×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

१७ मंसिर २०८२

१६ मंसिर, काठमाण्डौ ।

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटनामा परेको छ । ट्रकसंग ठोक्किन पुगेको सो बसमा भीषण आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Advertisement
Advertisement

उक्त बसका अधिकांश यात्रु भने नेपाली रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारमा जनाइए अनुसार ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी भएको हो । ठक्करपछि बस करिब १०० मिटर घिस्रिँदै हाइटेन्सन लाइनको खम्बामा ठोक्किएको र खम्बा बसमाथि खसेपछि आगलागी झनै व्यापक बनेको एबीपी न्यूजले जनाएको छ ।

यूपी–२२ एटी ०२४५ नम्बरको उक्त बसमा ४५ जना यात्रु सवार थिए, जसमा अधिकांश यात्रु नेपाली रहेको बताइएको छ । प्रहरीका अनुसार घटनामा २४ जना यात्री घाइते भएका छन् उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई लखनउ रिफर गरिएको छ । जिल्लाअधिकारी विपिन जैनले घाइतेको उपचार भइरहेको र सामान्य घाइतेलाई दिल्ली र नेपाल पठाइएको बताए ।

उनले घाइतेका परिवारसँग सम्पर्क प्रयास भइरहेको जनाएको समाचारमा उल्लेख गरिएको छ । यता भारतस्थिति नेपाली दुतावासले भने यो दुर्घटनामा घाइते भएकामध्ये दुई जना नेपालीको मृत्यु भएको जनाएको छ ।

“स्थानीय प्रशासनले दुई जना नेपालीको मृत्यु भएको हामीलाई जानकारी दिएको छ,” भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीले जानकारी दिए ।सोमबार मध्य राति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको थियो ।

भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरको यूपी२२एटी ०२४५ को निजी बसमा कुल ४५ यात्रु सवार थिए । बसमा यात्रा गर्ने अधिकांश यात्रुको ठेगानामा ‘बुटवल’ उल्लेख रहेको पाइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार आगलागीमा परी घाइते भएकामध्ये सात जना जति अस्पताल भर्ना भएका छन् ।

उनीहरूको उपचार भइरहेको छ । सामान्य अवस्थामा रहेका २० जना फर्किसकेका जनाइएको छ । सूचीअनुसार घाइते हुनेहरूमा शिवबहादुर परियार (गुल्मी, तम्घास), पूर्णिमा परियार, कृष्णबहादुर (कावासोती), विष्णुबहादुर, अनिलबहादुर, सरस्वती, दिवाकर न्यौपाने (बुटवल) रहेका छन् ।

त्यसैगरी, दिया योगी (बुटवल), विशाल गुरुङ (गुल्मी, तम्घास), लालबहादुर (छत्रकोट, गुल्मी), उसा (गुल्मी) छन् । साथै, सुबोध अर्याल (स्याङ्जा), कमलबहादुर पौडेल (मोरङ), भुवन, छन् । घाइते हुनेमा ओमबहादुर (पाल्पा), वसन्त सर्तुंगी (तम्घास, गुल्मी), सोनाम (बुटवल), अनिसा (बुटवल), गुनबहादुर (गुल्मी), बोधबहादुर (सुनवल, नवलपरासी) र धनकुमारी छन् ।

खैरुल बुभ (भगवानपुर, बिहार) नाउद अली ( भगवानपुरबिहार, ) र विक्रम (कर्नाल, हरियाणा) पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । बलरामपुरका एसपी विकास कुमारका अनुसार बस र ट्रक एकआपसमा ठोक्किएपछि आगोको मुस्लो निस्किएको थियो ।

ट्रकको ट्यांकी फुटेपछि आगो लागेको हुन सक्ने उनको भनाइ छ । प्रहरीले यसको अनुसन्धान गरिरहेको कुमारले बताएका छन् । मृतकहरूको अझै पहिचान हुन सकेको छैन । चालक र कन्डक्टरको अवस्था अज्ञात छ ।

Advertisement

बसमा आगलागी भएपछि यात्रुहरूको भागभाग भएको थियो। कतिपय यात्रुले सिसा फुटाउँदै बाहिर हाम फालेर ज्यान जोगाएको बताइएको छ । भाग्न सफल यात्रुहरूले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । दुर्घटना मंगलबार बिहान २ः३० बजेतिर कोतवाली देहात प्रहरी चौकी क्षेत्रको फुलवारिया बाइपासमा भएको हो ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top