×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

१३ कार्तिक २०८२

१२ कार्तिक , काठमाण्डौ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

Advertisement
Advertisement

विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तै बागमती प्रदेशका काठमाडाँै उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।

सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ । यसपछि चक्रवातको प्रभाव विस्तारै कमजोर हुँदै उत्तर उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ ।

बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात भोलिसम्म नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ। मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए।

यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरी कोसी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उनले बताए। यसको प्रभाव वागमती प्रदेश र कोसी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना रहेको उनको भनाई छ।

उनकाअनुसार चक्रवातको प्रभाव भोलि बिहीवार दिउँसोदेखि पर्सी १५ गते शनिबार दिउँसोसम्म रहने पूर्वानुमान छ। उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उनले जानकारी दिए।

उनले हाल ठूला नदीहरूको वहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताए। बागमती र कोसीजस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम रहेको उनको भनाई छ।

यद्यपि नदी सतह सतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी क्षेत्रमा बसोवास गर्ने नागरिकलाई शतर्क रहन उनले आग्रह गरे। उनले मधेस र कोसी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा भने तिब्र बहावको सम्भावना रहेको बताए।

१३ गते रातिदेखि १५ गतेसम्म उच्च शतर्कता अपनाउन उनले आग्रह गरे। उनले भने, ‘अब ठूला नदीहरूमा वाहवको अवस्था हाल समान्य अवस्थामा रहेको, धेरै तल रहेको कारणले गर्दाखेरी यो करिव करिव २४ र २५ घण्टासम्म सक्रिय रहनसक्ने प्रणालीले ठूलो बाढीको अवस्था वागमती, कोसी जस्ता ठूला नदीहरूमा पार्ने देखिँदैन।

तर जल सतह उल्लेख्य बढ्ने सम्भावना छ। त्यसकारण शतर्कता तह आसपाससम्म पनि पुग्नसक्छ, नदी तटिय क्षेत्र सामान्य अवस्था भएको नदीहरूमा ठूलो बहाव आउँदाखेरि खतरा तहको वहाव नआएतापनि त्यसले जोखिम निम्त्याउने भयो।

Advertisement
Advertisement

त्यसकारण सतर्कताको अपिल गर्दै हामीले प्रेस रिलिज पनि गर्दैछौँ। सँगै स–साना खोलाहरू जति पनि छन्, खासगरि मधेस प्रदेश र कोसी प्रदेशको। त्यसमा पनि पहाडी र चुरेको क्षेत्र भएर बहने स–साना खोला नालाहरूमा आकस्मिक बहाव, तीब्र बहावको सम्भावना देखिएको छ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top