NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
Reading Time: 1 min read
A A
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ मंसिर, काठमाण्डौ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काविरुद्ध अनुशन्धान गर्ने बाटो खुलेको छ ।

उनीहरुमाथि सम्पत्ति शुद्धीकरणमा मुद्या चल्न सक्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा, प्रचण्ड र दीपक खड्काको जलेको घरको खरानीमा नेपाली र विदेशी मुद्राको अवशेष रहेको फरेन्सिक रिपोर्ट प्राप्त गरेको छ ।

जेनजी आन्दोदलनका क्रममा जलाइएका ती घरको खरानी सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संकलन गरी जाँच गर्न नेपाल प्रहरीको प्रयोगशालामा पठाएको थियो ।

त्यसको रिपोर्ट केही दिनअघि प्राप्त भए पनि विभागले सार्वजनिक गरेको छैन । विभाग र ब्युरोको टोलीले देउवा, प्रचण्ड, खड्कासहित तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको जलेको घरमा पुगेर खरानी संकलनसहित मुचुल्का उठाएको थियो ।

‘देउवा, दाहाल र खड्काको घरमा देखिएको, भेटिएका नोट र खरानीको फरेन्सिक जाँच गरिएको थियो । त्यसको रिपोर्ट आएपछि प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाललाई समेत बिफ्रिङ गरिएको विभागका अधिकारीले बताएका छन् ।

यो रिपोर्टपछि विभागलाई सम्पत्ति शुद्धीकरणमा देउवा, उनीक पत्नी आरजु देउवा, दाहाल र खड्कामाथि अनुसन्धान गर्ने बाटो खुलेको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा, दाहाल र खड्काको घरमा आगो लगाएपछि पैसाको थुप्रो जलेको भन्दै भिडियो सार्वजनिक गरिएका थिए ।

खड्काको घरबाट त प्रदर्शनकारीले पैसाका बिटा फालेको भिडियोसमेत सार्वजनिक गरेका थिए । त्यसपछि विभाग र ब्युरोले मुचुल्का उठाएर अनुसन्धानका लागि खरानीसहित जलेका अवशेष संकलन गरेका थिए ।

बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपैयाँ (हजार÷पाँच सयका नोट) का जलेका टुक्राहरू भेटिएको विभागको दाबी छ । केही व्यक्तिहरुले देउवाको घरमा पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी गरे पनि त्यसको पुष्टि भएको छैन ।

देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गरेर घरमा पैसा राख्ने सुरुङ नभएको दाबी गरेका थिए । देउवा पार्टीको केन्द्रिय समितिमा आएर उक्त भिडियो फेक भएको, एआईले बनाएको दाबी गरेका थिए ।

यता प्रचण्डका निवासमा पनि पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको भिडियोहरु सार्वजनिक भएका थिए । विभागका एक अधिकृतका अनुसार देउवा, दाहाल र खड्काको घरमा पुगेर मुचुल्का गर्दा डढेका नोट भेटिएका थिए ।

ओलीको घरमा भने पुस्तकहरु मात्रै जलेको भनिएको थियो। विभागले ओलीको घरको अवशेषबारे केही बताएको छैन । देउवा, आरजु र खड्कामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान जारी छ । विभागले हालसम्म संकलित प्रमाण हेर्ने कामलाई तीव्र पारेको छ ।

असोज ५ गते विभागको टोलीले देउवा र खड्कानिवास अवलोकन गरी क्षति र सम्पत्तिको मुचुल्का उठाएको थियो। उनीहरुको घरमा पैसा जलेकाले कारबाहीको माग उठेपछि विभागले अनुसन्धानका लागि टोली खटाएको हो।

विभागले सामाजिक सञ्जालमा आएका फोटा, भिडियो लगायतलाई पनि फरेन्सिक परीक्षणका लागि पठाएको थियो । प्रधानमन्त्री सुशीला कार्कीले असोज ९ गते राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको बताएकी थिइन् ।

यसैबीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक समेत रहेका प्रचण्ड स्वयंले नै आफूजस्ता नेताका घरमा एकदुई करोड पैसा हुनु स्वभाविक भएको र आफूले घरमा भन्दा पनि छोरी र साथीभाइका घरमा पैसा राख्ने गरेको खुलासा गरेका छन् ।

