×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

१३ मंसिर २०८२

१२ मंसिर, काठमाण्डौ ।

युत्रक्रेनले मस्कोले दाबी गरेको क्षेत्रबाट फिर्ता भएमा रूसले युक्रेनमा आक्रमण अन्त्य गर्ने नभए रूसी सेनाले उक्त क्षेत्र बलपूर्वक कब्जा गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। अमेरिकी राष्ट्रपतिको शान्ति प्रस्तावको खाकाका बीच पुटिनको यो अभिब्यक्ति आएको हो ।

Advertisement
Advertisement

रुसी सेना बिस्तारै तर स्थिर रूपमा पूर्वी युक्रेनमा युक्रेनी सेनाविरुद्धको महँगो लडाइँमा फसिरहेको छ। रुसले युद्ध जारी राख्ने बताइरहँदा उता वासिङटनले भने लगभग चार वर्षको युद्ध अन्त्य गर्न गरेको आफ्नो प्रयासलाई नवीकरण गरेको छ र आश्चर्यजनक योजना अघि सारेको छ।

प्रस्तावलाई मस्को र किएभसँगको आगामी वार्ताको माध्यमबाट अन्तिम रूप दिने बताएको छ। ’यदि युक्रेनी सेनाले आफ्नो कब्जामा रहेको क्षेत्र छोडे भने हामी युद्ध अभियान रोक्नेछौँ’, पुटिनले किर्गिस्तानको भ्रमणका क्रममा भने, ’यदि उनीहरूले त्यसो गरेनन् भने हामी यसलाई सैन्य माध्यमबाट प्राप्त गर्नेछौँ।’

युक्रेनको पाँच भागको एक भाग रुसले नियन्त्रण गरेको छ। कब्जा गरिएको भूमिको मुद्दा किएभले कहिल्यै छाड्ने छैन भनेको छ, यो शान्ति प्रक्रियाको सबैभन्दा ठूलो अवरोधहरूमध्ये एक हो। वार्ताको अर्को महत्त्वपूर्ण मुद्दा भनेको युक्रेनको लागि पश्चिमी सुरक्षा सुनिश्चितता हो।

भविष्यमा रूसले फेरि आक्रमण गर्नबाट रोक्नको लागि यो आवश्यक रहेको किएभले बताएको छ। युक्रेनका युरोपेली सहयोगीहरूको सहभागिता बिना संयुक्त राज्य अमेरिकाले तयार गरिएको वासिङटनको मूल योजनाले किएभलाई पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गर्ने र डोनेट्स्क, क्रिमिया र लुगान्स्क क्षेत्रहरूलाई रूसी भूगोलका रूपमा मान्यता दिने उल्लेख गरिएको छ।

अमेरिकाले किएभ र युरोपको आलोचनापछि गत हप्ताको अन्त्यमा मूल योजनालाई फिर्ता गर्दै अझै नयाँ संस्करण जारी गर्ने बताएको छ तर यो अझै जारी भएको छैन। संशोधित नयाँ योजनाको अध्ययन गरेका पुटिनले यो वार्ताको सुरुवात हुन सक्ने बताएका छन् ।

उनले पछिल्लो मस्यौदाबारे भने, ’समग्रमा, हामी सहमत छौँ। यो भविष्यका सम्झौताहरूको आधार बन्न सक्छ।’ प्रस्तावलाई अमेरिकाले लगभग २० बुँदामा छोट्याएको अनुमान गरिएको छ। अमेरिकी वार्ताकार स्टिभ विटकोफ अर्को हप्ता मस्को भ्रमण गर्ने अपेक्षा गरिएको रुसी नेता पुटिनले बताएका छन्।

अमेरिकी रक्षामन्त्री डान ड्रिस्कोलले यसै साताको अन्त्यमा किएभको भ्रमण गर्ने युक्रेनका शीर्ष राष्ट्रपतिका सहयोगी एन्ड्री येरमाकले बताएका छन्। बिहीबार आफ्नो टिप्पणीमा पुटिनले रुसले युक्रेनको पूर्वी डोनेत्स्क क्षेत्रको पोक्रोभ्स्क र मर्नोग्राडमा युक्रेनी सेनालाई घेरेको दाबी दोहो¥याए।

’क्रास्नोर्मेय्स्क र दिमित्रोभ पूर्ण रूपमा घेरिएका छन्’, उनले सहरहरूका लागि रुसी नामहरू प्रयोग गर्दै भने। ’मस्को भोभचान्स्क र सिभस्र्कमा पनि अगाडि बढिरहेको छ, साथै गुलियापोलको प्रमुख बन्दोबस्तीका क्षेत्रको नजिक पुगेको छ’, उनले थपे।

