×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर

२० कार्तिक २०८२

१९ कार्तिक , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भयभरको शक्ति प्रयोग गर्दा समेत जोहरान ममदानी न्यूयोर्क सहरको मेयरमा विजयी भएका छन् ।३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।

Advertisement
Advertisement

उनी जनवरी १ मा पदभार ग्रहण गरेपछि न्युयोर्कका सबैभन्दा कान्छा मेयर हुनेछन् । यति मात्रै होइन उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका पहिलो मुस्लिम र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।

ब्रुकलिनका सम्पन्न गल्लीहरूदेखि क्विन्सका श्रमिक वर्गका आप्रवासी बस्तीहरूसम्म फैलिएको राज्यमा उनको जित न्युयोर्कको इतिहासमा सबैभन्दा उल्लेखनीय राजनीतिक उथलपुथलहरूमध्ये एक हो । डेमोक्रेटिक समाजवादी ममदानीले जुनमा भएको डेमोक्रेटिक प्राइमरी चुनावमा पूर्वगभर्नर एन्ड्रयू एम कुओमोलाई पराजित गरेका थिए ।

यो जितसँगै न्युयोर्कवासीहरूले पाँच महिनामा दोस्रो पटक राज्यका सबैभन्दा शक्तिशाली व्यक्तित्वमध्ये एकलाई अस्वीकार गरेका छन् । रिपब्लिकन उमेदवार कर्टिस स्लिवा धेरै पछाडि तेस्रो स्थानमा रहे ।

२० लाखभन्दा बढी मतदाताको सहभागिता दर्ता भएको थियो, जुन सन् १९६९ यता सहरको नगरपालिका चुनावमा भएको उच्चतम सहभागिता हो । क्वीन्सका राज्य विधायक ममदानी एक वर्षअघि बिना कुनै ठूलो प्रोफाइल प्रतिस्पर्धामा उत्रिएका थिए ।

तर, किफायती जीवन, सामाजिक सञ्जालमा उनको पकड र न्युयोर्कप्रतिको निरन्तर सकारात्मक अभियानले युवा मतदाता र आप्रवासी समूहहरूमा रेकर्ड तोड्ने सहभागिता उत्प्रेरित ग¥यो । यसले उनलाई अनुभवी प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै अगाडि बढ्न मद्दत ग¥यो ।

उनी युगान्डामा भारतीय मूलका अभिभावकबाट जन्मिएका थिए । युगान्डाको राजधानी कम्पाला जन्मिएका मामदानी सात वर्षको हुँदा उनका आमाबुवा अमेरिकामा बसाइ सरेका हुन् । उनी सन् १९७० को दशकमा अब्राहम बीमपछि मेयरको रूपमा सेवा गर्ने पहिलो व्यक्ति हुन् ।

ममदानीले सहरको लामो समयदेखि चलिआएको राजनीतिक र व्यापारिक प्रतिष्ठानविरुद्ध एक विद्रोहीको रूपमा अभियान चलाएका थिए । उनले धनीमाथि कर बढाउने, बस र बाल हेरचाह निःशुल्क गर्ने, भाडा स्थिर अपार्टमेन्टहरूका लागि भाडा फ्रिज गर्ने र आफूले कठोर रूपमा आलोचना गरेको प्रहरी विभागमा सुधार ल्याउने आह्वान गरेका छन् ।

तर उनले जनवरी १ मा पदभार ग्रहण गर्दा गम्भीर चुनौतीहरूको सामना गर्नुपर्नेछ । धेरै यहूदी न्युयोर्कवासी र व्यापारिक नेताहरूले उनीप्रति गहिरो अविश्वास राखेका छन् । राष्ट्रपति ट्रम्पको खतरा पनि मडारिरहेको छ, जसले ममदानीको जित हुनुभन्दा अघि नै उनलाई ‘मेरो सानो कम्युनिस्ट मेयर’ भन्दै आफ्नो निशाना बनाएका थिए ।

चुनावको पूर्वसन्ध्यामा राष्ट्रपतिले आधिकारिक रूपमा पूर्वगभर्नर कुमोलाई समर्थन गरेका थिए । ट्रम्पले ममदानीले उनलाई मन नपर्ने नीतिहरू लागु गरेमा न्युयोर्कलाई अर्को निशाना बनाउँदै संघीय कोषहरू कटौती गर्ने र राष्ट्रिय गार्ड तैनाथ गर्ने चेतावनी दिएका छन् ।

३४ वर्षीय जोहरान ममदानी राजनीतिमा आउनु अघि हिप–हप ¥यापर थिए। ममदानी भन्छन्, ‘सङ्गीतकै माध्यमबाट मैले पहिलोपटक महसुस गरेँ कि समाजमा असमानता र पहिचानको राजनीतिबारे बोल्नुपर्छ।’

ममदानीले मेयरमा उम्मेदवारी दिने चर्चा सुरु हुँदै नेपालीहरुले उनलाई बालेनकै प्रतिरुपमा ब्याख्या गरेका थिए । विश्व राजनीतिमा दुई फरक भूगोलबाट उदाउन खोजेका ममदानी हुन् वा बालेन, उनीहरुले एउटा सन्देश स्पष्टै रुपमा दिएका छन, शक्तिको स्रोत नागरिक हो ।

