३० असोज , काठमाण्डौ ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
निगमले गए मध्यराति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ ।
नयाँ कायम मूल्यअनुसार रातिबाट काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १ सय ५९, सुर्खेत र दाङमा १५८ अन्य क्षेत्रमा १५६.५० कायम गरिएको छ।
’इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनगर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्यवृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत कायम गरिएको छ,’ निगमले भनेको छ ।