×

NEPAL TIMES UPDATES

Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

८ कार्तिक २०८२

७ कार्तिक , काठमाण्डौ ।

जेनजी आन्दोलनपछि जति चर्चा र चिन्ता आन्दोलनका क्रममा भदौ २३ गते मारिएका २२ जेनजी विद्यार्थीहरु, तिनका परिवार र राज्यबाट भएको दमनका बारेमा भएको छ त्यो भन्दा बढी चर्चा र चिन्ता सिंहदरबार किन जलाइयो ? कसले जलाइयो भन्ने रहेको छ ।

Advertisement

यो आशयसहितको प्रश्न हो जेनजी आन्दोलनमा आइज्याक गरेको आरोप खेपिरहेका जेनजी अगुवा मध्येका एक हामी नेपालका संयोजक सुदन गुरुङको ।

भारतीय नागरिक भएको, स्वतन्त्र तिब्बत समर्थित आईएनजीओबाट फन्डिङ लिएको, आन्दोलन ’हाइज्याक’ गरेको जस्ता आरोपहरू खेपिरहेका सुदनले ती सबै आरोपको खण्डन गर्दै जेनजी आन्दोलनका क्रममा २३ गते राज्यपक्षबाट २२ जना जेनजीहरु नमारिएको भए २४ गते सिंहदरबारसहितका संचरनाहरु नजल्ने आशय ब्यक्त गरेका छन् ।

२४ गते भएको विध्वशांत्मक क्षतिको मात्रै अधिक चिन्ता र चर्चा भएको भन्दै सुदनले सिंहदरबार जस्ता संरचनाहरु हजारौं निर्माण गर्न सकिने भएपछि २३ गते मारिएकाहरुको आमाको कोख फेरि फर्काउन सकिन्छ भन्ने प्रश्न गरेका छन् ।

शहीदका फोटोमा भाइटीका लगाउन माइतीघरमा आयोजित कार्यक्रममा उनले २४ गतेको भन्दा २३ गतेको क्षति अपूरणीय भएको चर्चा गरे। ‘अहिले २३ गतेको दिन बिर्सिसकेको छ। मान्छेले सिंहदरबार जलायो भन्छन्,’ गुरुङ भन्छन्, ‘सिंहदरबार त अर्को बनाउन सकिन्छ। एकचोटी रित्तिएको आमाको कोख भरेर देखाउन त?’

उनले पहिले २३ गते गोली हान्ने र हान्न आदेश दिनेलाई पक्राउ गर्नु पर्ने र त्यसपछि मात्र सिंहदरबार लगायतका आगजनीका घटनाका दोषीमाथि कारबाही हुनु पर्ने बताए। ‘हाम्रो प्राथमिकता के हो? प्राथमिकता जेनजी आन्दोलनमा हामीलाई गोली हान्ने मान्छेहरूलाई कानुनको दायरामा ल्याउने हो कि आगो लगाउने खोज्ने हो? सिंहदरबार जलेको सेकेन्डरी कुरा हो। तर मुख्य कुरा गोली हान्ने मान्छेहरूको बारेमा कुरा गर्नुपर्ने होइन?’ उनले दोहो¥याए, ‘हजार वटा सिंहदरबार बनाउन सकिन्छ। तर जति करोड, जति अर्ब दिए पनि शहीद भएको एउटा नागरिक जिउँदो हुँदैन। मेरा भाइबहीनीहरू शहीद हुनुभएको छ उहाँहरू फेरि फर्किएर आउन सक्नुहुन्न।’

जेनजी आन्दोलनपछि मुलुकमा केही परिवर्तन भएको उल्लेख गर्दै उनले सकारात्मक गतिमा अगाडि बढ्न सबैलाई सहयोग गर्न आग्रह गरे। अब देशको प्राथमिकता तय गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकार निर्माणदेखि सिंहदरबारमा हुने धेरै छलफलमा सहभागी हुँदै आएका गुरुङले सिंहदरबारभित्रको अनुभव सुनाए। ‘हामीले यति धेरै कुरा बुझेका छौं कि हजुरहरूलाई थाहा नै छैन। कुरुप रैछ क्या। सिंहदरबार। सिंहदरबार भन्छन् नि, यो सिंहदरबार यति कुरुप रैछ कि, यति भ्रष्टाचार रैछ कि हरेक ठाउँमा लोभ–लालच, पैसाको कुरा हुँदो रहेछ,’ उनले भने।

