×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

१० मंसिर २०८२

९ मंसिर , काठमाण्डौ ।

गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो तथ्यांक सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ ।

Advertisement
Advertisement

संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्र महिलाले महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा करिब ५० हजार महिला तथा बालिकाहरू आफ्ना घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट मारिनु परेको थियो ।

प्रतिवेदनले विश्वभर हत्या गरिएका महिलामध्ये करिब ६० प्रतिशतलाई आफ्नै साथी वा अत्यन्तै नजिकका आफन्त–जस्तै बुबा, काका, आमा, दाइ–भाइ–द्वारा ज्यान दिइएको उल्लेख गरेको छ। तुलनात्मक रूपमा, पुरुष हत्या पीडितमध्ये मात्र ११ प्रतिशतको हत्या नजिकका व्यक्तिले गरेका थिए ।

एक सय १७ देशबाट सङ्कलित तथ्याङ्कका आधारमा तयार गरिएको उक्त प्रतिवेदनअनुसार दैनिक करिब १३७ महिला अर्थात् प्रत्येक १० मिनेटमा एक जना नारीहत्या अपराधको सिकार बनिरहेका छन् ।

सन् २०२३ मा सार्वजनिक भएको तथ्याङ्कभन्दा सङ्ख्या केही कम देखिए पनि यो वास्तविक सुधारलाई जनाउने सङ्केत नभएको, बरु फरक–फरक देशबाट उपलब्ध हुने तथ्याङ्कमा देखिने असमानता नै यसको मुख्य कारण भएको प्रतिवेदनले स्पष्ट पारेको छ ।

अध्ययनले चेतावनी दिँदै ‘घर नै महिला तथा बालिकाका लागि सबैभन्दा खतरनाक स्थान बनेको छ’ भन्दै प्रत्येक वर्ष दशौँ हजार महिलाको हत्या हुँदै आए पनि घट्दो प्रवृत्ति नदेखिएको जनाएको छ । विश्वका कुनै पनि क्षेत्रमा नारीहत्या शून्य नभएको प्रतिवेदनले बताउँछ ।

तर अफ्रिकामा गत वर्ष झण्डै २२ हजार महिलाको हत्या भई सबै क्षेत्रभन्दा उच्च सङ्ख्या दर्ता भएको उल्लेख गरिएको छ । संयुक्त राष्ट्र महिला नीति डिभिजनकी निर्देशक सारा हेन्ड्रिक्सले गम्भीर चिन्ता व्यक्त गर्दै भनिन्, ’नारीहत्या एक्लै घटित हुँदैन। यसअघि नै व्यवहारगत नियन्त्रण, धम्की, दुव्र्यवहार र अनलाइनसँगै अफलाइन दुवै माध्यममा हुने उत्पीडनका रूपहरू देखिन सक्छन्, जसको अन्त्य घातक हिंसामा पुग्न सक्छ।’

उनका अनुसार प्राविधिक विकाससँगै महिलामाथि हुने हिंसाका केही प्रकार झनै बढेका छन् भने नयाँ प्रकारका डिजिटल अपराध–जस्तै गैर–सहमति तस्बिर साझेदारी, डक्सिङ (व्यक्तिगत विवरण सार्वजनिक गर्ने कृत्य) तथा डिपफेक भिडियो–जस्ता खतरनाक रूपहरू समेत जन्मिएका छन् ।

हेन्ड्रिक्सले भनिन्, ’हामीलाई अनलाइन र अफलाइन दुवै क्षेत्रमा महिलामाथि कसरी हिंसा फैलिन्छ भन्ने पूर्ण रूपमा बुझेर त्यसअनुरूप कडा कानूनी कार्यान्वयन आवश्यक छ। अपराधीहरू घातक हिंसामा उत्रनु अघि नै स्पष्ट रूपमा जवाफदेही बनाइनुपर्छ।’

यसैबीच नेपालमा आर्थिक–राजनीतिक क्षेत्रमा महिलाहरुलाई शसक्त बनाउनु पर्ने धारणा प्रधानमन्त्री सुशीला कार्कीले राखेकी छन् । नेपालमा निर्वाचनको माहोल बनिरहँदा उनले प्रत्यक्ष निर्वाचनमा जिताएर महिलालाई ‘प्रधानमन्त्री’ बनाउनुपर्ने बताएकी छिन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने दिवसीयको पहिलो दिनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफू अन्तरिम सरकारको प्रधानमन्त्री मात्रै भएको भन्दै उनले समानताको कुरा साकार गर्ने हो भने महिलालाई प्रत्यक्ष चुनावमा जिताएर प्रधानमन्त्री बनाउनुपर्नेमा उनले जोड दिएकी छिन् ।

उनले भनिन्, ‘महिलालाई उम्मेदवारलाई झारा टार्न चुनाव जित्नै नसक्ने क्षेत्रको टिकट दिने अभ्यास छ । महिलालाई चुनाव हार्ने क्षेत्रमा टिकट दिइन्छ । राजनीतिमा नआई निर्णायक तहमा आउन सकिन्छ । प्रत्यक्ष निर्वाचनमा भोट पाएर निर्वाचन जितेर बनेको प्रधानमन्त्री बनेमा बल्ल समानता हुन्छ । अन्तरिम सरकारको प्रधानमन्त्री भएर महिलाको समानता भयो भन्नु गलत हो ।’

यस्तै प्रधानमन्त्री कार्कीले मुलुकमा गरिबी रहेसम्म महिलामाथिको हिंसा अन्त्य नहुने पनि बताएकी छन् । हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जगाउनुपर्ने बताइन् । ‘हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जगाउनुपर्दछ। हर मुलुकको आफ्नै परम्परा हुन्छ।

मुख्य कुरा महिलामाथि हुने हिंसाको अन्त्य हुन्छ,’ उनले भनिन् । ’गरिबी छ के को भेदभाव। त्यसैले पहिले गरिबी निवारण गर्नुपर्यो नि त । शिक्षा पनि दिनु पर्यो। समाजमा चेतना पनि ल्याइदिनुपर्यो। रोजगारी सृष्टि गर्नुपर्यो। हाम्रो अहिलेको सबैभन्दा ठूलो समस्या भनेको रोजगारी नपाएर विदेश जानु र सबैभन्दा ठूलो ट्रबल भनेको विदेशमा गएर महिलाहरू प्रताडित हुनु। हिंसाको शिकार हुनु,’ उनले थप भनिन् ।

अहिलेको जेनजीको मोभमेन्टले पनि यही चाहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । सारा मानिसहरू रोजगारी नपाएर विदेशमा गएर बाध्य भएर बस्नुपरेकाले यसको अन्त्य गर्नुपर्ने उनले उल्लेख गरिन् ।

यसैगरी, प्रधानमन्त्री कार्कीले महिलाहरूलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिह्न खडा हुने समेत बताइन् । उनले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरू कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गरिन्।

Advertisement

प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरुलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पारिन् ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top