युक्रेनले पोक्रोभ्स्क र मर्नोग्राडलाई घेरिएको अस्वीकार गरेको छ र आफ्नो सेनाले शत्रुसँग लडिरहेको बताएको छ। पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वैधतामाथि पनि प्रश्न उठाएका छन् र उनीसँग कुनै पनि सम्झौतामा हस्ताक्षर गर्नु कानुनी रूपमा ’लगभग असम्भव’ हुने बताएका छन्।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेन युद्ध रोक्नका लागि रुसीहरूसँगको समन्वयमा अघि सारेको २८ बुँदे शान्ति प्रस्तावमाथि छलफल जारी छ । त्यस प्रस्तावले रुसका प्रायः सबै माग पूरा गर्ने र युक्रेनको सार्वभौमसत्तामा आघात गर्ने भन्दै युरोपेलीहरूले त्यसमा आपत्ति जनाएका छन् ।

उनीहरूले त्यस शान्ति प्रस्तावको काउन्टरमा अर्को प्रस्ताव ल्याएका छन् तर त्यसको पूर्णपाठ सार्वजनिक भएको छैन । युक्रेनी र युरोपेलीहरूको आपत्तिपछि गत सप्ताहान्तमा स्विटजरल्यान्डको जिनेभामा अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र युक्रेनका प्रमुख सम्झौताकार आन्द्री येरमाकबीच भएको बैठकपछि ट्रम्पको शान्ति प्रस्तावका बुँदाहरूलाई घटाएर १९ मा झारिएको छ ।

विशेषगरी, उक्त प्रस्तावमा निहित युक्रेनी भूभाग र नेटोमा जोडिने युक्रेनको आकांक्षाको विषयलाई युद्धविरामपछि सम्झौता गरिने गरी अन्य विषयमा अघि बढ्न खोजिएको हो ।

२७ नोभेम्बर सम्ममा उक्त शान्ति प्रस्तावमा सहमति जनाउनका लागि ट्रम्पले युक्रेनलाई चेतावनी दिएको भए पनि पछि त्यसमा लचिलो हुँदै शान्ति सम्झौताको कठोर डेडलाइन तोक्न नमिल्ने बताएका छन् ।

उनले यसै साता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने सम्भावना रहेको भनिए पनि शान्ति प्रक्रियाको ठोस निष्कर्ष ननिस्कुन्जेल भेटघाट गर्न मानेका छैनन् । बरू उनले आफ्ना विशेषदूत स्टिभ विट्कोफ र ज्वाईं ज्यारेड कुशनरलाई रुसी अधिकारीहरूसँग कुराकानी गर्नका लागि अर्को साता मस्को पठाउने भएका छन् ।

राजनीतिक भन्दा पनि व्यापारिक पृष्ठभूमि रहेका यी दुई व्यक्तिलाई पठाएर ट्रम्पले शान्ति सम्झौतापछि रुससँग व्यापार गर्न चाहेको स्पष्ट सन्देश दिएका छन् । यसैबीच अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले केही दिनअघि यूएईको अबुधाबीमा युक्रेनी सेनाका गुप्तचर प्रमुख किरिलो बुदानोभ र रुसी अधिकारीहरूसँग कुराकानी गरेका छन् ।

ड्रिस्कोलले युक्रेनको राजधानी किएभमा फेरि वार्ता गर्ने कार्यक्रम छ। शान्ति प्रक्रिया अहिलेको स्थितिमा आइपुग्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विदेशनीति सहयोगी युरी उशाकोभ र ट्रम्पका विशेषदूत विट्कोफको प्रमुख भूमिका छ ।

उनीहरूले गत अक्टोबर १४ मा फोनमा गरेको कुराकानीअघि नै सकारात्मक माहोल बनेको देखिन्छ । उनीहरूको संवादको पाठ ब्लूमबर्ग सञ्चारमाध्यमले केही दिनअघि सार्वजनिक गरेको थियो ।

त्यसमा विट्कोफले उशाकोभलाई ट्रम्पसँगका छलफलमा आशावादी स्वर राख्न आग्रह गरेका थिए । त्यसको अर्थ हुन्छ, विट्कोफ र उशाकोभले त्यतिखेरसम्म २८ बुँदे शान्ति प्रस्तावको खाका तयार गरिसकेका थिए ।

