NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी शुक्रबार अशोज १७ , २०८२
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’ शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक शुक्रबार अशोज १७ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी शुक्रबार अशोज १७ , २०८२
टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा शुक्रबार अशोज १७ , २०८२
Next
Prev

समाचार

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

शुक्रबार अशोज १७ , २०८२
Reading Time: 1 min read
A A
पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ असोज , काठमाण्डौ ।

भारतीय वायुसेनाका प्रमुख एपी सिंहले अपरेशन सिन्दूरको दुर्लभ तथा विस्तृत विवरण उपलब्ध गराएका छन् । उनले यसलाई वर्षभरिकै सबभन्दा ठूलो उपलब्धिका रूपमा वर्णन गर्दै पाकिस्तान सीमाभन्दा ३०० किलोमिटर भित्र निशानामा सटीक प्रहार गरिएको जानकारी दिए ।

९३औं एयर फोर्स डेको समारोहमा वायुसेना प्रमुख चीफ मार्शल सिंहले यसको जानकारी दिएका हुन् । जम्मु कश्मीरमा पाकिस्तानसमर्थित आतंकवादीहरूले निर्दोष व्यक्तिहरूको हत्या गरेपछि भारतीय वायुसेनाले स्पष्ट कार्यादेशका साथ कारवाही चलाएको उनले बताएका छन् ।

LS Auto

निर्दोषको हत्या गरेकोमा बदला लिने क्रममा पाकिस्तानीहरूले मूल्य चुकाउनैपर्ने निर्णय आफूहरूले लिएको उनको भनाइ छ । प्रतिशोधात्मक कारवाहीमा भारतीय वायुसेना अग्रपंक्तिमा रहेको उनले बताए ।

भारतीय वायुसेनाले पाकिस्तानका अनेकौं एयरबेस र त्यससँग जोडिएका पूर्वाधारमा प्रहार गरेको पनि उनले जानकारी दिए । कम्तीमा चारवटा रेडार साइट, दुईवटा कमान्ड एन्ड कन्ट्रोल सेन्टर, दुईवटा धावनमार्ग र तीनवटा एयरक्राफ्ट ह्यांगरहरूमा प्रहार गरेर विशाल क्षति गराएको सिंहको भनाइ छ ।

त्यसक्रममा एक विशाल सी–१३० क्लास गुप्तचर विमानका साथै चारदेखि पाँचवटा लडाकु विमानहरू (शायद एफ–१६) ध्वस्त भएको उनले बताए । जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीलाई पनि आफूहरूले नष्ट गरिदिएको उनको दाबी छ।

धेरै विवरण नदिइकन सिंहले अपरेशन सिन्दूरका क्रममा नौमध्ये दुईवटा आतंकवादी शिविरमा भारतीय वायुसेनाले सिधै प्रहार गरेको बताए ।

तीन सय किलोमिटर टाढाको लक्ष्यमा सटीक प्रहार गर्नु भारतीय वायुसेनाको इतिहासको सबभन्दा ठूलो उपलब्धि भएको सिंहको भनाइ छ ।

यी आक्रमणहरूले गर्दा पाकिस्तानले त्राहिमाम भएर युद्धविरामको भिक्षा मागेको पनि सिंहले दाबी गरे । अपरेशन सिन्दूरले पाकिस्तानलाई रणनीतिक र मनोवैज्ञानिक झड्का दिएको उनको भनाइ छ ।

गत मे महिनाको ७ देखि १० तारिखसम्म भारत र पाकिस्तानबीच भएको लडाइँलाई भारतले अपरेशन सिन्दूर नाम दिएको छ । उता पाकिस्तानले भने भारतको उक्त दाबीको खण्डन गरेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आशिफले भारतले एउटा पनि लडाकू विमान नखसालेको भनेका छन् । ’यस्तो कुनै घटना भएको छैन। भारतले एउटा पनि पाकिस्तानी विमान खसालेको छैन,’ उनले भनेका छन् ।

रक्षामन्त्री ख्वाजाले भारतीय वायुसेनाप्रमुखले राजनीतिक लाभका लागि हास्यास्पद कथा बनाएको बताए । उनले दुवै देशको सैन्य र लडाकू विमानहरूको सूची स्वतन्त्र रूपले जाँच गर्न चुनौती पनि दिए ।

’यसरी गर्दा भारतको वास्तविकता खुल्छ। यस्ता अभिव्यक्तिहरूले परमाणु हतियार भएको वातावरणमा गम्भीर रणनीतिक गल्तीको जोखिम बढाउँछ,’ उनले भनेका छन् ।

पाकिस्तानले पनि भारतको ६ वटा लडाकू विमान खसालेको दाबी यसअघि नै गरेको थियो । जसमा फ्रान्स निर्मित राफेल लडाकु विमान पनि समावेश छ ।