आम नागरिकलाई सिंहदरबारमा देश बनाउने कुरा हुन्छ भन्ने परेको तर, अहिले आफूले त्यस्तो अनुभव गर्न नपाएको उनको भनाइ थियो। ‘देश बनाउने कुरा हुँदैन त्यहाँ। सिंहदरबारभित्र के कुरा हुन्छ थाहा छ? कसरी पावरमा आउने? कसरी राज गर्ने? कसरी हामी सत्तामा जाने? कसरी पैसा कमाउने? यस्ता कुरा मात्र हुनेरछ,’ उनले सुनाए, ‘देश बनाउने कुरै छैन त्यहाँ।’

उनले भनेका छन्, सिंहदरबार यति कुरुप रहेछ यति भ्रष्टाचार रहेछ सिंहदरबारमा देश विकासको कुरा हुदोरहेनछ् , देश बनाउने कुरा नै हुदो रहेनछ । नेपालको इतिहासमा पहिलो पटक नेपाली जनतासँग कर्मचारी र सरकार डराएको छ , यो हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । मन्त्रीलाई नेपाली जनताले तपाइले के गर्नु भयो भनेर सोध्न सकेका छौं । सुदनले भनेका छन् ।

सुदनको अभिब्यक्तिपछि उनको समर्थन र आलोचना दुवै देखिएको छ । कतिपयले सिंहदरबारको सुदनले महत्व बुझ्न नसकेको भन्दै आलोचना गरेका छन् । सामाजिक संजालमा आलोचना सहित लेखिएको छ, सिंहदरबार फगत कङ्क्रीटको भवन मात्रै होइन जुन जल्दा दुःख नहोस् ।

सिंहदरबार नेपाली इतिहासको जिउँदो दस्तावेज थियो। नेपाली पहिचानको मौलिक सभ्यता थियो। नेपाललाई पृथ्वीभरी बीरहरुको देश भनेर चिनाउने एकमात्र साक्षी थियो। साम्राज्यबादी र बिस्तारबादीलाई खुलमखुल्ला चुनौती दिने योद्धाहरुको कथालाई छातीमा नमेटिनेगरी लेखेर राखेको एउटा पुस्तकालय थियो।

तर उरन्ठेउला आतंककारीहरुलाई के थाह यसको महत्त्व। गाजा खादाखादै मूड चलेर नेता हुने रहर बोकेका ट्यापेहरुलाई के थाह सिंहदरबारको गौरवमय इतिहास । यो सिंहदरबार हजारौं बलिदानी भन्दा महत्त्वपूर्ण थियो र छ।

यो बनाउनलाई एउटा घर बनाएजस्तो सजिलो छैन र यसका गौरवमय कथाहरू खरानी भएकाछन। र खरानी बनाउनेहरुलाई इतिहासले कहिले माफ गर्ने छैन र सिंहदरबारको आत्माले सधै पिरोल्नेछ।

सुदनले भने जेनजीहरूलाई विभाजित गर्न अनेक कुरा गरेर भ्रम छर्ने प्रयास भइरहेको दाबी गरेका छन् । ‘सुदन विदेशी एजेण्ट हो भन्दैछन्। मलाई कहिले भारतीय, कहिले भुटानी एजेन्ट बनाइएको छ’ गुरुङले भने, ‘म एउटा नेपाली नागरिक हुँ। गोरखाका सीडीओलाई फोन गरेर सुदन गुरुङले कहिले नागरिकता लिए भनेर बुझ्दा हुन्छ। मैले पहिलो नागरिकता कहिले लिएँ, दोस्रो र तेस्रो प्रतिलिपी कहिले लिएँ सोध्दा हुन्छ। त्यति गरेपछि म नेपाली हो कि होइन स्पष्ट हुन्छ। आँखा चिम्से हुने वित्तिकै भुटानी, विदेशी भन्न मिल्दैन। अलि कालो हुने बित्तिकै भारतीय भन्न मिल्दैन।’

उनले आफूहरु अहिले देशको लागि लडिरहेको बताएका छन् । उनले जेनजी आन्दोलनमा भएको गलत क्रियाकलापको छानविन गर्ने हो भने पहिलो छानविन महेश बस्नेतमाथि गर्नुपर्नेमा जोड दिए। ‘उनी राज्यसत्तामा थिए। उनको नागरिकता, सम्पत्ती सबै छानविन गरौँ,’ गुरुङले भने, ‘गोली हान्नेले हामीमाथि छानविन गर भन्न मिल्दैन।’आफ्नो संस्था ‘हामी नेपाल’ एनजीओ नभएको दाबी पनि उनले गरेका छन्। ‘यो गैर नाफमूलक संस्था हो,’ उनले भने।

