×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

२४ आश्विन २०८२

२४ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनमा चरम दमन गरेको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरी कारबाही गर्नु पर्ने माग भइरहेका बेला ओली नै आन्दोलनपछिको जेनजी सरकार, आन्दोलनको जाँचबुझका लागि गठित आयोग समेत नमान्ने र चुनावमा समेत भाग नलिने भन्दै संसद पुर्नस्थापना गर्नुपर्ने अडानमा उत्रिउपछि प्रधानमन्त्री सुशीला कार्कीले काउन्टर जवाफ दिएकी छन् ।

Advertisement
Advertisement

जेनजी आन्दोलनको एक महिना पूरा भएको अवसरमा प्रधानमन्त्री कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै क्रान्तिलाई सबैले स्वीकार्न, दलहरुलाई सुध्रिन र जेनजीका मागहरु सम्बोधन गर्न र उनीहरुको अर्थपूर्ण सहभागिता गराउन नयाँ संयन्त्र निर्माण गर्ने घोषणा गरेकी छन् ।

भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा धेरै युवा शहीद भएको र सयौँ व्यक्ति घाइते भएकोमा गहिरो दुःख व्यक्त गर्दै शहीद परिवार र घाइतेप्रति समवेदना प्रकट गरिन्।

‘यो घटना अत्यन्त पीडादायी क्षणको रूपमा सधैँ रहनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘युवाहरूले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसात् गर्न जरुरी छ।’

उनले क्रान्ति पछाडिका कारणहरूलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताइन्। प्रधानमन्त्री कार्कीले युवा पुस्ताको बलिदानपछि देशमा राजनीतिक र आर्थिक सुधारका साथै न्याय र विधिको शासनको तीव्र चाहना रहेको औँल्याइन्।

उनले देशमा भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्ने युवाहरूको चाहनाप्रति सरकार प्रतिबद्ध रहेको बताइन्। ‘युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ, उनले भनिन्।

प्रधानमन्त्रीले एकातिर युवामा निराशा व्याप्त भएको र अर्कोतर्फ देशप्रति उत्कट प्रेम रहेको उल्लेख गर्दै उनीहरूको भावनालाई सम्मान गर्नुपर्नेमा जोड दिइन्। ओली प्रति नै लक्षित गर्दै प्रधानमन्त्रीले कार्कीले विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न नसकेको र उनीहरूको माग सम्बोधन गर्न नसकेको स्वीकार गर्दै प्रधानमन्त्री कार्कीले यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताइन्।

उनले युवा पुस्ताले चाहेको परिवर्तनप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको र नयाँ मार्गमा अघि बढिरहेको स्पष्ट पारिन्। यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्रीले आन्दोलनमा पीडित परिवारहरूलाई राहत र घाइतेहरूको उपचारका लागि विशेष कार्यक्रम अघि सारेको बताइन्।

उनले उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जानकारी दिइन्। भ्रष्टाचार, बेरोजगारी र विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधारहरू गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्रहरू स्थापना गर्ने बताउँदै प्रधानमन्त्री कार्कीले आजका दिन सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गरिन्।

उनले भिडियो सन्देशमा भनेकी छन् , नेपालका जेनजी युवाहरूले सुरु गरेको राजनीतिक आन्दोलन आज एक महिना पुगेको छ । यस आन्दोलनका क्रममा धेरै युवा शहीद हुनुभएको छ । सयौं युवा घाइते हुनुभएको छ । म सबैलाई सम्झन चाहन्छु । यो घटना अत्यन्त पीडादायी क्षणको रुपमा सधैंभर रहनेछ । युवाहरूले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसाथ गर्न जरुरी छ । हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ । देशमा न्याय, विधिको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथिति उन्मुलन भएको हेर्ने चाहना छ । युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ । एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्क्रट प्रेम । उनीहरूको भावनालाई म सम्मान गर्न चाहन्छु । विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न सकेनन् । उनीहरूको माग सुन्न सकेनन् । यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौं । र नयाँ मार्गमा अघि बढिरहेका छौं । यो माग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ । यसका लागि हामी सबै युवा सचेत हुन जरुरी छ भने राजनीतिक दलहरूले आफूलाई सुधार गर्न पनि जरुरी छ । हामीले पीडित परिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम अघि ल्याएका छौं । उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौं । भ्रष्टाचार, बेराजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न हामी राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं । भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्नेछौं । आजका दिन म सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्न चाहन्छु । यो दुःखद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।

