×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

विराटनगर किंग्समा आबद्ध डू प्लेसिसले आईपीएल नखेल्ने

१५ मंसिर २०८२

१४ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्समा आबद्ध दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले यस वर्ष हुने इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा सहभागी नबन्ने निर्णय गरेका छन् ।

Advertisement
Advertisement

उनले आगामी संस्करणको लिलामीबाट आफ्नो नाम फिर्ता लिएका छन् । डू प्लेसिसले यस सम्बन्धमा जारी गरेको आफ्नो स्टेटमेन्टमा १४ सिजन आईपीएल खेलेपछि यो वर्षको लिलामीमा आफ्नो नाम नराख्ने निर्णयमा पुगेको जनाएका छन् ।

भारतबाट आफूले मित्रता, सम्झना, पाठ (लेसन) र एक क्रिकेटर तथा एक व्यक्तिको रूपमा आकार पाएको उनले उल्लेख गरेका छन् । उनले आफूले यो वर्ष नयाँ र चुनौतीपूर्ण निर्णय लिएको उल्लेख गर्दै पाकिस्तानको पाकिस्तान सुपर लिग (पीएसएल) को आगामी सिजनमा खेल्ने जनाएका छन् ।

उनले आफू पाकिस्तानको आतिथ्यताको प्रतिक्षामा रहेको पनि उल्लेख गरेका छ्न् । डू प्लेसिसले सन् २०१२ मा चेन्नई सुपर किंग्सको तर्फबाट आईपीएलमा डेब्यू गरेका थिए । आफ्नो पहिलो सिजनमा उनले ३९८ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका डू प्लेसिससँग विश्वभरका फ्रेन्चाइज क्रिकेट लिग खेलेको अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म प्रतिस्पर्धा गरेका थिए ।

उनले १५४ आईपीएल खेल खेलेका छन् । चेन्नई सुपर किंग्ससंग दुई पटक उपाधि जितेका छन् । गत वर्ष उनले दिल्ली क्यापिटल्सका लागि ९ खेलमा २०२ रन बनाएका थिए र दुई खेलमा टिमलाई कप्तानी समेत गरेका थिए ।

उनले भविष्यमा आईपीएलमा फर्किने सम्भावना खुला राख्दै भने, यो बिदाइ होइन, फेरि भेटिन्छौं । फाफ डु प्लेसिस दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्। उनले टेस्ट, एकदिवसीय र टी–२० तिनै प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई विश्व क्रिकेटका अग्रणी ब्याट्सम्यानका रूपमा स्थापित गरेका छन्।

३७ वर्षीय डु प्लेसिसले सन् २०११ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। उनले दक्षिण अफ्रिकाका लागि ६९ टेस्ट, १४३ एकदिवसीय र ५० भन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

उनले टेस्टमा १० शतक र २१ अर्धशतकसहित ४ हजार १ सयभन्दा बढी रन बनाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिएपछि उनले विश्वभरका फ्रेन्चाइज लिगहरूमा धमाकेदार प्रदर्शन गर्दै आएका छन्।

उनको अनुभव र ब्याटिङ क्षमताले नेपाल प्रिमियर लिगमा नै नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ। विराटनगर किंग्सले डु प्लेसिसको आगमनले टोलीको शक्ति अब बाँकी खेलमा बलियो बन्नेछ ।

Advertisement

डु प्लेसिसले यस वर्ष पीएसएलमा खेल्ने तयारी गर्दैछन् । पहिले पनि उनले पेसावर जल्मी र क्वेटा ग्लाडिएटर्सबाट २०१९ देखि २०२१ बीच ६ खेल खेलेका थिए । उनले सन २०२१ म टी २० आईबाट सन्यास लिएका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top