×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

१५ कार्तिक २०८२
१४ कार्तिक , काडमाण्डौ ।
विभिन्न राजनीतिक दल तथा नयाँ शक्तिहरूसँग एकता र सहकार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  आज निर्णायक राजनीतिक संवाद गर्दैछ  छ । आज दिउँसो बालुवाटारस्थित नेपाल हाउस संवाद हुने पार्टीका उच्च संवाद समिति संयोजक स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।
यो संवाद आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवद्र्धनका लागि बृहत् एकता र सहकार्यको रेखाङ्कन र उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यताबारे भएको जनाइएको छ ।
पछिल्लो  समय बालेन, कुलमान घिसिङ लगायतसँगको रास्वपाको एकताको वहस र  कारागारमा रहेका  सभापति रवि लामिछानेको  रास्वपालाई १ नम्बर पार्टी बनाउनका लागि दिएका ४ बुँदे सन्देशपछि आज हुन् लागेको संवादलाई निक्कै चासो र महत्वका साथ हेरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले  नख्खु कारागारबाट   पत्रकार प्रमोद न्यौपानेसँगको भेटवार्तामा पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा रहेको  बताएका छन् ।
त्यसको लागि आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्नेपनि उनले भनेका छन् । लामिछानेले नख्खु कारागारबाट दिएको सन्देशलाई गहिरिएर हेर्दा उनको राजनीतिक अडान, पार्टीको भविष्यप्रतिको दृष्टिकोण र वर्तमान सरकारप्रतिको अपेक्षा स्पष्ट देखिन्छ।
रविले आफूमाथि अघिल्लो सरकारले ’राजनीतिक प्रतिशोध’ का आधारमा मुद्दा लगाएको आरोप लगाउँदै वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको धारणा खोजेका छन्। उनले ’फेवर’ (सुविधा) नभई न्यायको माग गरेका छन्।
’हिजो अन्याय भयो’ भन्नेहरूले आज केही बोल्नुपर्ने उनको अपेक्षा प्रधानमन्त्री सुशीला कार्कीप्रति लक्षित छ।  यो बुँदाले लामिछानेले आफ्नो गिरफ्तारी र मुद्दालाई राजनीतिकरणको रूपमा हेरेको देखाउँछ।
उनले वर्तमान सरकारबाट आफ्नो मुद्दामाथि पुनरावलोकन वा सकारात्मक कदमको अपेक्षा राखेका छन्। यद्यपि, उनले ’फेवर’ नखोजेको भन्नुले कानुनी प्रक्रियाको सम्मान गर्दै न्यायपूर्ण छानबिनको माग गरेको बुझिन्छ।
हिजो मात्रै उनले कारागार बाहिरै रहेर मुद्धा लड्न पाउनु पर्ने भनी उच्च अदालतमा दिएको रिटको पेसी सरेको छ ।  बिगो बमोजिमको रकम बुझाई बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्दै लामिछानेले दिएको निवेदनमा  हिजो सुनुवाई तोकिएको थियो ।
सुनुवाईका लागि उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलास तोकिएको थियो ।  लामिछानेसँगै छबिलाल जोशीको मुद्दाको समेत सँगै सुनुवाई हुने भनिएको थियो ।
यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएका कारण दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।  तर छबिलाल जोशीको तर्फबाट  मुद्दा हटाउँदा रवि लामिछानेको मुद्दाको सुनुवाई पनि स्थगित भएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा रुपन्देही अदालतले उनीहरुलाई पूर्पक्षका लागि कारागार चलान गरेको थियो । बिगो रकम बुझाएर बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न दिन पनि अस्वीकार गरेको थियो ।
लामिछानेले पछिल्लो जनमतका आधारमा रास्वपालाई चौथो शक्ति भन्दै वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी आफ्नो पार्टीमा रहेको बताएका छन्। यसका लागि आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुवै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो बुँदा  अहिले भइरहेको बहसका लागि निकै महत्त्वपूर्ण छ। ’नेतृत्व र त्याग दुवै गर्छ’ भन्ने भनाइले लामिछाने रास्वपालाई भावी राजनीतिका लागि एक निर्णायक शक्तिको रूपमा उभ्याउन चाहन्छन् भन्ने देखाउँछ।
त्याग  भन्ने  उनको शब्दले उनी आवश्यकता परेमा व्यक्तिगत पद वा स्वार्थभन्दा माथि उठेर पार्टीको बृहत्तर हितका लागि कुनै पनि कदम चाल्न तयार रहेको संकेत गर्छ। यसले पार्टीभित्रको आन्तरिक शक्ति समीकरण, गठबन्धनको सम्भावना र राष्ट्रिय राजनीतिका लागि रास्वपाको दूरदृष्टि  देखाएको छ ।
