२० असोज , काठमाण्डौ ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसामा साथी वा आफन्तलाई प्रायोजन गर्नुअघि प्रायोजकको आम्दानीसँग जोडिदिएको छ । आम्दानीलाई आधार मानेर यूएईले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ ।
जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पुरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार तहहरू तोकिएका छन् । पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् ।
पहिलो तहमा बुबा आमा, श्रीमान÷श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ । त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् ।
उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ ।
भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्नेछ । यूएईले चार नयाँ भिजिट (भ्रमण) भिसाको वर्ग तोकेको छ । जसमा कृत्रिम बृद्धिमता (एआई), मनोरञ्जन, कार्यक्रमहरू, क्रुज जहाजहरु र मनोरञ्जन रहेका छन् ।
मानवीय बसोबास अनुमतिपत्र एक वर्षको अवधिका लागि जारी गरिनेछ, जसमा विशेष सर्तअनुसार प्राधिकरणको निर्णयद्वारा विस्तार गर्न सकिने सम्भावना हुनेछ । पछिल्लो समय यूएईले नेपालीहरुलाई भिसामा कडाइ गरिरहेको छ ।