×

NEPAL TIMES UPDATES

Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

८ कार्तिक २०८२

७ कार्तिक , काठमाण्डौ ।

भदौ २३ र २४ गते स्वतःस्फुर्त रुपमा जेनजीहरु सडकमा उत्रिए । न उनीहरुका संघ सगान थिए नत उनीहरुका अगुवा नै, हरेक जेनजीहरु आन्दोलनका अगुवा र नेतृत्वकर्ता थिए । जसले केपीशर्मा ओली नेतृत्वको सरकारलाई घुँडा टेकाए ।

Advertisement

आन्दोलनकै बलमा देशका सुशीला कार्की नेतृत्वको सरकार बन्यो सरकारले फागुन २१ गते चुनाव घोषणा गरेको छ । जेनजीका माग अनुरुप २३ र २४ गतेको आन्दोलनको छानविनका लागि आयोग गठन भएको छ भने भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीहरुलाई जेल हाल्नु पर्ने सहितका अनेकन जेनजीका मागहरुमा सरकारले प्रतिवद्धता मात्रै जनाएको छ ।

 

प्रत्यक्ष कार्यकारीसहितको शासकीय व्यवस्थाको माग अहिलेको सरकारले पूरा गर्न नसक्ने बताइसकेको छ । नेतृत्व विनाको जेनजी आन्दोलनपछि अहिले जेनजीहरु विभिन्न समूहमा विभाजन भएका छन् ।

जसमा कोही प्रधानमन्त्री ,राष्ट्रपतिसँगको छलफलमा छन्, कोही चुनावको तयारीमा छन् भने कोही फेरि आन्दोलन गर्नेदेखि कोही सबै जेनजीहरुलाई एकत्रित गर्ने अभियानमा छन् ।

यसरी सबै जेनजीहरुलाई एक बनाउने अभियान स्वरुप आजदेखि सडक आन्दोलन नै सुरु भएको छ । जेनजी युनाइटेडका नाममा काठमाडौंको माइती घरमा जेनजीहरु धर्नामा उत्रिएका छन् ।

स्वार्थ समूहका कारण मागहरु ओझेलमा पर्दै गएको शहीदको रगत खेर जाने हो कि भन्दै जेनजीहरु एक हुनुपर्ने भन्दै जेनजी युनाइटेडका नाममा आज विहानैदेखि काठमाडौंको महाइतीघरमा धर्ना सुरु भएको छ ।

उनीहरुले शहीद रगत नर्विस, यस वर्षको तिहार शहीदका नाममा , देश दुख्दा मौन नबसौं, एक हौं,राष्ट्र पहिला अहंकारपछि, यस वर्षको तिहार शहीदहरुको रगतलाई समर्थित, देशका घाउहरु हाम्रो जिम्मेवारी, देशअघि स्वार्थपछि लगायतका प्ले कार्ड बोकेका छन् ।

प्रशासनबाट अनुमति नलिएपछि धर्नामा बसेका जेनजीलाई प्रहरीले हटाउने प्रयास गरेको थियो । प्रहरी र जेनजीहरुबीच केही समय चर्काचर्की समेत भएपछि प्रहरी अहिले पछि हटेको छ ।

जेनजीहरु शान्तिपुर्ण रुपमा माइतीघरका धर्ना दिइरहेका छन् । उनीहरुले प्राप्त उपलब्धि रक्षाका लागि जेनजीहरु एक हुनुपर्ने बताएका छन् । गृहमन्त्रालयले यसअघि असोज २२ गते नै सबै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको भन्दै धर्ना–जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा अनुरोध गरेको थियो ।

जेनजीहरुले अर्को ठूलो आन्दोलन गर्न लागेको चर्चाबीच गृहले विज्ञप्ति जारी गरेर सो अनुरोध गरेको हो । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जेनजी आन्दोलनपश्चात देशमा नयाँ परिस्थिति विकास भएको उल्लेख छ ।

‘नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्ति सुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको छ ।

देशमा शान्ति सुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आम नागरिककोसमेत अहम् दायित्व हुन आउँछ,’ विज्ञप्तिमा भनिएको छ । मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न गृहले अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय सबैसँग अनुरोध गर्दछ । साथै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ ।’

जेनजी युनाइटेडका नाममा सडकमा धर्ना सुरु भइसकेको अवस्थामा केही जेनजी समूहहरुसँग सरकार भने लिखित सम्झौताको तयारीमा रहेको छ । सरकार र जेनजीहरूबीच जेनजी आन्दोलनका माग र मुद्दाहरूको दस्तावेजीकरण तथा त्यसको कार्यान्वयनका लागि लिखित सम्झौता हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सरकार र जेनजीहरूबीच लिखित सम्झौता हुन लागेको हो ।सम्झौताकै लागि विभिन्न ८ वटा जेनजी समूहसँग सरकारले औपचारिक वार्ता गर्न लागेको छ।

सरकारी पक्षबाट जेनजीहरुसँग संवाद र छलफलको संयोजन प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले गरिरहेका छन् । गत ३० असोजमा राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिको उपस्थितिमा भएको उक्त छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, मन्त्रीहरुसहित जेनजी, घाइते र सहिद परिवार गरी आन्दोलनकारी पक्षबाट १६ जनाको सहभागिता थियो ।

अबेर रातिसम्म चलेको उक्त छलफलका क्रममा आन्दोलनकारी पक्षले लिखित सम्झौता हुनुपर्ने माग जोडतोडले राखेका थिए । विभिन्न फरकफरक समूहका मान्छेहरू जेनजी अगुवाका रुपमा देखिन थालेपछि खास आन्दोलनको अग्रमोर्चामा रहेका जेनजीहरूसँग सरकारले औपचारिकता खोजेको बताइन्छ ।

सुरक्षा निकायहरूले पनि जेनजीका आवरणमा करिब २५ वटा समूहले राजनीतिक र गैरराजनीतिक प्रकृतिका गतिविधि समेत भइरहेको प्रतिवेदन सरकारलाई दिएका छन् ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top