×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

१९ कार्तिक २०८२

१८ कार्तिक , काठमाण्डौ ।

सुडानमा वर्तमान समयको सबैभन्दा भयानक नरसंहार देखिएको छ । भूउपग्रहबाट देखिएका सुडानका तस्वीरहरु हेर्नै नसकिने, विचलित पार्ने खालका छन् । अन्तरिक्षबाटै सुडानमा रगतको आहाल देखिन्छ । त्यहाँ शवहरू थुप्रिँदै गइरहेका छन् ।

Advertisement
Advertisement

यसबीच लाखौं मानिसहरु बन्धक बनेका छन् । पश्चिमी सुडानको एल–फाशेर शहरमा करिब १८ महिनासम्म घेराबन्दीपछि बनेको बालुवाको पर्खालभित्र करिब साढे २ लाख मानिस फसेका छन् । र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का लडाकुहरूले शहरमा नरसंहार मच्चाइरहेका छन् ।

विज्ञहरूका अनुसार, गत सातामात्रै दसौं हजार मानिस मारिएका छन् । सञ्चार पूर्ण रूपमा बन्द भएकाले शहरभित्र के भइरहेको छ भन्ने कुरा प्रत्यक्षदर्शी, भूउपग्रहबाट प्राप्त चित्र र सामाजिक सञ्जालमा आएका भिडियोहरूमार्फत मात्र थाहा भइरहेको छ ।

सुडान फेरि एकपटक नरसंहारको बाटोमा हिँडिरहेको मानवीय उद्धार गर्ने संस्थाहरूले चेतावनी दिएका छन् । एनबीसी न्युजले त्यहाँबाट ज्यान बचाएर निस्किएका केही मानिसमध्ये एकसँग कुरा गरेको छ ।

४२ वर्षका मुताज मोहम्मद मुसाले भने, ‘सैनिकहरू शहरबाट फिर्ता गएपछि म पनि हजारौं मानिससँगै भाग्ने प्रयासमा थिएँ । तर, केही क्षणमै हामीमाथि तोप प्रहार भयो ।’ आरएसएफका लडाकुहरू पिकअप ट्रकमा आएर नागरिकमाथि सीधै गोली चलाए,’ उनले भने, ‘सबैतिर हाहाकार भयो, मानिसहरू भागे, केहीलाई ट्रकले किचे ।’

उनका अनुसार, बालुवाको पर्खाल पार गरेर करिब १५० जना मात्र भाग्न सफल भए । आरएसएफले उनी र अरूलाई समाते र कैयौं मानिसहरूलाई गोली हाने । ‘उनीहरूले मानिसलाई भाग्न भन्थे अनि भाग्नेबित्तिकै गोली चलाउँथे,’ मुसाले बताए ।

उनको परिवारले फोनमार्फत फिरौती तिरेपछि मात्र उनी मुक्त भएका थिए । त्यसपछि उनले ३० माइल टाढा रहेको टाविला शहरमा पुगेर ज्यान जोगाए । सोमबार भूउपग्रहबाट प्राप्त चित्रहरूमा विगतमा बाल अस्पताल रहेको ठाउँमा बाहिर कालो धब्बा जस्ता वस्तुहरू देखिन्छन् ।

त्यो मानिसहरूको लामो पंक्ति हो । अस्पतालको अर्कोपट्टि नयाँ सेता वस्तुहरूको समूह देखा परेको छ जुन अघिल्लो दिनको तस्बिरमा थिएन । अर्को दिनको चित्रमा ती काला वस्तुहरू अब एकै ठाउँमा थुप्रिएका देखिन्छन् । ती सम्भवतः शवहरू हुन् । एनबीसी न्युजले आरएसएफसँग यसबारे टिप्पणी माग्दा कुनै जवाफ पाएको छैन ।

