NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

एसिया–इस्ट एसिया प्यासिफिक छनोट आजदेखि

बुधबार अशोज २२ , २०८२
Reading Time: 1 min read
A A
एसिया–इस्ट एसिया प्यासिफिक छनोट आजदेखि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ असोज , काठमाण्डौ ।

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् । पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

LS Auto

आज समूह बीमा रहेका दुबै टोली जितका साथ अघि बढ्न चाहन्छन् । सुपर सिक्सका दुबै प्रमुख टोलीलाई यस खेलको नतिजा निकै महत्वपूर्ण हुनेछ । यी दुबै टोली सुपर सिक्समा पुगेको खण्डमा आजको विजेताले सुपरसिक्समा पनि दुई अंक पाउनेछ ।

छनोटको नियम अनुसार समूहमा आफूले हराएको टोली सुपर सिक्समा पुग्दा सुपर सिक्समा दुई अंक मिल्नेछ । त्यसैले आजको खेल निकै महत्वपूर्ण हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र कुवेतको मोहम्मद अस्लामले गर्नेछन् ।

नेपालका ओपनर कुशल भुर्तेल, अलराउण्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेको प्रदर्शन आजको खेलमा महत्वपूर्ण हुनेछ । उता कुवेतमा मित भावसार, यासिन पटेल र रविजा सान्दारुवानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

गत अप्रिलमा चार देश सम्मिलित टि ट्वान्टी आई सिरिजको फाइनलमा कुवेतले नेपाललाई ३ रनले हराएको थियो । श्रीलंकाबाट घरेलु क्रिकेट खेलेका रविले ३६ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

कुवेतको टोलीमा ब्याटिङमा गहिराई हुँदा सुरुवातमा विकेट लिन आवश्यक देखिन्छ । उक्त खेल हार्दाका ९ खेलाडीले आजपनि नेपालबाट खेल्ने देखिन्छ । बसिर अहमद टोलीमा नहुँदा ललित नारायण राजवंशीको स्थानमा सन्दीप खेल्ने देखिन्छ ।

यता नेपालको पनि ब्याटिङ लाइनअप लामो छ । राम्रो सुरुवात पाएमा सजिलै बलियो योगफल बनाउन सक्छ । कुवेतका स्पिनर यासिन पटेल मुख्य हतियार हुन् । कुवेतलाई यस प्रतियोगिता अन्डरडग टोलीको रुपमा हेरिएको छ ।

कुवेतले नेपाल, युएई र ओमान मध्य एकलाई पछि पार्दै पहिलो पटक विश्वकप खेल्ने सपना देखेको छ । नेपाल र कुवेतबीच टि ट्वान्टी आईमा ३ खेल भएका छन् । नेपाल २ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ ।

गत अप्रिलमा सिरिजकै खेलमा १ सय ८६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै ६ बल अगाडि पूरा गरेको थियो । सन् २०१९ मा नेपालले कुवेतलाई ७ विकेटले हराएको थियो ।

आज कुवेतविरुद्ध नेपालको सम्भावित–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र सन्दीप लामिछाने रहेका छन् ।

आज हुने अन्य खेलहरुमा समूह सी अन्तर्गत ओमानविरुद्ध सामोआ अहिले ११ः४५ मा खेल्दैछन् । यस्तै समूह एमा दिउँसो ४ ः १५ मा कतारविरुद्ध युएई मैदानमा उत्रिदैछ ।

हालसम्म विश्वकपमा पुगेका देशहरुमा आयोजकका तर्फबाट भारत र श्रीलंका यस्तै अफगानिस्तान, पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेष्टइण्डिज,आयरल्यान्ड, जिम्बावे, नामिबिया, अमेरिका, क्यानडा, नेदरल्यान्ड्स, इटाली जुन पहिलो पटक विश्वकपमा पुगेको हो र न्युजिल्यान्ड रहेका छन् ।

आइसिसी टि ट्वान्टी वरीयताको १८ औं स्थानमा रहेको नेपाल सन २०१४ र २०२४ गरी दुई पटक विश्वकप सहभागी भइसकेको छ । आइसिसी टि–ट्वान्टी आई वरीयताको २३ औं स्थानमा रहेको कुवेत अहिलेसम्म विश्वकपमा सहभागी भएको छैन । खेलहरु आईसीसी टिभीमा लाईभ हेर्न सकिनेछ ।

यस पटकदेखि एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रलाई एउटै बनाइएको हो । जसले गर्दा जापान, सामोआ र पपुवा न्युगिनी एसिया क्षेत्रकै टोलीसँग खेल्न आइपुगेका हुन् । नेपाललाई प्रतियोगिताको दाबेदारमा हेरिएको छ ।

तर, कुवेत यही टोली हो, जोसँग नेपाल अप्रिलमा हङकङसँग चार राष्ट्र सहभागी प्रतियोगिताको फाइनलमा ३ रनले पराजित भएको थियो । हङकङको सानो मैदानमा कुवेतले पहिला ब्याटिङ गर्दै ४ विकेट गुमाई १ सय ७४ रन बनाएको थियो ।

