×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

१८ कार्तिक २०८२

१७ कार्तिक , काठमाण्डौ ।

नेपालको राजनीतिमा वैकल्पिक शक्तिको खोजीले नयाँ मोड लिइरहेको छ। विशेषगरी जेनेरेसन जी आन्दोलन अघि र पछि स्थापित दलहरूप्रति जनआक्रोश र निराशा बढ्दै गएका बेला स्वतन्त्र व्यक्तिहरूको राजनीतिक सक्रियता बढेको छ ।

Advertisement
Advertisement

यही मेसोमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा हालका ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल दर्ताको तयारीले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ।

उज्यालो नेपाल अभियानका प्रणेता कुलमानलाई नै प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने महत्वाकांक्षी योजनाका साथ अघि बढ्न लागेको यो शक्तिले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्ला भन्ने चासो बढेको छ।

नेपालको राजनीतिक परिदृश्य अहिले संक्रमणकालीन अवस्थामा छ। संसद पुनस्र्थापना र सुरक्षाको कारण देखाउँदै निवर्तमान सरकारको नेतृत्व गरेको नेकपा एमाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा जान पूर्ण रूपमा तयार भइनसकेको अवस्था छ।

अर्कोतर्फ, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादसहित आठ दलबीच पार्टी एकता गर्ने सहमति भइसकेको छ। वामपन्थी शक्तिहरू भने एकजुट हुदै निर्वाचनमा होमिदैछन् । यही बेला वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आगामी निर्वाचनलाई लक्षित गरी घनिभूत छलफल चलाइरहेको छ।

विशेषगरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ, सागर ढकाल, गोपी हमाल लगायतका जेनजी समूह र अन्य स्वतन्त्र व्यक्तिहरूलाई समेटेर बलियो वैकल्पिक शक्ति निर्माण गर्ने रास्वपाको योजना थियो।

यसै सन्दर्भमा, हाल थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेले पार्टीलाई एक नम्बर बनाउन जस्तो सुकै त्याग र योगदान गर्न सक्ने बताएका थिए। तर, रास्वपामा समाहित हुनका लागि रवि लामिछानेको नेतृत्वलाई स्वीकार नगर्ने संकेत देखिएपछि एकीकरण प्रक्रिया र छलफल टुंगिएको दाबी गरिएको छ।

वैकल्पिक शक्ति निर्माणको यो दौडमा अब कुलमान घिसिङको नेतृत्वमा नयाँ दल दर्ताको तयारी सुरु भएको खबर बाहिरिएको छ। रास्वपासँगको छलफल सकारात्मक नबनेपछि र दल दर्ताका लागि समय घर्किँदै गर्दा कुलमान घिसिङकै नेतृत्वमा नयाँ दल दर्ताको तयारीले गति लिएको छ।

’उज्यालो नेपाल’ अभियानलाई केन्द्रमा राखेर पार्टीको नाम तय गर्ने र चुनाव चिन्ह ’बिजुलीको चिम’ प्रस्ताव गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ। कुलमानको नेतृत्वको नयाँ दलमा रास्वपा छाडेकी पूर्वसांसद सुमना श्रेष्ठ, हामी नेपालमा संयोजक तथा अभियन्ता सुदन गुरुङ, गत संसदीय निर्वाचनमा डडेल्धुराबाट चुनाव उठेका इन्जिनियर सागर ढकाल लगायतका व्यक्तित्वहरू संलग्न हुने बताइएको छ।

यसअघि कुलमान र सुदनले नै पार्टी गठन गर्ने सार्वजनिक रूपमा बताइसकेका छन् भने सुमना श्रेष्ठले सबै वैकल्पिक शक्तिलाई एकीकृत गर्ने कुरा गर्दै आएकी छिन्। सुदन गुरुङले पार्टी गठन बारे आफूहरूलाई नसोधी समाचार लेखिएको सामाजिक संजालमा टिप्पणी गरे पनि उनले नै यसअघिदेखि नै राजनीतिक दल खोल्न बाध्य भएको सार्वजनिक रूपमा बताउँदै आएका छन्।

