×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

२५ कार्तिक २०८२

२४ कार्तिक , काठमाण्डौ ।

अन्तरिम सरकारको तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ पार्टी निर्माणको अन्तिम चरणमा पुगेका छन् । घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ ।

Advertisement
Advertisement

तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो । तत्कालको लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताए ।

उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रिय कमिटी आउने छ । सम्भव भएसम्म आजै नभए भोलि दर्तामा जाने तयारी रहेको कुलमान निकटहरुले बताएका छन् ।

केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको भनिएको छ । कुलमानसँगै बालेन, सुमना,सागर ढकालसहित समेत जोडिने बताइएको छ । स्रोतले भन्यो, ‘बेलुकासम्म पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा सहमति जुटाउनको लागि छलफल भयो । सबै विषयमा सहमति भएको छैन । पार्टी दर्ता गर्न जानुअघि छलफल गरी आयोग जाने तयारी छ । सरकारको तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरेकाले पार्टी अध्यक्षमा कुलमान घिसिङ नबस्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘कुलमानको नेतृत्वमा नभए पूर्वऊर्जा सचिव डा. अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गर्ने तयारी छ ।

उपाध्ययको नेतृत्वमा पार्टी दर्ता गरेर कुलमानलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ । पार्टीले ‘एक व्यक्ति एक पद’को नीति लिने तयारी रहेको छ । कुलमान पार्टी दर्ताको अन्तिम तयारीमा पुगेपछि रास्वपाले भने सबैभन्दा ठूलो पार्टी बन्ने महत्वपूर्ण अवसर गुमाएको टिप्पणी गर्न थालिएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र जेन–जी प्रतिनिधिहरूको पनि साथ पाएका ऊर्जामन्त्री कुलमान घिसिङलाई भित्र्याउँदा सरकार नै बनाउने तहमा ठूलो पार्टी बन्न सकिने विश्लेषण गरेरै रास्वपाले उनीहरूसँग मिलेर जाने प्रस्तावसहित अनेक पटक कुरा गरेको थियो।

तर, सभापतिमा रविको विल्कप नरहेको रास्वपाको अडान कुलमानको समेत सभापतिमा दाबी रहेपछि कुलमान अलग पार्टी दर्ताको तयारीमा लागेका छन्। यसबाट रास्वपाकै कतिपय नेता असन्तुष्ट छन्। यस्तो कदमले पार्टीलाई दीर्घकालीन रूपमा घाटा हुने उनीहरूको बुझाइ छ।

कुशल व्यवस्थापकीय क्षमता देखाएर नेपालमा लोडसेडिङ हटाएर चर्चा कमाएका घिसिङ लोकप्रिय छन्। कांग्रेस–एमाले सरकारले कार्यकाल सकिनु पाँच महिनाअगाडि मात्र नेपाल विद्युत् प्राधिकारणको कार्यकारी निर्देशकबाट उनलाई हटाएकाले पनि घिसिङ चर्चामा थिए।

उनले राजनीति सुरु गर्ने तयारी पनि गरेका थिए। यसका लागि उनले सक्रियता नै देखाइसकेका थिए। उनले खाडी मुलुक पुगेर वैदेशिक रोजगारीमा रहेका नेपालीसँग छलफल गरेका थिए। रास्वपाका कयौँ नेताहरू कुलमानलाई भित्र्याउनुपर्ने पक्षमा छन्।

यही कारण रास्वपाका नेताहरू घिसिङसँग निरन्तर संवादमा बसे। तर सहमति भने जुट्न सकेन । जेन–जीको रोजाइमै मन्त्री भएकाले पनि कुलमान मिलाउन सके त्यसको सिधा प्रभाव चुनावमा पर्ने रास्वपाका नेताहरूको भनाइ छ।

यसैले अव कुलमानले पार्टी खोलेपछि यसको असर पनि रास्वपालाई नै रहेको छ । ३ लाख नजिकसदस्य रहेको रास्वपाका भोटर पनि नवयुवा र आम सर्वसाधारण रहेका छन् । रास्वपा गएको निर्वाचनमा पनि अन्य दलका कार्यकर्ता देखि शुभेच्छुकको मतबाट नै चौथो शक्ति बनेको थियो ।

ती भोटरहरु अब फागुन २१ मा बाँडिने भएपछि रास्वपालाई नै घाटा हुने नेताहरु बताउन थालेका छन् । कुलमान हाल ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री समेत तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

त्यसमाथि, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको विश्वास पनि उनीमाथि देखिन्छ। जेन–जी आन्दोलनले पुराना दलप्रतिको जनविश्वास डगमगाई दिएको बेला केही गर्छु भन्दै राजनीतिमा उदाएको रास्वपालाई कुलमान र बालेनको साथले ठूलो शक्ति बनाउन सक्थ्यो।

यति मात्र होइन, रास्वपा छोडेकी सुमना श्रेष्ठले कुलमानलाई साथ दिएकी छन्। उनी घिसिङलाई रास्वपा भित्र्याएर सभापति बनाउन चाहन्थिन्। तर, चितवनको सौराहामा कात्तिक २१ र २२ गते बसेको रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठकमा पारित भएको राजनीतिक प्रतिवेदनले कुलमानका लागि ढोका बन्द गरिदिएको छ।

पुराना तीन दलसँग मिलेर भिड्नुपर्ने उनीहरू व्यक्तिपिच्छे दल खोलेर जाँदैछन्। मतविभाजन हुँदा त्यसको सिधा फाइदा पुरानाले लिन सक्ने बताउँछन् रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की।

रविकै लोकप्रियताका कारण एकाएक ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको रास्वपाप्रतिको क्रेज उनी जेल परेपछि क्रमशः घट्न थालेको हो कि भन्ने कतिपयको प्रश्न छ । तर रास्वपाले रविमाथिको प्रतिशोधले नै रास्वपाको क्रेज झन बढेको प्रतिवेदन तयार पारेको छ ।

‘पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी मै हुँ,’ प्रतिवेदनमा उल्लेख छ, ‘तर, त्यसबेला उहाँहरूले पत्याउनु भएन। अहिले पनि हामी उहाँहरूलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छौँ। तर, यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नुपर्छ। पार्टी बनाउने चाहनालाई स्वागत छ। तर, कब्जा गर्ने नियतको चाहिँ खुला प्रतिवाद गर्छौँ।’

कुलमानको नाम उल्लेख नगरी कार्यबहाक सभापति डीपी अर्यालले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । कुलमानले रास्वपा कब्जा गर्न नभई चुनावमा बहुमत ल्याउने योजनाले मात्र सभापति पद मागेको दाबी गरेका छन्।

त्यही भएर मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि मात्र सभापति बनाउन भनेको उनको प्रस्टोक्ति थियो। तर, रास्वपाले पार्टी नै कब्जा गर्न खोजेको आरोप लगायो। यसले घिसिङ असन्तुष्ट त भए नै, अब कुलमानको पार्टी नै दर्ता हुने भएपछि सँगै मिलेर जाने बाटो समेत बन्द हुन् सक्ने देखिएको छ ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top