×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

२ मंसिर २०८२

१ मंसिर, काठमाण्डौ।

सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ। गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री रामेश्वर खनालले सम्मान गरेका हुन् ।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मानसमेत गरिने गरेको छ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सोमबार सम्मान गरेको छ । कर दिवसको अवसरमा काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मान गरेका थिए ।

वस्तु व्यापारतर्फ लगातार चार वर्षदेखि बढी कर तिर्नेको सूचीमा भाटभटेनी परेको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई अर्थमन्त्री खनालले प्रमाणपत्र, दोसल्लासहित सम्मान गरेका हुन् ।

व्यक्तिगततर्फ राजबहादुर शाहले सबैभन्दा बढी कर तिरेका छन् । उनलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सरकारी स्वामित्वको दूरसञ्चार प्राधिकरण रहेको छ ।

एकलौटी फर्महरुमध्ये थर्ड आई इन्टरनेशनल, वस्तु निर्माणको कारोबारमा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालिलाई पनि सम्मान गरिएको छ । सूचना प्रविधिमा बढी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि रहेको छ भने कृषि एवम् पशु पंक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि रहेको छ ।

बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्येमा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल परेको छ । पर्यटन व्यवसायमा सोल्टी होटल रहेको छ ।

विशेष समारोहमा वार्षिक कारोबार रकम ५० करोड रुपैयाँभन्दा बढी र सय करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एन्ड क्लियिरिङ हाउसलाई सम्मान गरिएको थियो ।

रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमा आईएमई समूह रहेको थियो । विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ ।

यी हुन् १६ विधामा उत्कृष्ठ कर तिर्ने करदाता : 

सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फ ः नेपाल दूरसञ्चार प्राधिकरण

एकलौटी फर्महरुतर्फ आयकर ः थाइ आइ इन्टरनेशनल

बस्तुगत तर्फ आयकर ः डावर नेपाल

सूचना प्रविधितर्फः भेरिक्स नेपाल प्रालि

निर्यात कारोबार ः डाबर नेपाल प्रालि

कृषि एवम् पशुजन्य ः पोषक ब्रिडर

बैंक तथा वित्तीय संस्था ः नेपाल इन्भेष्टमेन्ट बैंक

स्वास्थ तथा शिक्षा ः नोबेल मेडिकल कलेज

पर्यटन ः सोल्टीहोटेल

वस्तु व्यापार ः भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता ः सिडियस एण्ड क्लियरिङ् लिमिटेड

ऊर्जा ः भोटेकोसी पावर कम्पनी

रेमिटेन्स ः आइएमई

व्यक्तिगत आयकर ः राजबहादुर साह

मूअक समयमा तिर्नेमध्ये ः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

५० करोड भन्दा धेरै कारोबार गर्नेमध्ये ः भिएफ सर्भिसेज

विशेष उद्योगः युनिलिभर नेपाल

सम्मानित भएकामध्येबाट सम्बोधन गर्दै मिनबहादुर गुरुङले भ्याट लागु हुँदा सबैभन्दा बढी खुसी पनि आफु भएको बताउँदै तर विगतका केही वर्षमा नक्कली भ्याट बिलको आरोपमा आफूलाई दुःख दिइएको बताए ।

उनले जेनजी आन्दोलनका क्रममा भाटभटेनीका विभिन्न स्थानमा रहेका १२ वटा स्टोर जलेर ध्वस्त भएको, कैयौँमा तोडफोड र लुटपाट भएको पनि यसलाई आफूले ‘स्वीट पेन’का रुपमा लिएर अघि बढेको बताए ।

व्यवसायीलाई मनोबल नगिराउन अनुरोध गर्दै उनले जेनजीको आन्दोलनका क्रममा भाटभटेनीमाथि कुनै अमूक राजनीतिक दलको भवन बनाइदिने प्रतिबद्धता जनाएकै भरमा आक्रमणमा परेको अहिले सुन्नुपरेको बताए ।

“राजनीतिक सुधार हुनुप¥यो,” उनले भने, “हामीले अन्य दललाई पनि सहयोग गरेका छौँ । कर तिरेर बाँकी रहेको रकमबाट सहयोग गरेका हौँ । भगवान कोइरालाको नेतृत्वमा रहेको अस्पताललाई सहयोग गरेका छौँ । विभिन्न जिल्लाका विद्यार्थीलाई एमबीबीएस सम्मको अध्ययन गराएको छु । त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन बनाइदिएका छौँ । यो सबै राष्ट्रका लागि गरेको काम हो । कसैबाट कुनै कुराको आशा भएर गरेको होइन दायित्व सम्झेर गरेको हो । मैले कसैसँग केही फाइदा लिन्न ।“

सप्लायर्सले गरेको गल्तीका कारण आफूलाई कारबाही गरिएको बताउँदै उनले भने, “हामीलाई आपूर्ति गर्ने कम्पनीबाट सामान लिएको । सामान लिएर मैले भ्याट र करको दायित्व पूरा गरेको हो । त्यसपछि भाटभटेनीलाई नक्कली भ्याट बिलको बिल्ला लगाइयो । त्यो बिल्ला अहिलेसम्म लगाइएको छ । हामीले ८०–८१ मा पूरा ग¥यौँ । हामीले जरिबानासहित तिर्न बाध्य भयौँ । मैले योगा गर्छु । योगा गर्दा गुरुले पद्मा आसन लगाऊ भन्नुहुन्छ । दुखेको बेला गुरु भन्नुहुन्छ– इट इज स्वीट पेन । धान खाने मुसा चोट पाउने भ्यागुतो भयो ।”

मुलुकमा विगत चार वर्षदेखि वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरूङले आफ्नो व्यावसायिक जीवनमा अनेक उतारचढाव आएको समेत बताए ।उनले ठूलो क्षति भएको भाटभटेनी सुपरमार्केट आगलागीको घटनालाई ’स्वीट पेन’ को रूपमा लिएको बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top