बसिर अहमद र नन्दन यादवको साहसी इनिङ्सका बावजुद नेपाल १९.३ ओभरमा १ सय ७१ रनमै रोकिएको थियो । त्यसै प्रतियोगिताको राउन्ड रोबिनको खेलमा नेपालले कुवेतमाथि ६ विकेटको आरामदायी जित निकालेको थियो ।

त्यसयता नेपाली टोलीमा ठूलो परिवर्तन आइसकेको छ । टोलीको प्रशिक्षण जिम्मा अस्ट्रेलियाका स्टुवार्ट लको काँधमा छ । उनको प्रशिक्षणमा नेपालले उच्च प्रर्दशन गर्दै आएको छ । विश्वकप लिग २ मा नेपालको प्रदर्शन कमजोर बनिरहँदा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट संकटमा परेको थियो ।

तर, स्टुवार्टको प्रशिक्षणमा नेपालले स्कटल्यान्डको डन्डीमा नेदरल्यान्ड्ससम्मिलित लिग २ को चारमध्ये ३ खेल जितेको थियो । लगत्तै ग्लास्गोमा भएको त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा एसोसिएट क्षेत्रको बलियो टोली नेदरल्यान्ड्स र स्कटल्यान्डलाई पराजित गरेको थियो ।

नेपालले अझ यूएईको शारजहाँमा ४–५ प्रमुख खेलाडीबिनै आएको वेस्ट इन्डिजलाई तीन ट्वान्टी–२० खेलको शृंखलामा २–१ ले पराजित गरेको थियो । त्यसैले नेपाल मस्कटमा उच्च मनोबलसहित उत्रने निश्चित छ ।

नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेट र दोस्रो खेलमा कतारलाई १६ रनले हराएको स्थिति छ । कतारविरुद्ध ओपनर कुशल भुर्तेलले आफ्नै शैलीमा अर्धशतक बनाए, जुन नेपाली टोलीका लागि सकारात्मक पक्ष रह्यो ।

वेस्ट इन्डिजसँगको शृंखलामा आफ्नो लेग स्पिन बलिङ र फिल्डिङबाट प्लेयर अफ द सिरिजमा चुनिए पनि भुर्तेलको ब्याट राम्रोसँग चल्न सकिरहेको थिएन । आसिफले ओमानविरुद्धको अभ्यास खेलमा अर्धशतक बनाएका थिए ।

कुशल मल्लले पनि आफ्नो पुनरागमनमा राम्रो ब्याटिङ गरिरहेकाले नेपाली टोलीको ब्याटिङ थप बलियो बन्न पुगेको छ । कुवेतले पनि ओमानमा आफ्नो एकमात्र अभ्यास खेलमा कतारमाथि ३४ रनको विजय नतिजा निकालेको थियो ।

त्यसक्रममा टोलीले १ सय ८४ रन बनाएको थियो । क्लिन्टो एन्टोले २७ बलमै ६३ र मित भवसारले ४८ बलमा ६५ रन बनाएका थिए । यसले पनि कुवेतको ब्याटिङ ट्वान्टी–२० संरचनाका लागि सुहाउँदो देखाउँछ ।

एसिया क्षेत्रको क्षेत्रीय छनोट ‘ए’ बाट मलेसिया र कुवेतले छनोट चरण पार गरेका थिए । तर, हङकङ भ्रमणपछि कुवेतले खासै ट्वान्टी–२० क्रिकेट खेलेको छैन । ओमानमा गएर ओमानसँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेक्रममा कुवेत दुवै खेलमा समान ५ विकेटले पराजित भएको थियो ।

यो अवस्थामा नेपालका लागि अनुभव निकै महत्त्वपूर्ण हुनेछ । कुवेतपछि नेपालले शुक्रबार जापानसँग खेल्ने छ । कुवेत र जापानको खेल बिहीबार नै हुनेछ । नेपाललाई ओमानको पछिल्लो भ्रमण खासै सम्झनुपर्ने कारण छैन ।

सन् २०२२ मा ओमानमा भएको ग्लोबल छनोटमा समूह चरणका सबै तीन खेल जितेपछि सेमिफाइनलमा यूएईसँग पराजित भएर ट्वान्टी–२० विश्वकपमा पुग्न असफल रहेको थियो । अहिले भने नेपाली क्रिकेट टोली फेरि एक ऐतिहासिक मोडमा छ । नेपाल तेस्रो पटक टी–२० विश्वकप पुग्ने यात्रामा छ ।

सन् २०१४ को पहिलोपल्ट विश्वकप खेलेको नेपालले त्यसको ठ्याक्कै एक दशकपछि त्यही मञ्चमा पुनरागमन गरेको थियो। यसपल्ट नेपाल फेरि एकपटक विश्वमञ्चको ढोका ढकढक्याउँदैछ । यसपटक गन्तव्य भने श्रीलंका र भारत छ । बाटोचाहिँ ओमानको मस्कट हुँदै जानेछ ।

Tags: #एसिया–इस्ट एसिया प्यासिफिक छनोट

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.