×

NEPAL TIMES UPDATES

Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

२५ आश्विन २०८२

२५ असोज , काठमाडौ ।

गत महिना ललितपुरको हरिसिद्धिमा भएको ‘हिट एण्ड रन’को घटनामा संलग्नहरुलाई मिलापत्रबाट उन्मुक्ति दिइएको थाह पाएपछि गृह मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ ।

Advertisement
Advertisement

एमालेको विधान महाधिवेशनमा जाने क्रममा कोशी प्रदेशका आर्थिक मामिलामन्त्री मगर चढेको गाडीले २१ भदौमा हरिसिद्धिमा बाटो काटिरहेकी बालिका उषा सुनार मगरलाई ठक्कर दिएको थियो ।

सडकमा लडेकी बालिकालाई उद्धार नगरी गाडी भागेको थियो । पछि कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र उनका चालकले ठक्करबाट घाइते बालिकाको उपचार गरिदिने भनी कागज गरेका थिए ।

त्यसैका आधारमा प्रहरीले मिलापत्र गरेको भनी उनीहरुमाथि उन्मुक्ति दिएको थियो । तर अहिले भने गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसरका प्रमुख लगायतलाई घटनावारे चासो व्यक्त गर्दै थप अनुसन्धानका लागि निर्देशन दिएका छन् ।

‘उपचारको विषयमा मिलापत्र होला, तर जेब्रा क्रसिङमा बालिकालाई ठक्कर दिएको र त्यसपछि कुनै जिम्मेवारी पुरा नगरी भागेको घटना पनि मिलापत्रको विषय बन्छ र ?’ गृहमन्त्रीको चासो उदृत गर्दै मन्त्रालयका अधिकारीले भने, ‘जे भएको हो, त्यसको वस्तुपरक अनुसन्धान होस् । कसैले पनि पदमा रहेका कारण उन्मुक्ति पाउने अवस्था नहोस् भनेर निर्देशन भएको छ ।’

मन्त्री सवार गाडीले ठक्कर दिँदा ललितपुर महानगरपालिका–२८ डेरा गरी बस्ने ११ वर्षीया उषा मगर सुनुवार घाइते भएकी थिइन । उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएकोमा सोही दिन डिस्चार्ज भएकी थिइन् ।

पछि उपचार खर्च सम्बन्धित पीडक पक्षले नै ब्यहोर्ने सहमति गरेर घटनाको मिलापत्र भएको थियो । मन्त्री अर्यालले सडकमा बालिकालाई ठक्कर दिएर भागेको घटनामा मिलापत्र गर्न मिल्छ कि मिल्दैन, घाइतेको अवस्था के छ भनेर बुझ्नका लागि प्रहरीलाई निर्देशन दिएको गृहले जनाएको छ ।

‘मिलापत्र गर्न मिल्ने÷नमिल्ने के रहेछ हेर्नू भन्नभएको हो। पीडितलाई के भएको हो भन्ने बूझ्नु भनिएको हो,’ गृहका अधिकारीले भने । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले पनि मिलापत्रबारे बुझ्न भनिएको जानकारी दिए ।

‘घटना पुरानो हो। पीडितको अवस्था के छ हामी बुझ्न भनिएको हो । पहिले मिलापत्र गरिएको भन्ने पनि छ । हामी बुझ्छौं,’ एसएसपी होबिन्द्र बोगटीले भने । बालिकालाई ठक्कर दिएर भागेको घटना सार्वजनिक भएपछि त्यसको चातर्फी आलोचना भएको थियो ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिबेला बालिकाको उपचार खर्च पार्टीले बेहोरिदिने कुरा भएको भन्दै सामान्य घटनालाई नउचाल्न र राजनीतिकरण नगर्न चेतावनी दिएका थिए, उनको अभिव्यक्तिको पनि चौतर्फी आलोचना भएको थियो ।

तर यता मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएर पनि रोक्दै नरोकी हुईँकिएको थियो, जुन सिसिटिभी फुटेजमा देख्न सकिन्छ । उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो ।

ठक्करबाट बालिका गाडीको नजिकैबाट पछारिएकी थिइन् । बालिका सडकमै लडेपनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ । ‍गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ ।

Advertisement

घटनापछि गाडीलाई भने गोदावरीबाट नियन्त्रणमा लिइएको थियो । त्यतिबेला एमालेको विधान महाधिवेशनमा सहभागी हुन मन्त्री मगर गोदावरी जाँदै थिए । तर केपी ओलीले भने विधान महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सो घटनालाई राजनीतिकरण गर्न खोजिएको बताएका थिए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top