×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

३ मंसिर २०८२

२ मंसिर , काठमाण्डौ ।

दुई दिन अघिमात्रै निर्वाचन आयोगमा दल दर्ता गराएको नागरिक बचाउ पार्टी आजैबाट सडकमा उत्रिने भएको छ । गए मध्यरातमा दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा यो दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।

Advertisement
Advertisement

मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ । त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो ।यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।

राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै ७ मंसिरदेखि आन्दोलनको तयारीमा थिए । तर हिंसा भड्काउ अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी अधिकारीले बताएका छन् ।

त्यसको विरोधमा आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी प्रदर्शन सुरु गर्ने महामन्त्री थाम्सुहाङले बताए । ‘हामी दल दर्ता गरेर निर्वाचनमा अघि बढिरहेका थियौं । हाम्रा गतिविधि शान्तिपूर्ण थिए तर सरकारले नै शान्ति भंग गर्यो,’ महामन्त्री थाम्सुहाङले भने, ‘त्यसविरुद्ध सीडीओ कार्यालयमा आज ध्यानाकर्षण गराउँछौं ।’

उनले प्रसाईंलाई तत्काल, विना सर्त र ससम्मान रिहाइको माग गरे । ‘अन्यथा यो सरकारको अन्त्य हामीले सडकबाटै गर्नेछौं,’ उनले चेतावनी दिए । यसबीच प्रहरीले भने काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।

प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान सुरक्षा सतर्कता अपनाउने तयारी गरेको हो । पछिल्लो समय उनले काठमाडौँ मेयर बालेन साहको घरमा आगो झोस्न, परिवारका सदस्यमाथि झम्टन निर्देशनात्मक अभिव्यक्ति दिएका थिए ।

यस्तै भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने कार्यमा हालका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका छन् ।

आन्दोलनका कार्यक्रमबारे जानकारी दिन र प्रमाण खुलासा गर्न भनेर आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईँले विभिन्न भिडिओ क्लिप तथा अडिओ समेत सार्वजनिक गर्दै जेन–जी अप्रेसन सेन्टरमा बसेर सबै सम्पदामा आगो लगाउने सन्देश प्रवाह गरिएको आरोप लगाए ।

प्रसाईँले जेन–जी आन्दोलनको डिजाइन पश्चिमा देशहरूको लगानीमा चलेका एनजीओ आईएनजीओसहित विभिन्न संस्थाले गरेको र त्यसमा बारबारा फाउण्डेसनलगायत प्रत्यक्ष संलग्न रहेको दाबी गरेका छन् ।

उनले सिंहदरबारलगायत राष्ट्रिय सम्पदा जलाउनेदेखि जेन–जीको प्रदर्शनमा घुसपैठ गरेर गोली चल्ने वातावरण बनाउने योजना पहिले नै तय भएको दावी समेत गरेका छन् ।

प्रसाईँले यो सबै घटनाहरुमा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, डा.गोविन्द केसी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, डा. गोविन्द केसीका सहयोगी डा. अभिशेषराज सिंह, डा. सन्दुक रुइतलगायतको भूमिका रहेको बताएका छन् ।

उनले सिंहदरबार जलिसकेपछि मिसन पूरा भयो धन्यवाद बालेन ! भनेको भिडिओ समेत सार्वजनिक गर्दै भदौ २४ को आगजनीमा मेयर बालेन शाह, रास्वपाकी तत्कालीन सांसद डा. तोसिमा कार्की, सुमना श्रेठ, जेनजी अभियन्ता रक्षा बम, सुदन गुरुङसहित १५ जनाको हात रहेको आरोप लगाएका छन् ।

यसैबीच सरकारले भने जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकाको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि जेनजी आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १२ जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको थियो ।

जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा आपराधिक घटनामा संलग्नको खोजी भइरहेको कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा छ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको बताए ।

कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ लाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको थियो ।

यसअघि जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ ।

Advertisement

यसैबीच प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा ५३ जना कैद तथा जरिवना तोकिएका व्यक्तिलाई पक्राउ गरेको छ । अदालतले फैसला कार्यान्वनका लागि पठाएका करिब छ सय व्यक्तिको सूचीका आधारमा ५३ जना पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top