NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव बिहिबार मंसिर ४ , २०८२
रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश बिहिबार मंसिर ४ , २०८२
अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो बुधबार मंसिर ३ , २०८२
सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी! बुधबार मंसिर ३ , २०८२
Next
Prev

समाचार

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
Reading Time: 1 min read
A A
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ मंसिर, काठमाण्डौ ।

नेकपा एमालेमा अध्यक्षका रुपमा आफ्ना विचार र निर्णयलाई नै पार्टीको निर्णय र विचार बनाउदै आएका अध्यक्ष केपी शर्मा ओलीका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अब ठूलो चुनौतीकारुपमा प्रस्तुत हुन थालेका छन् ।

ओलीले मंसिरमा हुने महाधिवेशनबाट आफ्नो नेतृत्व लम्ब्याउन तताइरहेको बाटोमा अब ईश्वर पोखरेल बलियो तगारो बन्ने भएका छन् । उनले ओलीलाई भावी अध्यक्षमा चुनौती दिने भएका हुन् ।

LS Auto

यसका लागि उनले आजको सचिवालय बैठकमा भावी अध्यक्षको लागि औपचारिकरूपमा आफ्नो दाबी पेश गर्ने भएका छन् । एमालेले मंसिर २७ देखि २९ मा महाधिवेशन गर्दैछ ।

त्यसको तयारी लगायतका विषयमा आज दिउँसो १ बजेदेखि बैठक बोलाइएको छ । सोही बैठकमा पोखरेलले आफूलाई सर्वसम्मत अध्यक्षमा अघि सार्न प्रस्ताव राख्ने तयारी गरेको उनी निकटले बताएका छन् ।

उक्त प्रस्तावमा सहमति नजुटे नेतृत्व चयन चुनावी प्रतिस्पर्धातर्फ अघि बढ्ने हुँदा सोअनुसार पनि तयारी गरिएको पोखरेलप क्षको भनाइ छ । आजको सचिवालय बैठकपछिको अवस्था हेरेर त्यसपछि कसरी कस्तो टिम बनाएर अघि बढ्ने भन्ने रणनीति बनाइने नेताहरुले बताएका छन् ।

पोखरेलले केही दिनअघि मात्रै एक अपिल गर्दै आफू अघि बढेको सन्देश दिएका थिए । आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ ।

हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ ।

महाधिवेशन प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते देशभर एकै दिन हुँदैछ । जबजको सङ्गठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्दछु । उनले लेखेका थिए ।

खासमा मंसिरको महाधिवेशनमा ओलीलाई टक्कर दिन विद्या भण्डारी–ईश्वर पोखरेल पक्षले प्यानलै उठाउने तयारी गरेको छ । यो समूहले पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउँदै छ । नवीकरण भइसकेको आफ्नो सदस्यता रोकिदिएपछि भण्डारी ओलीसँग असन्तुष्ट छिन् ।

ओली भने तेस्रो पटक अध्यक्ष बन्न महाधिवेशनमा अरुलाई बोल्नै नदिने योजनामा छन् । उनले महाधिवेशनमा सोझै नेतृत्व चयन हुने बताएका छन्। तर, ओलीलाई रोक्न भण्डारीले आफू पछाडि बसेर वरिष्ठ उपाध्यक्ष पोखरेललाई अगाडि सारेकी हुन् ।

अब जेनजी आन्दोलनपछि ओलीमाथि उठेको अविश्वासको प्रश्नलाई प्रतिनिधिमाझ राख्दै महाधिवेशनबाट अप्रत्याशित नतिजा ल्याउने आशमा भण्डारी–पोखरेल पक्ष देखिएको छ।

यता ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा लड्ने निश्चित भए पनि महाधिवेशनलाई उनले कसरी अगाडि बढाउँछन् भन्ने स्पष्ट छैन । कतिपय नेताहरु ओलीले उम्मेदवारी मनोनयन गर्नै नदिने योजना बनाएको हुनसक्ने आशंका गर्छन् ।

केही दिनअघि मात्र ओलीले आफू बोलेर महाधिवेशन समापन गर्ने बताएका थिए । ओलीको सो अभिव्यक्तिपछि विद्या–ईश्वर पक्ष तातेको हो । ओलीलाई कुनै हालतमा सर्वसम्मत अध्यक्ष बन्न नदिने उनीहरूको भनाइ छ ।

अहिले उनीहरुले सचिवालयमा रहेका नेताहरूसँग यसबारे निरन्तर छलफल गरिरहेका छन् । सचिव योगेश भट्टराई ११ औँ महाधिवेशनमा आफ्नो हक दाबी भनेर ओली उठेमा त्यो ठूलो भूल हुने बताउँछन् ।