उनले अन्त्यमा भनेकी छन्, मलाई आशा छ, यो वर्तमान सरकार र निर्वाचनपछि आउने नयाँ सरकार दुवैले युवाहरूको सपना साकार पार्न, समृद्ध नेपाल बनाउन ठोस कदम चाल्नेछन् । अन्तिममा दोहो¥याउन चाहन्छु, हामी शहीदहरूको बलिदान खेर जान नदिन सकेसम्मको प्रयास गर्नेछौं । मलाई आशा छ, संकटको यो घडीमा हामी सबै एक भएर अघि बढ्नेछौं ।

ओलीले हिजो मात्रै भक्तपुरबाट सरकारको प्रतिवाद गर्दै भिड्ने तयारी गरेको जनाउ दिएका थिए । ओलीले भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममार्फत् चुनावी प्रक्रियामा सहयोग नगर्ने भन्दै सरकारलाई चुनौती दिए ।

आक्रामक मन्तव्यमार्फत् सरकारविरुद्ध पेश भएका ओलीले आगामी राजनीति सहज ढंगले अघि नबढ्ने संकेत पनि गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले चुनाव नगराउने दाबीसहित ओलीले अरु देशका उदाहरण दिए ।

मतदाता नामावली संकलनलाई अगाडि बढाएको आयोगले निर्वाचनबारे दलहरूलाई छलफल गर्न भनेर ३० असोजमा खबर गरिएको छ । तर दलहरूलाई छलफल गर्न बोलाइएको भोलिपल्टै, २३ असोजमा ओलीले यो सरकारलाई चुनाव गराउन सहयोग नगर्ने अडान लिएका छन् ।

‘अब हामीले देशलाई सही दिशामा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्ने हो, अर्को विकल्प छैन,’ ओलीले भने, ‘मैले विश्वास लिएको छु– नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडि बढाउनेछ ।’

प्रतिनिधि सभा विघटनको एक महिनापछि ओलीले पुनस्र्थापनाको एजेण्डा उठाउनुले निर्वाचन प्रक्रियामा भाग नलिने अर्थमै बुझ्न सकिन्छ । किनकि प्रतिनिधि पुनस्र्थापना र निर्वाचन प्रक्रिया सँगसँगै जान संभव छैन ।

निर्धारित समयमा चुनाव गराउन दलहरूले सरकार र आयोगलाई निर्वाचन प्रक्रियामा साथ दिनुपर्छ । प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंवैधानिक भएको र यसले संविधानमाथि आक्रमण भएकाले सच्याउनेतर्फ एमाले लाग्ने ओलीले प्रष्ट्याएका छन् ।

‘समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद पुनस्र्थापनाको माग गरौला,’ ओलीले भने, ‘संसद विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र ? पर्खनुपर्यो फागुन २१ गते ? पर्खनु परेको छैन ।’

ओलीले जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोग, सुशीला सरसकार समेत अमान्य भन्दै आफूहरुविरुद्ध पक्राउ गर्ने गरी चलाइएका छलफलको कडा शब्दमा निन्दा गरेका छन् । कार्की नेतृत्वको अन्तरिम सरकारलाई त ओलीले असंवैधानिक, अलोकतान्त्रिक र देश हितविरुद्ध भएको समेत आरोप लगाए ।

‘यो सरकार कसैको प्रतिनिधि होला, नेपालीको चाहिँ होइन,’ ओलीको आरोप छ । २५ असोजमा युवा संघले शक्ति प्रर्दशनसहित मोटरसाइकल ¥याली गर्ने जनाएको छ भने २३ वटै जनसंगठनलाई एमालेले सरकारको प्रतिवादमा उतार्ने तयारी गरेको छ । एमालेले आज बस्ने सचिवालय बैठकबाट आधिकारिक धारणा सामर्वजनिक गर्नेछ ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top