विराटनगर : १ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पहिलो पटक आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्दै विराटनगर नै स्थायी राजधानी बनाईने कुरा संकेत गरेका छन् । ,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
शुक्रबार विराटनगरमा आयोजित प्रादेशिक पूँजी बजार प्रदर्शनीमा विशेष अतिथीका रुपमा बोल्दै मन्त्री आङ्बाले राजनितीक तथा आर्थिक क्षेत्रमा विराटनगरको योगदानलाई सरकारले नभुल्ने प्रतिवद्धता जनाए ।