’त्याग’ शब्दलाई सभापति पद छाड्ने सम्भावित संकेतका रूपमा पनि हेर्न सकिन्छ, तर यो पार्टीको बृहत्तर हितका लागि सामूहिक त्याग वा अन्य कुनै पद छाड्ने सन्दर्भमा पनि हुन सक्छ। निश्चित रूपमा सभापति पद छाड्ने कुराभन्दा पनि पार्टीलाई एकीकृत र बलियो बनाउन जुनसुकै भूमिकामा रहन वा जुनसुकै त्याग गर्न तयार रहेको सन्देश दिन खोजिएको  नेताहरुले बताएका छन् ।
उनले एकपटक चिठ्ठा परेकाहरू पटक–पटक परोस् भन्ने ठान्ने तर संयोग दोहोरिरहँदैन भन्दै लोभीहरूले चिठ्ठा किन्न सके पनि फेरि पर्छ नै भन्ने नहुने कुरा उल्लेख गरेका छन्। ’हरेक जालमा माछा पर्दैन नि’ भन्दै उनले  अप्रत्यक्ष रूपमा राजनीतिक खेलाडीहरू, जसले छोटो समयमै राजनीतिक लाभ लिएका छन्, उनीहरूलाई लक्षित गरेका छन्।
अन्त्यमा, लामिछानेले रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउने लक्ष्य राखेको र त्यो क्षणिक लाभ–हानी सोचेर नबन्ने बताएका छन्। अत्यन्तै खराब परिस्थिति आए पनि रास्वपालाई एक नम्बरको शक्ति बनाउने दृढतामा कमजोर नहुने र यसका लागि मेहनत र समय जति लागे पनि ठूलो कुरा नभएको उल्लेख गरेका छन्।
उनले पार्टीलाई तात्कालिक फाइदाका लागि सम्झौता नगर्ने बरु दिर्घकालीन रूपमा देशको नेतृत्व गर्न सक्ने गरी बलियो बनाउने लक्ष्य राखेका छन्।  रवि लामिछानेले सीधा रूपमा ’सभापति पद छाड्न तयार छु’ भनेका छैनन्।
तर,  ’आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ’ भन्ने उनको भनाइले यसको सम्भावनालाई नकारेको पनि छैन।   ’त्याग गर्छ’ भन्नाले पार्टीको बृहत्तर हितका लागि कुनै व्यक्तिगत पद, स्वार्थ वा तत्कालीन लाभको त्याग गर्न तयार रहेको बुझिन्छ।
यो सभापति पदको त्यागसम्म पनि पुग्न सक्छ, तर यो पार्टीको हितका लागि ’कम्परोमाइज’ नगर्ने वा कुनै महत्त्वपूर्ण निर्णय लिने सन्दर्भमा पनि हुन सक्छ। उदाहरणका लागि, यदि कुनै गठबन्धनको लागि सभापति पद छाड्दा पार्टीको समग्र हित हुन्छ भने त्यसमा पनि उनी तयार हुन सक्ने संकेत यसमा निहित छ।
महामन्त्री  कवीन्द्र बुर्लाकोटीले परिवर्तनका पक्षधरहरू जसले जेन–जी आन्दोलनलाई नैतिक समर्थन गरे, उनीहरू सबैसँग वैचारिक छलफलमा रहेको बताएका छन् । उनले प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, माओवादी केन्द्रसहित जनमत, नागरिक उन्मुक्ति, नयाँ शक्ति, हाम्रो नेपाली दल लगायतसँग संवाद भइरहेको जानकारी दिए ।
बुर्लाकोटीले संवादमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित ऊर्जामन्त्री कुलमान घिसिङसँगसमेत छलफल भइरहेको बताएका छन् । यता कुलमान र बालेनले के गर्लान् भन्नेमा सबैको ध्यान खिचिएको छ ।
यद्यपि अहिलेसम्म दुवैले केही पनि स्पष्ट पारेका छैनन । तर बालेनले रास्वपामा रवि लामिछानेको स्थानमा कुलमान घिसिङलाई अगाडि सारेर वैकल्पिक भनिएका सबै र जेनजीहरुलाई समेत समेटेर चुनाव गए आफ्नो समर्थन रहने निकटस्थहरु मार्फत बहसमा ल्याएका छन् ।
रास्वपासँग सहकार्य गर्ने वा सुमना श्रेष्ठलगायतले बनाउने नयाँ पार्टीलाई समर्थन गर्ने भन्नेमा बालेन अलमलमा रहेको बताइन्छ । रास्वपाले रवि लामिछानेलाई सभापतिबाट हटाएर नयाँ व्यक्ति ल्याए समर्थन गर्ने संकेत गरेका बालेनले उता सुमना श्रेष्ठ, निश्चन बस्नेतलगायतले खोल्न लागेको नयाँ पार्टीलाई पनि ढाडस दिइरहेका छन् ।
रास्वपाका सभापति लामिछानेले बालेन आफैं नेतृत्व गर्ने गरी आए सभापति छाडिदिने नत्र बाहिरबाट कोही व्यक्तिलाई नल्याउने बताएको जनाइएको छ ।  यतिबेला नयाँ पार्टी गठन गर्ने वा रास्वपामा एकीकृत हुने  भन्ने बहसमा बालेनसहित  स्वतन्त्र मेयर गोपी हमाल, जेनजीको प्रतिनिधि बताउने सुदन गुरुङ लगायत छलफलमा रहेको बताइन्छ  ।
हर्क साम्पाङले कापठमाडौं आएर पार्टी खोलेर गएपछि स्वतन्त्र नेताहरू भने नयाँ दलको तयारीमा लागेका हुन् । मिराज ढुंगानालगायतको अर्को समूहले पार्टी दर्ता गर्ने भनिसकेको छ  ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top