ट्रम्प र पुटिनबीच सुमधुर सम्बन्ध रहेकाले नै यो सम्भव भएको हो । गत अगस्ट १५ मा पुटिन र ट्रम्पबीच अलास्कामा भएको शिखर सम्मेलनपछि शान्ति प्रक्रिया अघि बढेको हो । हुन त पुटिनका प्रेस सल्लाहकार दिमित्री पेस्कोभले तत्कालै शान्ति सम्झौता भइहाल्ला भनी अपेक्षा गर्न नमिल्ने बताएका छन् ।

त्यसका बावजूद शान्ति प्रस्तावको पछिल्लो मस्यौदालाई रुसले सकारात्मक रूपमा लिएको र कतिपय बुँदाहरूमा थप काम गर्नुपर्ने आवश्यकता अनुभव गरेको उशाकोभको भनाइ छ । यी सबै घटनाक्रम विकसित हुँदै गर्दा युक्रेन युद्ध अन्त्य हुने दिशामा अघि बढिरहेको संकेत पाइन्छ ।

तर, यसमा भाँजो हाल्नका लागि युरोपेलीहरूले भरमग्दूर प्रयास गरिरहेका छन् । आफूलाई शान्ति प्रक्रियाबाट किनारीकृत गरिने डरले गर्दा उनीहरूले यस्तो काम गरिरहेको देखिन्छ ।

दोस्रो विश्वयुद्धपछि युरोपेली भूमिमा भएको सबभन्दा विनाशक युद्धमा युरोप महत्त्वपूर्ण सरोकारवाला हो तर उसले शान्तिका लागि रचनात्मक भूमिका खेलिरहेको देखिएको छैन । आफैं जान्ने भएर उनीहरूले अमेरिकी प्रस्तावमा संशोधन गरेको बताइएको छ ।

विशेषगरी बेलायत, फ्रान्स र जर्मनीले यसमा अग्रणी भूमिका खेलिरहेका छन् । उनीहरूको यही अवरोधक कदमलाई बुझेर अमेरिकाका विदेशमन्त्री रुबियोले युरोपेली मस्यौदाको बारेमा आफूलाई जानकारी नभएको बताएका छन् ।

त्यसमाथि उनले जेनेभा पुगेको बेलामा युरोपेली संघकी विदेश मामिला अधिकारी काया कालासलाई भेट्न अस्वीकार गरेका छन् । अमेरिकाको शान्ति प्रस्तावमा नेटोका विषयमा स्पष्ट उल्लेख छ किनकि रुसको प्रमुख सुरक्षा चिन्ता नै त्यही भएकाले त्यसलाई सम्बोधन गरे मात्र सार्थक शान्ति प्रक्रिया अघि बढ्न सक्छ इस्टोनियाकी पूर्वप्रधानमन्त्री कालास उग्र रुसविरोधी व्यक्ति हुन् ।

उनी रुससँग कुनै सम्झौता नगरी युद्ध जारी राखेर मस्कोलाई कमजोर बनाउनुपर्ने मान्यता बोक्छिन् । अमेरिकाको शान्ति प्रस्तावमा नेटोका विषयमा स्पष्ट उल्लेख छ किनकि रुसको प्रमुख सुरक्षा चिन्ता नै त्यही भएकाले त्यसलाई सम्बोधन गरे मात्र सार्थक शान्ति प्रक्रिया अघि बढ्न सक्छ ।

प्रस्तावमा रुसले छिमेकी मुलुकहरूमा आक्रमण नगर्ने र नेटो पनि थप विस्तार नहुने उल्लेख छ । त्यसका साथै युक्रेनले नेटोको सदस्य नबन्ने भनी आफ्नो संविधानमा उल्लेख गर्ने भनी शान्ति प्रस्तावमा लेखिएको छ ।

हुन पनि युरोपको सुरक्षा संरचनामा नेटो र रुसको अवस्थितिका विषयमा स्पष्ट पारे मात्र युद्ध अन्त्य हुने बाटो खुल्नेछ । आखिर, नेटोको आक्रामक विस्तारका साथै युक्रेनलाई नेटोमा जोड्ने प्रयासले गर्दा नै त्यसलाई रोक्न रुसले युक्रेनमाथि आक्रमण गर्नुपरेको हो ।

Advertisement

तर, युरोपको शान्ति प्रस्तावमा यी बुँदाहरूलाई हटाइएको बुझिन्छ । नेटोको थप विस्तार नहुने सिद्धान्तलाई पूरै हटाइएको देखिन्छ भने युक्रेनलाई नेटोको सदस्य बनाउनका लागि अहिले सर्वसम्मति नरहेको भनिएको बुझिन्छ । त्यसको अर्थ हुन्छ, भविष्यमा युक्रेनलाई नेटोमा जोड्न पनि सकिन्छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top