×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

४ कार्तिक २०८२

३ कार्तिक , काठमाण्डौ ।

अमेरिकाले उत्तर कोरियाका नेता किम जोङ उनसंग भेटवार्ताका लागि जोड गरिरहेको छ । पहिलो कार्याकालमा किमलाई भेटेका डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्नासाथै पुन भेट गर्ने इच्छा व्यक्त गरेका थिए ।

Advertisement
Advertisement

तर अहिलेसम्म पनि उनको त्यो इच्छा पुरा भएको छैन । यसबीच किमले रुस र चीनको समेत भ्रमण गरिसकेका छन् । यसले किमसंगको भेटका लागि ट्रम्पलाई झनै उद्ेलित गरिरहेको छ ।

यसैबीच ट्रम्प प्रशासनका अधिकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच बैठकको चाँजोपाँजो मिलाउने विषयमा गोप्य रूपमा छलफल गरेको बताएका छन् ।

ट्रम्प नोभेम्बर महिनामा एसियाको भ्रमणमा जाँदैछन् तर यो बैठक हुनेमा धेरैलाई शंका रहेको स्रोतहरूले बताएका छन् । अधिकारीहरूले अहिलेसम्म यस्तो भेटघाट आयोजना गर्न आवश्यक पर्ने ठूला तयारी वा व्यवस्थापन गरेका छैनन् ।

ट्रम्पको पहिलो कार्यकालमा कहिलेकाहीँ भएको जस्तो गरी वाशिङटन र प्योङयाङबीच अहिले कुनै आधिकारिक सम्पर्क छैन । यस वर्षको आरम्भमा ट्रम्पले उत्तर कोरियाका नेतालाई पठाएको पत्र पनि उत्तर कोरियाले अस्वीकार गरेकाले जवाफ आएको नआएको दुई स्रोतहरूले सीएनएनलाई बताएका छन् ।

आगामी भ्रमणका लागि ह्वाइट हाउस हाल अमेरिकासँग व्यापार तनाव बढिरहेको बेला चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बैठक तय गर्नमा बढी केन्द्रित भएको बताइएको छ ।

तर, ट्रम्पले सार्वजनिक र निजी रूपमा दुवै तरिकाले उत्तर कोरियाली नेतासँग भेट्ने इच्छा व्यक्त गरेका छन् । अधिकारीहरूले पनि उनको एसिया भ्रमणका क्रममा यस्तो भेटका लागि ढोका बन्द गरेका छैनन् ।

ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले ट्विटरमा निम्तो लेखेपछि ४८ घण्टाभित्रै कोरियाको असैन्यीकृत क्षेत्रमा किमसँग हात मिलाउने कार्यक्रम मिलाइएको थियो । परिस्थितिहरू कति चाँडो बदलिन सक्छन् । भनी त्यसले देखाउँछ ।

स्रोतहरूका अनुसार, गत अगस्टमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगलाई ह्वाइट हाउसमा ट्रम्पले स्वागत गर्दा किमसँग भेट्ने ट्रम्पको रुचि बढेको थियो । उक्त भेटमा लीले ट्रम्पलाई दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशनका वाणिज्यमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन निम्तो दिएका थिए र त्यो अवसर किमसँग भेट गर्न उपयुक्त हुनसक्ने सुझाव दिएका थिए ।

ट्रम्पले उक्त विचारलाई अस्वीकार गरेनन् र त्यसबारे विचार गर्ने बताए । ट्रम्पले भनेका थिए, ‘म त्यहाँ जान्छु र उनीसँग कुराकानी हुनेछ । उनी (किम) पनि मसँग भेट्न चाहन्छन् । हामी पनि उनीसँग भेट्न चाहन्छौं र सम्बन्ध सुधार्नेछौं ।’

उत्तर कोरियाका नेता किमले पनि गत महिनामा उत्तर कोरियाको संसदमा दिएको भाषणमा ट्रम्पसँग भेट्न खुला मनस्थितिको संकेत दिएका थिए । त्यसलाई उत्तर कोरियाको सरकारी मिडियाले प्रसारण गरेको थियो ।

किमले भनेका थिए, ‘व्यक्तिगत रूपमा अझै पनि अमेरिकाका राष्ट्रपति ट्रम्पसँग मेरो राम्रो सम्झना छ । अमेरिका आफ्नो व्यर्थको आणविक निःशस्त्रीकरणको अडान छोडेर यथार्थ स्वीकार गर्दै उत्तर कोरियासँग शान्तिपूर्ण सहअस्तित्व खोज्न चाहन्छ भने हामी अमेरिकासँग कुरा गर्नेछौं ।’

तर, सन् २०१९ मा ट्रम्प र किमबीच पानमुनजोममा भएको भेटपछिका परिस्थिति परिवर्तन भइसकेका छन् । त्यस भेटमा दक्षिण कोरियाले मुख्य भूमिका खेलेको थियो र उत्तर कोरियालाई वार्ताको टेबलमा फर्काउने वातावरण तयार पारेको थियो ।

त्यस भेटमा ट्रम्प उत्तर कोरियामा पाइला राख्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए । त्यस समयमा दुई कोरियाबीचको सम्बन्ध सुध्रिएको थियो । अहिले दक्षिण कोरियामा नयाँ राष्ट्रपति आएका छन् ।

अघिल्ला राष्ट्रपतिले किमको शासनप्रति लिएको कठोर नीतिलाई उनले अझै परिवर्तन गर्न सकेका छैनन् । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार, हाल उत्तर र दक्षिण कोरियाबीच उत्तर कोरिया–अमेरिका शिखर बैठकबारे कुनै पनि प्रकारको संवाद भइरहेको छैन ।

यसैबीच ह्वाइट हाउसका सुरक्षा टोलीहरूले ट्रम्पको भ्रमणअघि स्थान निरीक्षण गर्न दुईपटक दक्षिण कोरिया भ्रमण गरिसकेका छन् । तर, ती दुवै भ्रमणमा पानमुनजोम क्षेत्रको निरीक्षण नगरिएको एक दक्षिण कोरियाली सरकारी स्रोतले जनाएको छ ।

यसले सन् २०१९ मा जस्तै किमसँग पुनः भेटका लागि सम्भावना कम रहेको देखाउँछ । ह्वाइट हाउसले यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top