×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

राष्ट्रपतिले चुनाव र संसद सम्झाए, प्रधानमन्त्री सुशीला जेनजीको शोकमा

१३ आश्विन २०८२

१३ असोज ,काठमाण्डौ ।

जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिमा देशका प्रमुख राजनीतिक नेतृत्व र संवैधानिक पदाधिकारीहरूले दशैंको सन्देशमार्फत मुलुकलाई संवैधानिक बाटोमै अघि बढ्न आह्वान गरेका छन्।

Advertisement
Advertisement

जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते घरमै कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलोपटक वक्तव्य जारी गरेका छन्।

बडा दशैँको फूलपातीको अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा मुलुकको सर्वोच्च कानुन संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

‘संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ। सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षाबमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित छ’, सन्देशमा पूर्वप्रधानमन्त्री देउवाले भनेका छन्, ‘नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ । यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र बुद्ध शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।’

सन्देशमा उनले भदौ २३ र २४ गते देशमा भएका मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यो देशको इतिहासमै अल्कपनीय र दुःखद घटना भएको उल्लेख गरेका छन्।

‘गत भाद्र २३ र २४ गते देशमा जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा कैयौँ युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएका छन्। नेपाल आमाका ती वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। प्रदर्शनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, देउवाले भनेका छन्, ‘भाद्र २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरूलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर, डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरूको तोडफोड, आगजनी र लुटपाटबाट खर्बौंको क्षति भएको छ। नेपालको इतिहासमा यो अत्यन्त अल्कपनीय र दुःखद घटनाको रूपमा रहेको छ।’

देउवाले आफू कुटिएको विषय भने उल्लेख गरेका छैनन् । त्यसअघि महामन्त्री गगन थापा र विश्वप्रकाशले जारी गरेको विज्ञप्तिमा पनि देउवा दम्पत्ति कुटिएको विषय उल्लेख नगरिएको भन्दै कांग्रेस प्रवक्ता प्रकाश शरण महतले विज्ञप्ति जारी गर्दै सभापति कुटिएको घटनाको भत्र्सना गरेका थिए ।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरताका लागि अपिल गरेका छन् । बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् ।

‘तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्नि सबै प्रकृतिका समस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून्,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख छ।

गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । प्रतिनिधि सभाबाट अर्को सरकार बन्न सक्ने अवस्था बनेन ।

त्यसपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए ।

प्रतिनिधि सभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ । यो सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई अपिल गरेका हुन् ।

यस्तो प्रार्थना गर्दै राष्ट्रपति पौडेलले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी अगाडि बढ्न सबैको सहयोग आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताएका छन् ।

यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष बडा दशैंको टीका जमरा नलगाउने भएकी छन् ।

प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘बडा दशैँ प्रत्येक बर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ। तसर्थ, यसबर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैंको टिका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टिका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’

यस्तै, ताजै युवापुस्ताहरूको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको विज्ञप्तीमा भनिएको छ।

बडा दशैँको सन्दर्भमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा लाग्न म सबैमा हार्दिक अपील समेत गरेकी छन् ।

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७६ पुगिसकेको छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सबैको साझा उद्देश्य तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने रहेको बताएका छन् ।

चुनावमार्फत अगाडि बढेर देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्नु रहेको उनको आग्रह छ । शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘जेनजी पुस्ताको आन्दोलन र त्यसबाट विकसित नयाँ परिस्थितिका बीच आगामी फागुन २१ गते निर्वाचनको घोषणा भएको छ’ उनी लेख्छन्, ‘आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती हामी सबैका सामु रहेको छ ।’

आगामी फागुन २१ गतेका लागि तोकिएको मितिमा चुनाव गर्नुपर्ने र यसका लागि सबैको हयोग आवश्यक रहेको राष्ट्रिय सभाका अध्यक्ष दाहालले बताएका छन् ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व सबैसामु रहेको पनि उनको आग्रह छ ।

यता विघठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पनि जेनजीले उठाएका मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव रहेको बताएका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले दशैंको पूर्वसन्ध्यामा नेपाली नवयुवाहरूको विद्रोहकाकारण देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिएको समेत बताएका छन् ।

गुमाएका नागरिकहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सभामुख घिमिरेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

अगाडि लेख्छन्, नष्ट भएकासरकारी तथा निजी संरचनाहरूको पुनर्निर्माणमा राज्य र समाज दुवैको साझा भूमिका रहने विश्वास लिएको छु ।’

युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधान संशोधनीय दस्तावेज भएको स्मरण गरेका छन् । उनी अगाडि लेख्छन्, ‘तीमागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव छ ।’

लोकतान्त्रिक अभ्यास र संसदीय सर्वोच्चताको बाटोबाट मात्र दिगो समाधान खोज्न सकिने सभामुख घिमिरेको विश्वास छ । यही बाटोले मुलुकलाई अँध्यारो सुरूङबाट उज्यालोतर्फ लैजानेछ भन्नेमा उनी दृढ छन् ।

नेपालको संविधान २०७२ को धारा ९१ (५) अनुसार संसद (प्रतिनिधि सभा) विघटन भएपनि सभामुखको पद भने कायमै रहन्छ। संसद विघटनको समयमा सभामुखले संसद सम्बन्धि संवैधानिक अधिकार तथा कर्तव्यहरू निर्वाह गर्ने व्यवस्था गरिएको छ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top