पाकिस्तानले प्रयोग गर्ने चिनियाँ हतियारको दुरीजन्य क्षमता भारतले कम आँकेकाले फ्रान्समा बनेको अत्याधुनिक रफाल लडाकू विमान गुमाएको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ ।

आठ जना पाकिस्तानी र दुई भारतीय सैन्य अधिकारीसँग कुरा गरेर रोयटर्सले त्यस्तो निष्कर्ष निकालेको हो । युद्धका क्रममा भारतका पाँच वटा लडाकू विमान खसालेको दाबी पाकिस्तानले गरेको थियो ।

ती पाँचमध्ये तीन वटा फ्रान्समा निर्मित रफेल, एउटा रूसमा निर्मित मिग–२९ र अर्को रूसमै बनेको सुखोइ सु–३० भएको पाकिस्तानले दाबी गरेको थियो ।

केही दिनअघि अमेरिका पुगेका पाकिस्तानका प्रधानमन्त्रीले पनि डोनाल्ड ट्रम्पका सामु यो दाबी दोहोर्याएका थिए । साथै उनले ट्रम्पकै कारण युद्ध रोकिएको पनि दोहोर्याउँदै धन्यवाद समेत दिएका थिए ।

सबैभन्दा पहिला युद्धविरामको घोषणा गरेका ट्रम्पले पनि भारत र पाकिस्तानबीचको युद्ध आफुले नै रोकेको दाबी गर्दै अएका छन् ।

उनले भारतका विमान खसेको समेत भनेका छन् । आफूले व्यापार रोक्ने धम्की दिएपनि दुवै देश युद्धविरामका लागि मानेको उनको भनाइ छ ।

रोयटर्सका अनुसार रफेलको कमजोरीका कारण नभएर चिनियाँ मिसाइलको क्षमताबारे भारतसँग सही गोप्य सूचना नभएकाले सो विमान खसालिएको हो ।

भारतीय लडाकू विमानले पाकिस्तानमा रहेका आतंककारी शिविरमा प्रहार गरेपछि पाकिस्तानले चीनमा बनेको जे–१० सी लडाकू विमान प्रयोग गरेको थियो।

ती विमानबाट चीनमै बनेको पिएल–१५ मिसाइल प्रयोग गरेर पाकिस्तानले रफालसहित भारतीय लडाकू विमान खसालेको मानिन्छ ।

रोयटर्ससँग कुरा गरेका भारतीय अधिकारीहरूका अनुसार पिएल–१५ मिसाइलले १५० किलोमिटरसम्म मात्र प्रहार गर्न सक्छ भन्ने भारतसँग सूचना थियो।

त्यसैले पाकिस्तानसँग भएका हतियारको पहुँचभन्दा बाहिर भएको भनेर भारतीय पाइलटहरू ढुक्क भएर बसेका थिए। तर पाकिस्तानले करिब २०० किलोमिटर टाढाबाट पिएल–१५ मिसाइल प्रहार गरेर रफाल खसालेको पाकिस्तानी अधिकारीहरूले रोयटर्सलाई बताएका छन् ।

पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंककारी हमला हुँदा नेपालको बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो ।

Tags: #भारत–पाकिस्तानको दाबीविरोध जारी#भारतको दाबी

लोकप्रीय

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

शुक्रबार अशोज १७ , २०८२
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२

विचार

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

शुक्रबार अशोज १७ , २०८२
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२

थप समाचार

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी
अन्तर्राष्ट्रिय

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

शुक्रबार अशोज १७ , २०८२
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’
अन्तर्राष्ट्रिय

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक
ताजा समाचार

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी
अन्तर्राष्ट्रिय

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेलायतमा आतं*कवा*दी ह*म*ला, विलियमले राजतन्त्रमा परिवर्तन गर्ने || Nepal Times

World News: बेलायतमा आतं*कवा*दी ह*म*ला, विलियमले राजतन्त्रमा परिवर्तन गर्ने || Nepal Times

00:17:22

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

00:16:36

World News: Netanyahuले माफी मागे,Chinaमा एकै परिवारका 11 जनालाई मृ*त्यु*दण्ड || Nepal Times

00:16:26

World News: Ukraine खस्यो ५९५ ड्रोन–४८ मि*साइल, पोल्यान्डको वायुक्षेत्र बन्द || Nepal Times

00:15:30

World News: नेपाल नजान अमेरिकी एडभाइजरी, अवैध आप्रवासन रोक्न स्टारमरको प्रस्ताव || Nepal Times

00:17:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

आइतवार अशोज १२ , २०८२
जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

अब कर्मचारीले दलनिकट संगठन खोल्न नपाउने !

शनिबार अशोज ११ , २०८२
३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

आइतवार अशोज १२ , २०८२

हालका पोस्टहरू

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

शुक्रबार अशोज १७ , २०८२
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.