त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा आज

७ कात्तिक ८२, शुक्रबार

७ कार्तिक , काठमाण्डौ ।

भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा आज त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र इरान आमनेसामने हुँदै छन्।

खेल नेपाली समयानुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ।

Advertisement

कप्तान सावित्रा भण्डारीले टोली पूर्ण तयारीसहित मैदानमा उत्रिन तयार रहेको बताएकी छन्।

उनले भनिन्, “हामीले मैदानको अवलोकन गरिसकेका छौँ, र सबै खेलाडी मानसिक तथा शारीरिक रूपमा इरानविरुद्ध प्रतिस्पर्धा गर्न तयार छन्।”

Advertisement

मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली बुधबार मात्र भारत पुगेको हो।

नेपाल आज प्रतियोगिताको आफ्नो पहिलो खेल खेल्दैछ भने इरानले यसअघि उद्घाटन खेलमा घरेलु टोली भारतलाई २–० ले हराएर उत्कृष्ट सुरुवात गरिसकेको छ।

इरान अब आफ्नो अपराजित यात्रालाई जारी राख्ने प्रयासमा हुनेछ।

बिहीबार प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो। त्रिदेशीय प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् र सर्वाधिक अंक प्राप्त गर्ने टिमलाई विजेता घोषणा गरिनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top