यही ग्रासरुटबाट शक्तिको पुष्पण हुन्छ । लोकतान्त्रिक शासन प्रणालीमा सार्वभौमसत्ता जनताले आफ्ना प्रतिनिधिमार्फत उपयोग गर्छन् । लोकतन्त्रमा नागरिक नै सर्वेसर्वा हुन् । चीरकालसम्म एउटै पात्र वा प्रवृत्ति स्थापित हुन सक्दैन भन्ने कुरा विश्व राजनीतिमा देखिएका यी ज्वलन्त उदाहरण हुन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनको बेला बालेन शाहले अपनाएकोजस्तै चुनावी शैली ममदानीको पनि अपनाएका थिए । राजनीति साँचो अर्थमा आर्थिक रुपान्तरणमार्फत नागरिकको व्यवहारमा देखिने परिवर्तन हो ।

जुन कुरा देशको शासन प्रणालीसँगै अर्थतन्त्रसँग जोडिएको हुन्छ । स्पष्ट आर्थिक नीति विना राजनीतिक मुद्दालाई व्यवहारमा उतार्न असम्भव हुन्छ । कलेज सकेपछि उनी क्वीन्समा बसाइँ सरे र प्रवासी, भाडामा बस्नेहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा सक्रिय भए।

सन् २०१७ मा उनले डेमोक्र्याटिक पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरे। सन् २०२० मा उनी न्युयोर्क स्टेट असेंबलीमा निर्वाचित भए र २०२२ तथा २०२४ मा निर्विरोध जिते।आफ्नो कार्यकालमा ममदानीले सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दा उठाए, जसले उनलाई निकै लोकप्रिय बनायो।

उनले सस्तो र सजिलो आवासलाई सबैको अधिकार बनाउने अभियान चलाए। सार्वजनिक यातायात निःशुल्क गर्न माग गरे। न्यूनतम तलब ३० डलर प्रतिघन्टा पु¥याउने प्रस्ताव राखे। अहिलेसम्म उनले २० वटा विधेयक समर्थन गरेका छन्, जस मध्ये ३ कानून बनेका छन्।

तीमध्ये एक ‘भाडा नियन्त्रण विधेयक’ मध्यवर्गीय र प्रवासी समुदायमा निकै लोकप्रिय भयो। ममदानीले चुनाव प्रचारमा शहरको बढ्दो बसोबास खर्चलाई मात्र मुद्दा बनाएका छैनन्, साथै धनीहरूमाथि कर लगाएर गरीब वर्गका लागि आवास योजनाहरू दिने वाचा समेत गरेका छन्।

कुमो पूर्व गभर्नर र गभर्नरको छोरालाई हराउँदै ममदानीले डेमोक्र्याटिक पार्टीको पुरानो सत्ताको संरचनालाई चुनौती दिए, जसलाई वाम धाराले लामो समयदेखि वास्तविकतासँग टाढा भएको भन्दै आलोचना गर्दै आएको थियो। उनको अभियानले असाधारण मिडिया ध्यान खिच्यो, जसले उनीमाथि अब मेयरको रूपमा बढी निगरानी रहने संकेत गर्छ।

१२ वर्षअघि बिल डे ब्लासियोले पनि आर्थिक असमानता घटाउने वाचा गर्दै मेयर जितेका थिए। तर आठ वर्षपछि उनको कार्यकाल मिश्रित नतिजासहित र असन्तुष्टि बीच समाप्त भयो। ममदानीले पनि त्यही सीमित अधिकार र उच्च अपेक्षासँग जुध्नुपर्नेछ।

हाललाई, ममदानीले आफूलाई अमेरिकन जनतासामु परिभाषित गर्ने अवसर पाएका छन् । किनकि धेरै अमेरिकनहरू अझै उनीबारे थोरै मात्र जान्दछन्। हालैको सीबीएस सर्वेक्षणअनुसार, ४६ प्रतिशत अमेरिकीले न्यूयोर्कको मेयर चुनावलाई बिल्कुलै ध्यान नदिएको बताएका थिए।

न्यूयोर्क बाहेक मंगलबार न्यू जर्सी र भर्जिनियामा पनि गभर्नर चुनाव भए। यी दुई राज्यहरूमा पनि डेमोक्र्याटहरूले सहज विजय हासिल गरे। न्यू जर्सीमा नतिजा केही नजिक भए पनि, ट्रम्पको नाम नभएपछि उनले पाएको श्रमिक र अल्पसंख्यक समर्थन टिकेन।

ममदानी जस्तो वामपन्थी नीतिवाला उम्मेदवारदेखि लिएर शेरिल र स्पानबर्गर जस्ता मध्यमार्गी डेमोक्र्याट सबैले जीवनयापन र खर्चका विषयमा ध्यान केन्द्रित गरे। सर्वेक्षणअनुसार, अर्थतन्त्र मतदाताको प्रमुख चिन्ता रह्यो।

यसैले, वाम र मध्यम दुवै धाराका डेमोक्र्याटहरूको जितले पार्टीले आगामी चुनावमा कुन बाटो रोज्ने भन्ने स्पष्ट संकेत दिएको छैन। तर ममदानी भन्छन् पार्टीमा सबै विचारका लागि ठाउँ छ। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएको नोभेम्बर ५ मा एक वर्ष पुग्दै गर्दा उनको सबैभन्दा ठूलो हार भएको छ ।

न्युयोर्क सिटीलाई अमेरिकाको मुटु मानिन्छ। यहाँ मेयर बन्ने कुरा केवल शहर प्रमुख बन्नु मात्र होइन, अमेरिकाको अत्यन्त प्रभावशाली राजनीतिक पदमा पुग्नु हो। यहाँको वार्षिक जीडीपी नै करिब २.३ ट्रिलियन डलर छ । मेयरको हातमा प्रशासन, प्रहरी, यातायात, आवास, शिक्षा र स्वास्थ्य प्रणालीको नियन्त्रण हुन्छ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top