ओलीमा अतिवादी दृष्टिकोण रहेको र त्यसले मुलुक चल्न नसकेको भट्टराईको भनाइ थियो । यता विद्या–ईश्वर समूहले महाधिवेशनमा आफ्नो प्यानलै उठाउने भएको छ । यो पक्षका नेताहरूका अनुसार महाधिवेशन प्रतिनिधिलाई सोही अनुसार विवेक प्रयोग गर्न आग्रह गरेर सन्देश पठाइनेछ ।

उपाध्यक्ष युवराज ज्ञवालीले देशभरबाट चुनिएर आएका २१ सय बढी प्रतिनिधिबाट नेतृत्व चयन गरिने भएकोले सामान्य नहुने बताएका छन् । महाधिवेशनमा नीति र विधिमाथि समेत छलफल हुनुपर्ने र भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि भोग्नुपरेको अवस्थाको समीक्षा गर्नुपर्ने ज्ञवालीको भनाइ छ ।

एमालेमा अहिले सचिवालयमा १८ जना छन्। जसमध्ये युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट पोखरेलको पक्षमा उभिइसकेका छन्। उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र छविलाल विश्वकर्माले कता उभिने निर्णय गरिसकेका छैनन्।

यता ओली नेतृत्व छाड्ने मनस्थितिमा छैनन् । उनले केहीले नेताहरू पार्टी पुनर्गठन भन्दै अनुशासनहीन तरिकाले प्रस्तुत भएपछि महाधिवेशन गर्न लागेको भन्दै केही दिनअघि कडा अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा आफ्नो राजीनामा मागिएको भन्दै उनले असन्तुष्टि जनाइरहेका छन् । कोर टिमका नेताहरू ओलीबाहेक अरुले नेतृत्व गर्न नसक्ने तर्क दिइरहेका छन् ।

त्यो तर्कको पछाडि ओली बाहिरिँदा आफूहरू पनि पार्टीको मूलधारबाट बाहिरिनुपर्ने भयले काम गरेको अर्काथरि नेताहरूको दाबी छ । यसबीच योगेश भट्टराईले मधेसमा एमाले एक्लिएको भन्दै ओलीमाथि प्रश्न गरेका छन् ।

हिजो बारामा भएको घटनापछि उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई ठूलो धक्का लागेको भनेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले हालै मधेस प्रदेश प्रमुख बर्खास्त, सभामुख पदमुक्तजस्ता घटनाले एमालेलाई क्षति पुगेको उल्लेख गरेका छन् ।

“आज मधेस प्रदेशको संसदीय फाँटमा नेकपा (एमाले)लाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन्,” उनले लखेका छन्, “प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि, यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) ।”

उनले मुख्यमन्त्री सरोजकुमार यादवको पद पनि धरापमा रहेको जनाएका छन् ।

उनले उल्लेख गरेका यी तीनै पद एमालेले पाएको थियो । “राजनीतिक रूपमा हामी एक्लिएका छौँ । पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ,” उनले लेखेका छन्, “यो सबै किन र कसका कारणले भयो ?”

उनले मधेसमा एमाले ठूलो पार्टी बनेको, विगतमा गरिएको पार्टीको विरोधलगायत घटना पनि स्मरण गरेका छन् । यी सबै विषयको समीक्षा गरिनुपर्नेमा उनले जोड दिएका छन् ।

“मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलबाड़ गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्दछ,” उनले भनेका छन् । उनले अगाडि लेखेका छन्, “सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।”

हिजो बाराको सिमरामा एमाले कार्यकर्ता र ‘जेनजी’बीच झडप भएको थियो । जहाँ जेनजीहरुले आफूहरुले प्रर्दशनमा एमाले कार्यकर्ताहरुले आक्रमण गरेको भन्दै आक्रमण गर्नेहरुलाई कारबाही नगरे सिमरा बन्द गर्ने सम्मको चेतावनी दिएका छन् ।

Tags: #ईश्वरको चुनौती#ओलीको एकल राज#मधेसमा एक्लियो एमाले

लोकप्रीय

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश

बिहिबार मंसिर ४ , २०८२

विचार

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश

बिहिबार मंसिर ४ , २०८२

थप समाचार

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु
ताजा समाचार

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव
ताजा समाचार

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश

बिहिबार मंसिर ४ , २०८२
१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का
आर्थिक

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२

हालका पोस्टहरू

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश

बिहिबार मंसिर ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.