडी निर्णय गर्दा अन्य दलहरू कांग्रेस, एमाले र मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत पार्टी पुनर्गठनको उपयुक्त समय आएको भनेर एक पक्षले भनिरहे पनि अर्को पक्षले यस्तो बेला नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनले पार्टी थप कमजोर हुने बताइरहेको छ ।

यसबाहेक नागरिक उन्मुक्ति पार्टी, जनमतमा समेत पार्टी पुनर्गठन हुनुपर्ने आवाज चर्को बनेको छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि यतिवेला पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको सडकबाट भइरहेको बहसलाई बेमौसमको बाजाको संज्ञा दिँदै पार्टी नेतृत्वमाथिको हमलाका रूपमा बुझ्नुपर्ने तर्क गर्छन् ।

उनले पार्टीको आन्तरिक छलफल र बहसको विषय सडकबाट उठाइनु अनुचित भएको समेत बताएका छन् । खासमा अहिले सरकारले के गर्दैछ भनेर एमाले लगायतका दलहरूले मसिनो ढंगले नियालिरहेका गौतमको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

सम्बन्धित खबरहरु

Scroll to Top