साथै उनले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरबाट एक लाख नगद मात्रै भेटिएको दावी गरेका छन् । आफूले घरमा खासै पैसा राख्ने नगरेको उनको भनाइ छ ।

हिमालयन टेलिभिजनको यक्ष प्रश्नमा अन्तरवार्ता दिँदै प्रचण्डले आफूले सुरक्षाका खातिर १०–५ लाख रुपैयाँ गरेर साथीभाइको घरमा राख्न दिने गरेको खुलासा समेत गरेका छन् ।

यस्तै दुई ट्रक पैसा त अघिल्लो रात नै अन्तै लैजानुभयो भनेर एकजना पूर्वप्रहरी अधिकारीले भन्नुभएको छ नि भन्ने प्रस्तोताको प्रश्नमा उनले हाँस्दै भने, त्यसको खण्डनमा पनि सचिवालयबाट विज्ञप्ति आइसकेको छ ।

सावित गर भनेर चुनौति दिइएको छ । त्यो १०० प्रतिशत झूटो थियो । सबै हेर्दा कहीँ न कहीँ निकै ठूलो षडयन्त्र छ जस्तो लाग्छ नेपालका पार्टी र नेताहरुविरुद्ध । प्रहरीको पूर्वअफिसरले यति ठूलो प्रचार गर्ने र सेन्सेसन फैलाउने काम गरे ।

म राति १० बजेसम्म खुमलटारमा मिटिङमा छु । सबै नेताहरु त्यहाँ जम्मा छन् । ११ बजे बेडमा गएको छु । आरामसँग सुतेको छु । केको ट्रकमा लाने ? हावा कुरा ।त्यसपछि प्रस्तोताले पुनः यति ठूलो पार्टी सञ्चालन गरिरहनुभएको छ, देशैभरि संगठन छ, कार्यकर्ताको व्यवस्थापन गर्नुपर्छ । घरमा कहिले बिरामीको उपचार गर्नुपर्छ।

कार्यकर्ताको भिड लागेको हुन्छ । चन्दा पनि बैंकिङ च्यानलबाट त्यति धेरै आउँदैन । पार्टीको कोष सञ्चालनमा अध्यक्ष नै पावरफुल हुनुहुन्छ । त्यसैले शीर्ष नेताको घरमा एकाध करोड हुनु ठूलो त होइन नि ?

भनेर सोधेपछि प्रचण्डले आश्चर्यजनक स्वीकारोक्तिसहित भने, त्यो ठूलो कुरा होइन (एकाध करोड) हुन सक्छ । तर मैले घरमा पैसा राख्दैनथेँ । साथीहरुकैमा राखिदिन्थेँ । अलिअलि गरेर, बरु १० लाख, ५ लाख, ४ लाख गरेर विभिन्न ठाउँमा राख्दा सुरक्षित पनि हुन्छ र सजिलो पनि हुन्छ भनेर ।

फेरि पार्टीभित्र के हो भनेर प्रश्न पनि उठ्दैन । विभिन्न ठाउँमा राखेको छ थाहा छ साथीहरुलाई पनि । यस विषयमा आफुले र छोरी गंगा दाहालले पनि अनुशन्धानका लागि राज्यलाई सक्ने सहयोग गरिराखेको उनले बताए ।

यसअघि नै जेनजी आन्दोलनमा भएका सत्यतथ्य छानविन गर्न गठित आयोगले पनि फौजदारी अभियोगमा आयोगको प्रतिवेदन पर्खिन नपर्ने भन्दै प्रहरीलाई आन्दोलनसंग जोडिएका घटनामा आएका उजुरीका आधारमा कानून प्रक्रिया चलाउन सुझाएको थियो ।

जेनजी आन्दोलनका केही शहिदका परिवार र घाइतेहरुले सो दिन राज्यका तर्फबाट व्यापक दमन गरिएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्, तर त्यहाँबाट प्रक्रिया अगाडि बढेको छैन ।

Tags: #देउवा–आरजु#प्रचण्ड

लोकप्रीय

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने
अन्तर्राष्ट्रिय

खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म
खेलकुद

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२

हालका पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.