स्रोतका अनुसार, सुरुमा कुलमान घिसिङ कसैको नाममा पार्टी दर्ता गर्ने र निर्वाचनभन्दा केही महिनाअघि मात्रै मन्त्री पदबाट राजीनामा दिएर वा मन्त्री पदमा कायम रहेरै पार्टीको नेतृत्व गर्ने मनस्थितिमा थिए।

त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको नाममा तत्कालका लागि पार्टी दर्ता गर्नेबारे पनि छलफल भएको थियो। तर, पछिल्ला छलफलहरूमा आफ्नै नेतृत्वमा अहिले नै पार्टी घोषणा गर्दा ठीक हुन्छ भन्ने निष्कर्षमा पुगेपछि कुलमान घिसिङले आफैँ नेतृत्व सम्हाल्ने निर्णय गरेको बुझिएको छ।

कुलमानको नेतृत्वमा नयाँ पार्टी कात्तिक १९ गते बुधबार दर्ता गर्ने तय भएको छ। पार्टीको नामबारे अझै छलफल भइरहेको छ। ’उज्यालो नेपाल’ वा अरू नै नाम राख्ने भन्नेबारे छलफल जारी छ। कुलमान ’उज्यालो नेपाल’ र चुनाव चिन्ह ’बिजुलीको चिम’ राख्न सकारात्मक रहे पनि यसमा अन्तिम टुंगो लागिसकेको छैन।

कतिपय सदस्यले ’नेपाल विकास दल’ राख्न पनि सुझाव दिएका छन्। कुलमानलाई नै अध्यक्ष राखेर पार्टी दर्ता भएमा अरू सबैलाई तत्कालका लागि केन्द्रीय सदस्य मात्रै राखेर जाने सम्भावना रहेको स्रोतले बताएको छ। कुलमान उज्यालो अभियान बोकेर खाडी राष्ट्रदेखि अमेरिका र युरोप पुगिसकेका छन् ।

ती भ्रमणमा पनि कुलमानलाई पार्टी खोल्न प्रवासी नेपालीहरुले सुझाव दिएका थिए । कुलमान स्वदेश फर्किएर त्यसकै तयारीमा रहेका बेला जेनजी आन्दोलनपछिको फेरिएको परिस्थितीमा अहिले मन्त्री बनेका छन् ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङलाई सँगै राखेर पार्टी खोल्नेबारे लामो समयसम्म छलफल र प्रयत्न भए पनि त्यसले सार्थकता पाउन सकेन। एक समय दुई जनामध्ये एक जनाले पार्टीको नेतृत्व गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने भन्नेसम्म छलफल भएको थियो।

तर, बालेनले दलमा प्रत्यक्ष रूपमा संलग्न भएर राजनीति गर्नेमा धेरै चासो देखाएनन्। कुलमानसँग मात्र होइन, त्यसभन्दा पहिले पनि बालेन पार्टी खोल्ने कि नखोल्ने भन्नेबारे लामो समयदेखि दोधार र अनिश्चयमा रहँदै आएका थिए।

हालका गृहमन्त्री ओमप्रकाश अर्याल काठमाडौं महानगरका कानुनी सल्लाहकार रहेका बेला पनि पार्टी खोल्नेबारे दुई जनाबीच छलफल भएको थियो। तर बालेनले आफ्नै समूहभित्र पनि पार्टी खोल्ने हो वा होइन भन्नेबारे कहिल्यै यकिन कुरा गरेनन्।

अर्याल केही समयअघि तय भएको रूपन्देही–३ को उपनिर्वाचनमा सांसदको उम्मेदवार बन्ने तयारी गरिरहँदा पनि बालेनले उनलाई समर्थन गर्नेबारे अन्तिमसम्म पनि वचन दिएका थिएनन् ।
कुलमान नेतृत्वको पार्टीमा बालेन आफैँ सहभागी नभए पनि बाहिरबाट समर्थन गर्ने स्रोतको दाबी छ।

