मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

११ मंसिर ८२, बिहीबार

११ मंसिर , काठमाण्डौ ।

Advertisement

सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनको विरूद्धमा परेका तीनै वटा छुट्टाछुट्टै रिटको सुनुवाइ एकसाथ गर्ने भएको छ ।

बिहीबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको पूर्ण इजलासले तीन वटा रिटको सुनुवाइ गर्ने भएको हो ।

Advertisement

यसअघि मंसिर २ गते सर्वच्च अदालतले मंसिर ९ गतेभित्र विपक्षीहरूबाट लिखित जबाफ पेस गर्न भनेको आदेश दिएको थियो ।

त्यस्तै मंसिर ११ गतेदेखि अन्तिम सुनुवाइ गर्ने भनिएको छ ।

Advertisement

मधेस प्रदेश सभाका ७४ सांसदहरू संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय विरूद्ध सर्वोच्च गएका थिए ।

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई मुद्दा किनारा नभएसम्म नीतिगत र दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते झिसमिसेमै होटलमा मुख्यमन्त्री यादवलाई शथप गराएकी थिइन् ।

उनले यसरी शपथ गराएपछि मधेसमा विरोध प्रदर्शन सुरू भएको थियो । त्यसपछि संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख भण्डारीलाई पनि पदमुक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top