NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

सोमवार मंसिर १ , २०८२
Reading Time: 1 min read
A A
नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ मंसिर, काठमाण्डौ।

सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ। गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री रामेश्वर खनालले सम्मान गरेका हुन् ।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मानसमेत गरिने गरेको छ।

LS Auto

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सोमबार सम्मान गरेको छ । कर दिवसको अवसरमा काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मान गरेका थिए ।

वस्तु व्यापारतर्फ लगातार चार वर्षदेखि बढी कर तिर्नेको सूचीमा भाटभटेनी परेको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई अर्थमन्त्री खनालले प्रमाणपत्र, दोसल्लासहित सम्मान गरेका हुन् ।

व्यक्तिगततर्फ राजबहादुर शाहले सबैभन्दा बढी कर तिरेका छन् । उनलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सरकारी स्वामित्वको दूरसञ्चार प्राधिकरण रहेको छ ।

एकलौटी फर्महरुमध्ये थर्ड आई इन्टरनेशनल, वस्तु निर्माणको कारोबारमा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालिलाई पनि सम्मान गरिएको छ । सूचना प्रविधिमा बढी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि रहेको छ भने कृषि एवम् पशु पंक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि रहेको छ ।

बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्येमा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल परेको छ । पर्यटन व्यवसायमा सोल्टी होटल रहेको छ ।

विशेष समारोहमा वार्षिक कारोबार रकम ५० करोड रुपैयाँभन्दा बढी र सय करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एन्ड क्लियिरिङ हाउसलाई सम्मान गरिएको थियो ।

रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमा आईएमई समूह रहेको थियो । विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ ।

यी हुन् १६ विधामा उत्कृष्ठ कर तिर्ने करदाता : 

सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फ ः नेपाल दूरसञ्चार प्राधिकरण

एकलौटी फर्महरुतर्फ आयकर ः थाइ आइ इन्टरनेशनल

बस्तुगत तर्फ आयकर ः डावर नेपाल

सूचना प्रविधितर्फः भेरिक्स नेपाल प्रालि

निर्यात कारोबार ः डाबर नेपाल प्रालि

कृषि एवम् पशुजन्य ः पोषक ब्रिडर

बैंक तथा वित्तीय संस्था ः नेपाल इन्भेष्टमेन्ट बैंक

स्वास्थ तथा शिक्षा ः नोबेल मेडिकल कलेज

पर्यटन ः सोल्टीहोटेल

वस्तु व्यापार ः भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता ः सिडियस एण्ड क्लियरिङ् लिमिटेड

ऊर्जा ः भोटेकोसी पावर कम्पनी

रेमिटेन्स ः आइएमई

व्यक्तिगत आयकर ः राजबहादुर साह

मूअक समयमा तिर्नेमध्ये ः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

५० करोड भन्दा धेरै कारोबार गर्नेमध्ये ः भिएफ सर्भिसेज

विशेष उद्योगः युनिलिभर नेपाल

सम्मानित भएकामध्येबाट सम्बोधन गर्दै मिनबहादुर गुरुङले भ्याट लागु हुँदा सबैभन्दा बढी खुसी पनि आफु भएको बताउँदै तर विगतका केही वर्षमा नक्कली भ्याट बिलको आरोपमा आफूलाई दुःख दिइएको बताए ।

उनले जेनजी आन्दोलनका क्रममा भाटभटेनीका विभिन्न स्थानमा रहेका १२ वटा स्टोर जलेर ध्वस्त भएको, कैयौँमा तोडफोड र लुटपाट भएको पनि यसलाई आफूले ‘स्वीट पेन’का रुपमा लिएर अघि बढेको बताए ।

व्यवसायीलाई मनोबल नगिराउन अनुरोध गर्दै उनले जेनजीको आन्दोलनका क्रममा भाटभटेनीमाथि कुनै अमूक राजनीतिक दलको भवन बनाइदिने प्रतिबद्धता जनाएकै भरमा आक्रमणमा परेको अहिले सुन्नुपरेको बताए ।

“राजनीतिक सुधार हुनुप¥यो,” उनले भने, “हामीले अन्य दललाई पनि सहयोग गरेका छौँ । कर तिरेर बाँकी रहेको रकमबाट सहयोग गरेका हौँ । भगवान कोइरालाको नेतृत्वमा रहेको अस्पताललाई सहयोग गरेका छौँ । विभिन्न जिल्लाका विद्यार्थीलाई एमबीबीएस सम्मको अध्ययन गराएको छु । त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन बनाइदिएका छौँ । यो सबै राष्ट्रका लागि गरेको काम हो । कसैबाट कुनै कुराको आशा भएर गरेको होइन दायित्व सम्झेर गरेको हो । मैले कसैसँग केही फाइदा लिन्न ।“

सप्लायर्सले गरेको गल्तीका कारण आफूलाई कारबाही गरिएको बताउँदै उनले भने, “हामीलाई आपूर्ति गर्ने कम्पनीबाट सामान लिएको । सामान लिएर मैले भ्याट र करको दायित्व पूरा गरेको हो । त्यसपछि भाटभटेनीलाई नक्कली भ्याट बिलको बिल्ला लगाइयो । त्यो बिल्ला अहिलेसम्म लगाइएको छ । हामीले ८०–८१ मा पूरा ग¥यौँ । हामीले जरिबानासहित तिर्न बाध्य भयौँ । मैले योगा गर्छु । योगा गर्दा गुरुले पद्मा आसन लगाऊ भन्नुहुन्छ । दुखेको बेला गुरु भन्नुहुन्छ– इट इज स्वीट पेन । धान खाने मुसा चोट पाउने भ्यागुतो भयो ।”

मुलुकमा विगत चार वर्षदेखि वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरूङले आफ्नो व्यावसायिक जीवनमा अनेक उतारचढाव आएको समेत बताए ।उनले ठूलो क्षति भएको भाटभटेनी सुपरमार्केट आगलागीको घटनालाई ’स्वीट पेन’ को रूपमा लिएको बताएका छन् ।

Tags: #सबैभन्दा बढी कर

लोकप्रीय

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने
अन्तर्राष्ट्रिय

खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म
खेलकुद

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.