तर, बालेनले आफैँ उपस्थित भएर वा चुनावी प्रचार–प्रसारमा संलग्न भएर सो पार्टीलाई समर्थन गर्छन् भन्नेमा नयाँ पार्टी खोल्न लागेकाहरू पनि त्यति विश्वस्त देखिएका छैनन्। बालेनले पूर्ण र प्रत्यक्ष समर्थन गर्ने हो वा होइन भन्ने यकिन नभएकाले पनि कुलमान आफैँ अघि सरेर, सुरुवातमा नै आफ्नो नाममा पार्टी दर्ता गर्ने मनस्थितिमा पुगेका हुन्।

कुलमान घिसिङकै नेतृत्वमा नयाँ पार्टी दर्ता भई आगामी निर्वाचनमा होमिएमा यसले नेपाली राजनीतिमा ठूलो प्रभाव पार्न सक्ने देखिन्छ। ’पार्टी खोल्दा नै आममानिसले चिनेको र आशा गरेको अनुहार नहुने हो भने पार्टीलाई अगाडि बढाउन सजिलो हुँदैन भन्ने तर्क नै हामीमाझ बलियो बनेको’ भन्दै कुलमानकै नेतृत्वमा पार्टी खोल्ने र आगामी निर्वाचनपछि कुलमानलाई नै प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार बनाउँदै चुनावमा होमिने उनीहरूको तयारी छ।

कुलमान घिसिङको स्वच्छ छवि, इमान्दारिता र सफल नेतृत्व क्षमताले उनलाई आमजनतामाझ लोकप्रिय बनाएको छ। लोडसेडिङमुक्त नेपालको अभियानका नायकका रूपमा उनले पाएको जनविश्वासलाई राजनीतिक पूँजीका रूपमा प्रयोग गर्ने यो प्रयास कति सफल हुन्छ, त्यो हेर्न बाँकी नै छ।

सुदन गुरुङ, सागर ढकाल, सुमना श्रेष्ठ लगायतका युवा र वैकल्पिक सोच राख्ने व्यक्तिहरूको सहभागिताले पार्टीलाई थप ऊर्जा प्रदान गर्न सक्छ। तर, राजनीति केवल लोकप्रिय छविले मात्र चल्दैन। संगठन निर्माण, स्पष्ट विचार, प्रभावकारी घोषणापत्र र जनतामाझ पुग्ने सामथ्र्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

स्थापित दलहरूको बलियो संगठन र वित्तीय स्रोतसँग प्रतिस्पर्धा गर्न नयाँ दलका लागि ठूलो चुनौती हुनेछ। बालेन शाहको मौन समर्थनले मात्र चुनावी परिणाममा कति फरक पार्ला भन्ने पनि विचारणीय छ।

जे होस्, कुलमान घिसिङको नेतृत्वमा ’उज्यालो नेपाल’ को सपना बोकेको यो नयाँ शक्तिको उदयले आगामी निर्वाचनलाई थप रोचक बनाउने निश्चित छ। नेपाली राजनीतिमा परम्परागत दलहरूको विकल्प खोजिरहेका जनताका लागि यो पनि एउटा नयाँ आशाको किरण बन्न सक्नेमा भने दुई मत छैन् ।

यद्यपि परम्परागत शक्तिभन्दा नयाँ सोच, विचार र युवामैत्री रास्वपासँग नै कुलमानले दर्ता गर्ने भनिएको दलको परस्पर प्रतिस्पर्धा हुने र अन्तत्वगत्वा समानुपातिक निर्वाचन प्रमाणीमा बहुमतको सपना भने क्षीण हुने राजनीतिक विश्लेषकहरु टिप्पणी गर्दछन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top