अर्जन हेहेनक्याम्प अन्तर्राष्ट्रिय उद्धार समितिका सुडान प्रमुख हुन् । उनले भने, ‘करिब ५ हजारजना मात्र एल–फाशेरबाट टाविला पुगेका छन् । यो संख्या निकै सानो छ ।’ त्यसैगरी, फ्रान्सेली संस्था सोलिडारिटेस इन्टरनेशनलकी निर्देशक जस्टिन म्युझिक पिकेमालले भनिन्, ‘बाँचेर निस्केकामध्ये अधिकांश महिला र बालबालिका हुन् । बाटोमा महिलाहरू बलात्कृत भइरहेका छन् । धेरैजना मरुभूमिबाट पैदलै हिँडिरहेका छन् । उनीहरूसँग केही पनि छैन ।’

आरएसएफ लडाकुहरूले सामाजिक सञ्जालमा राखेका भिडियोहरूले शहरका भयावह दृश्य देखाउँछन् । एउटा भिडियोमा दर्जनौं शवहरू भुइँमा रहेको र आरएसएफका लडाकुहरू तिनीहरूका बीचमा हिँडिरहेको देखिन्छ । वरिपरि गाडीहरू जलिरहेका छन् । भिडियो खिच्ने व्यक्ति भन्छन्, ‘हामीले तिनीहरूलाई मारेका हौं । अहिले तिनीहरू धूलो बने ।’

अर्को भिडियोमा आरएसएफ कमान्डर अबु लुलुले भुइँमा बसिरहेका पुरुषहरूमाथि गोली चलाइरहेको देखिन्छ । सन् २०२३ अप्रिलदेखि सुडानमा युद्ध चलिरहेको छ । देशका सेनाप्रमुख जनरल अब्देल फतह बुर्हान र उनका पूर्व सहायक जनरल मोहम्मद हामदान दागालो हेमेद्ती आमनेसामने छन् ।

दुवैजना पहिले डार्फुरमा विद्रोहीहरू विरुद्धको कारबाहीका कमान्डर थिए । यही संघर्षका कारण सन् २००५ मा तत्कालीन तानाशाह ओमर अल–बशिर लाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले नरसंहारको आरोप लगाएको थियो ।

सन् २०१९ मा जनआन्दोलनपछि बशिरलाई हटाउँदा यी दुवै नेताहरू सत्तामा थिए । तर, पछि उनीहरूबीच सत्ता बाँडफाँडको विवादले गृहयुद्ध सुरु भयो । हाल संयुक्त अरब इमिरेट्सले आरएसएफलाई हतियार दिएको आरोप सुडानी सेनाले लगाउँदै अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा दायर गरेको छ ।

तर, यूएईले सबै आरोप अस्वीकार गरेको छ । आरएसएफ र तिनका सहयोगीहरूले नरसंहार गरिरहेको अमेरिकाले गत वर्ष घोषणा गरेको थियो । सुडान अहिले विश्वकै सबैभन्दा खराब मानवीय संकटको सामना गर्दैछ जहाँ करिब १.४ करोड मानिस घरबारविहीन भएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार, मे महिनासम्म कम्तीमा ४० हजार मानिस मारिएका थिए । वास्तविक संख्या अझ धेरै हुनसक्छ । येल विश्वविद्यालयको ह्युमानिटेरियन रिसर्च ल्याबका निर्देशक नाथानियल रेमन्डले भने, ‘हामीले भूउपग्रह चित्रहरूमा देखेका दृश्यहरू रुवान्डामा सन् १९९४ मा भएको नरसंहारसँग तुलना गर्न सकिन्छ । शहरका सडकहरूमा शवका थुप्राहरू छन् । रगतका पोखरीहरू छन् ।’

Advertisement

रेमन्डका अनुसार, त्यहाँ हजारौं शव छन् । सास फेर्ने सबैलाई उनीहरूले मारिरहेका छन् । आरएसएफले यसबारे पनि कुनै टिप्पणी गरेको छैन । रेमन्ड भन्छन्, ‘विगतको जनजवीद मिलिसियाबाट नै आरएसएफ विकसित भएको हो । त्यसले सन् २००० को दशकमा डार्फुरमा नरसंहार गरेको थियो । अहिले तिनीहरू डार्फुरलाई समाप्त पार्ने अभियानमा लागेका छन् । यो डार्फुर नरसंहारको अन्तिम युद्ध हो ।’

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top