NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

बिहिबार अशोज ९ , २०८२
Reading Time: 1 min read
A A
जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ असोज , काठमाण्डौ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् । साँझ ६ बजे प्रधानमन्त्री कार्यालयबाट उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसअघि आजै दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी छन् । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।

जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ ।

सरकारको नेतृत्व सम्हालेयता उनको यो पहिलो सम्बोधन हुने छ । उनीमाथि भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउने विषयमा जेनजी युवाहरुको दबाब रहदै आएको छ ।

यसबीचमा उनले प्रधानसेनापछि ओशकराज सिग्देल, राष्ट्रपति रामचन्द्र पौडेल, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनसँग भेटवार्ता गरिसकेकी छन् ।

यस्तो अवस्थामा आज हुने उनको देशवासीको सम्बोधनलाई निक्कै चासो र महत्वका साथ हेरिएको छ । उनले महत्वपूर्ण निर्णय बारे जानकारी दिन सक्ने समेत अनुमान गरिएको छ ।

यसैबीच गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हटाएर नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिव इश्वराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर त्यहाँ रहेका रिजाललाई मन्त्रालयमा तानेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी नै दिनेगरी केहि दिन अघि बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयमा सरुवा गरेर ल्याएको थियो ।

पौडेल करिब ८ वर्ष अघि मन्त्रालय मातहत कार्यरत सुन तस्करी सम्बन्धी छानविन समितिको संयोजक भएर काम गरेका थिए । उनकै अनुसन्धानपछि चर्चित सून तस्कर गोरे समेत पक्राउ परेका थिए ।

रिजाल तत्कालिन गृहमन्त्री रमेश लेखकका प्रिय पात्र हुन् । लेखक गृहमन्त्री हुदाँ रिजाललाई गृह मन्त्रालयको महत्वपुर्ण मानिएको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी लामो समयसम्म दिए पछि अन्तिम समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका थिए ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बर्हिगमन हुने रिजाल पहिलो सहसचिव हुन् । रिजालले काठमाडौंमा गत भदौ ९ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।

उनले जिम्मेवारी सम्हालेको १५ दिन नपुग्दै जेनजीको आन्दोलन चर्किएको थियो । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा महत्वपुर्ण भूमिका रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सुरक्षा व्यवस्थापन गर्न नसक्दा ७२ जनाको ज्यान जाने गरी आन्दोलन चर्किएको थियो भने संघीय संसददेखि सिंहदबार हुदैँ अदालत र प्रहरी कार्यालय ध्वस्त भएका थिए ।

हिजो मात्रै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै असन्तोष प्रकट गरेका थिए ।

बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर बुधबार बिहान बालुवाटार पुगेका थिए। उनले जेनजीका मागहरूको सम्बोधनका विषयमा प्रश्न राखेका थिए। बालेनको विशेष जोड भने भदौ २३ गते भएको जेनजी प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएकामा थियो।

‘सरकार गठन भएको यतिका दिन भइसक्यो। गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएन?’ बालेनले भने।

बालेन निकट स्रोतका अनुसार, पीडित परिवारहरूले पनि यो प्रश्न उठाइरहेको र तत्काल कारबाही नभए असन्तोष बढ्दै जान सक्नेतर्फ पनि उनले सचेत गराएका थिए।

यता जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजदेखि काम सुरु गर्ने भएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँचबुझ आयोगका पदाधिकारीले बुधबार शपथ खाएका थिए। विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको आयोगले अब आजदेखि छानबिन प्रक्रिया अघि बढाउने भएको हो।

पाँच कार्यादेश पाएको आयोगले कार्य प्रारम्भ गरेको मितिले तीन महिनाभित्र रायसहितको प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नुपर्नेछ।

जाँचबुझ आयोगका ५ कार्यादेश हरुमा :

१) २०८२ भदौ २३ र २४ गते काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने

२) घटना घट्नुका कारणका सम्बन्धमा जाँचबुझ गरी सोको यकिन रायसुझावसहितको प्रतिवेदन पेस गर्ने

३) भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने

४) भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझावहरू पेस गर्ने

५) प्रतिवेदनमा उल्लेख भएका सुझावहरू कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने।

भ्रष्टाचारविरुद्ध जेनजीले गत भदौ २३ गते गरेको प्रदर्शनमा सरकारले दमनको नीति अपनाउँदा प्रहरीको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ युवाको मृत्यु भएको थियो भने भोलिपल्ट भदौ २४ गते आन्दोलन अझ उग्र हुँदा थप मानवीय र भौतिक क्षति भएको थियो।

आन्दोलनमा परी अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने अर्बौँको भौतिक संरचना क्षति भएको छ।

आन्दोलनकारीहरूले गोली चलाउन निर्देशन दिने तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

Tags: #सुशीलाको आज बोल्ड निर्णय आउने#काठमाडौंका सिडिओ हटाइए#सुशीलाको देशवासीका नाममा सम्बोधन

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.