बुडापेस्ट वार्ता भङ्ग

बुडापेस्ट वार्ता भङ्ग

७ कार्तिक , काठमाण्डौ ।

रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास फेरि असफल भएको छ। हंगेरीको बुडापेस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच तय भएको भेटघाट रद्द भएपछि शान्ति प्रयास फेरि अनिश्चित बनेको छ।

वार्ता रद्द हुनुको मूल कारण, विश्लेषकहरूका अनुसार, ट्रम्पको “युद्धलाई हालको रेखामै स्थगन गर्ने” प्रस्ताव हो, जसले युक्रेनका समर्थकहरूलाई त आकर्षित गर्यो्, तर रुसलाई अस्वीकार्य लाग्यो।

ह्वाइट हाउसमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “म व्यर्थको बैठक गर्न चाहन्नँ। अहिले कुनै सार्थक कुरा सम्भव छैन।” ट्रम्पले युद्धलाई हालको अग्रपङ्क्तिमा रोकेर “मानवहत्या अन्त्य गर्ने” आह्वान गरेका थिए।

उनले डोनबास क्षेत्रमा रहेको युद्ध रेखा नै “अस्थायी सीमा” बनाउनुपर्ने सुझाएका थिए—जसको करिब ७८ प्रतिशत भाग रुसको नियन्त्रणमा रहेको दाबी उनले गरे।तर यो प्रस्तावलाई रुसले तत्काल अस्वीकार गर्योय।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसको अडान अडिग रहेको जनाउँदै भने, “रुस तब मात्र शान्तिमा जान तयार छ जब युक्रेन पूर्ण रूपमा निःशस्त्रीकरण हुन्छ र कब्जा गरिएका क्षेत्रहरू रुसकै स्वामित्वमा रहन्छन्।”

अर्कोतर्फ, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले ट्रम्पको युद्धविराम प्रस्तावलाई ‘व्यावहारिक पहिलो कदम’ भन्दै समर्थन जनाएका छन्। । उनीहरूले संयुक्त विज्ञप्तिमा लेखे, “हालको सम्पर्क रेखा नै वार्ताको प्रारम्भिक बिन्दु हुनुपर्छ।”

तर युरोपेली देशहरूले पुटिनमाथि शान्ति प्रक्रियालाई अवरुद्ध गरेको आरोप पनि दोहोर्याजए र रूसमाथि थप आर्थिक तथा रक्षा दबाब बढाउने चेतावनी दिए।
ट्रम्पको अडान पछिल्ला महिनाहरूमा बारम्बार बदलिँदै आएको छ।

उनले राष्ट्रपतीय अभियानका बेला युद्ध २४ घण्टामा अन्त्य गर्ने दाबी गरेका थिए। तर, फेब्रुअरीमा जेलेन्स्कीसँगको भेटमा उनले युक्रेनलाई अमेरिकी सहयोगको कदर नगरेको भन्दै आलोचना गरे। मार्चमा मस्कोमाथि नयाँ आर्थिक प्रतिबन्धको चेतावनी दिए ।

तर अगस्टमा अलास्कामा पुटिनसँग भेट्दा उनी सम्झौतामुखी देखिए — “केही भूमि आदानप्रदान हुन सक्छ” भन्दै। विश्लेषकहरूको भनाइमा, ट्रम्पको यो उतारचढावले रुस र युक्रेन दुवैलाई अनिश्चित बनाएको छ।

रोयटर्सका अनुसार, रुसले अमेरिकालाई पठाएको गोप्य सन्देशमा सम्पूर्ण डोनबास क्षेत्रको नियन्त्रण माग गरेको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पनि पुष्टि गर्दै भने, “अलास्का शिखर सम्मेलनमा सहमति गरिएका आधारहरू नै स्थायी छन् — रुस आफ्नो रणनीतिक हितमा कुनै सम्झौता गर्न तयार छैन।”

यसले संकेत गर्छ कि पुटिन युद्ध ‘स्थगन’ होइन, पूर्ण विजयको बाटोमै छन्। । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हालै वाशिङ्टन भ्रमणमा टमाहक मिसाइलहरू मागेका थिए, जसले रुसभित्रका लक्ष्यहरूमा प्रहार गर्न सकियोस्। । तर ट्रम्प प्रशासनले त्यो अनुमति दिएको छैन।

स्रोतका अनुसार, ट्रम्पले यूरोपेली सहयोगीहरूलाई “युद्धको मुख्य भार अब उनीहरूले लिनुपर्ने” बताएका छन्। बुडापेस्ट वार्ता स्थगनसँगै रुस–युक्रेन युद्धमा तत्काल शान्तिको सम्भावना झन् टाढा गएको छ।

ट्रम्पको अस्थिर र राजनीतिक दृष्टिले प्रेरित रणनीतिले अमेरिकी कूटनीतिक विश्वसनीयतामाथि प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ। यता, रुसले ‘युद्ध स्थगन’ अस्वीकार गरेर दीर्घकालीन कब्जा र सत्ताको प्रदर्शन गर्न खोजेको देखिन्छ।

युक्रेन र उसका सहयोगीहरूको समर्थन बढ्दै जाँदा रुस थप अलगावमा जान सक्ने खतरा पनि बढेको छ। तर यो सबैबीच, युद्धको अन्त्यको बाटो अझै धुम्मिएको छ।
ट्रम्प–पुटिनको संवाद पुनःजोडिनु वा नयाँ नेतृत्व उदाउनु बाहेक अहिले “शान्तिको क्षितिज” निकै टाढा देखिन्छ।

बुडापेस्ट भेट रद्द हुनु केवल कूटनीतिक असफलता मात्र होइन, युरोपेली सुरक्षाको भविष्यमा गहिरो संकेत हो। ट्रम्पको युद्धविरामको प्रयास राजनीतिक सन्देशको रूपमा आकर्षक देखिए पनि रणनीतिक रूपमा अस्थिर छ। रुसको अडान यथावत् रहँदा, युद्ध रोक्ने कुनै ठोस सम्भावना देखिँदैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.