आन्दोलनमा घुसपैठ गर्नेहरुलाई आफूहरुले समाएर प्रहरीलाई बुझाइरहेको दाबी पनि उनले गरे। उनले आन्दोलनको क्रममा घुसपैठ गरेर कांग्रेस र एमालेले एकअर्काका सम्पत्तीमा आगजनी गरेको दाबी गरे।

कांग्रेस नेताहरु गगन थापा र शेखर कोइरालाले पनि पार्टीपार्टी बीचको द्वन्द्वको कारण एकअर्काविरुद्ध आगजनी भएको भनेर अभिव्यक्ति दिएको उनको तर्क छ। ‘उनीहरुले एकअर्काका विरुद्ध आगजनी गरेका छन्, त्यसको शिकार हामी हुन सक्दैनौँ,’ उनले भने, ‘सत्य बुझौँ । ८० वर्षसम्म देशमा बेतिथि भएपछि जेनजी आन्दोलन भएको हो। यो सरकार बनेको एक महिनामै सबै परिवर्तन हुँदैन। हामीले पर्खिनुपर्छ।’

उनले प्रधानमन्त्री हुँदा केपी ओलीले घरघरमा ग्याँसका पाइप ल्याउँछौँ, सिंगापुर, स्वटजरल्यान्ड बनाउँछौँ भने पनि केही नगरेको बताए। उनले अब हुने चुनावमा पुराना पार्टीले जिते देश सय वर्ष पछि पर्ने तर्क गरे।

‘हामी नेपालीले धेरै सह्यौँ। अब पनि पुराना पार्टीलाई भोट दिएर विजयी बनाइयो भने नेपालीले अझै सय वर्षसम्म सुख पाउँदैनन्। जेनजी आन्दोलनपछि कसलाई भोट हाल्नुपर्छ नेपाली जनताले बुझिसकेका छन्,’ उनले भने।

विस्तारै सबैले जेनजी आन्दोलनलाई विर्सन थालेको जस्तो देखिएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे। ‘अहिले सातवटा पार्टीका साइबर सेनाहरुले सोसल मिडियाबाट बमबारी गरिरहेका छन्। यसमा उनीहरुको जस्तो क्रिया हुन्छ, हामी पनि सोही खाले प्रतिक्रिया दिन्छौँ,’ उनले भने।

गोली प्रहार गर्नेलाई कारबाही किन भएन भनेर आफूहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गरेको भन्दै उनले गृहमन्त्रीबाट दोषीमाथि कारबाहीको प्रोसेस सुरु भएको जबाफ पाएको सुनाए।

‘प्रोसेस हुँदैछ, आयोगबाट छानविन भइरहेको भन्ने जबाफ पाएका छौँ। एकअर्काको घर जलाउने पार्टीका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन्,’ उनले भने, ‘जेनजी आन्दोलनमा गोली हान्ने आदेश केपी ओलीले दिए। राजनीतिक दलका कार्यकर्ताले एकअर्काको घर जलाए, दोष हामीलाई दिन मिल्दैन,’ गुरुङले भनेका छन् ।

जेनजी आन्दोलनमा भदौ २३ गते २२ जनासहित ७६ जनाको ज्यान गएको छ भने २ हजार भन्दा बढी घाइते भएका छन् । सिंहदरबार, सर्वाेच्च अदालत, शितल निवास, वालुवाटारसहितका सरकारी संचरनासहित नेताका घर र पार्टी कार्यालय गरी एकहजार भन्दा बढी संरचना ध्वस्त भएका छन् ।

आन्दोलनबाटै केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि सुशीला कार्कीको नेतृत्वमा जेनजी सरकार बनेको छ । जुन सरकार बनाउन सुदनले समन्वयात्मक अग्रणी भूमिका खेलेका थिए ।

यसैपनि उनीमाथि आन्दोलन हाइज्याक गरेको आरोप लाग्ने गरेको छ। सरकारले यो आन्दोलनको छानविनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ भने आगामी फागुन २१ गते विघठित प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेको छ ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top