×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

१७ मंसिर २०८२

१६ मंसिर, काठमाण्डौ ।

श्रम र देशको माटोसँग जोडिएका धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आगामी फागुनको निर्वाचन लक्षित गर्दै हर्कवादलाई पार्टीको मुल सिद्धान्तकोरुपमा अघि सार्दै एजेण्डा र अवधारणा सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement

पार्टीको अवधारणा सार्वजनिक गर्दै केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रकृति, सँस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्नसक्छ, र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्ने बताएका छन् ।

‘अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै अभाव, गरीबी, विभेद र त्यसबाट उत्पन्न द्धन्द, लडाई, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मुल राजनीतिक दर्शन हो हर्कवाद ।’ यस्तै श्रम सँस्कृति पार्टीले वालिग मताधिकारद्धारा प्रत्यक्ष चुनिने राष्ट्रपतिको पक्षमा रहेको जनाएको छ ।

अध्यक्ष साम्पाङका अनुसार कार्यकारी राष्ट्रपतिको एक कार्यकाल ५ बर्षको हुनेछ भने एक व्यक्ति २ पटक भन्दा बढी चुनिन पाउने छैन । ‘राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्ग र एकै जाति समुदायको नरहने (दलले उम्मेद्वारी दिदाको अवस्थामा तर चुनिँदा के हुन्छ, सो नतिजानुसार हुनेछ,’ उनले भने, ‘राष्ट्रपतिले राजनीतिक क्षेत्रबाहिरको बिषय विज्ञ या सांसद जसलाई पनि लिएर आफ्नो पायकको सरकार गठन गर्न पाउने । सांसद सरकारमा गए सांसद पद निलम्बन हुने ।’

यस्तै पार्टीले देशद्रोह, भ्रष्टचार या अनैतिक कृत्य गरेको पुष्टि भए संसदले महाअभियोग लगाउन सक्ने पनि जनाएको छ । साथै, राष्ट्रपति नै राष्ट्र र सरकार दुवैको प्रमुख रहने, संसद र सरकारको पदावधि ५ बर्षको हुने पनि जनाएको छ । पार्टीले व्यवस्थापिका संघमा २ सदनात्मक र प्रदेशमा १ सदन व्यवस्थापिका रहने जनाएको छ ।

संघीय व्यवस्थापिका अन्तर्गत राष्ट्रसभा सबै प्रदेशका समान प्रतिनिधित्व गर्ने गरी रहने र प्रतिनिधिसभा प्रदेशको जनसंख्याको अनुपातमा पुर्णसमानुपातिक प्रतिनिधत्व रहने पनि अध्यक्ष साम्पाङले बताए । केन्द्रमा राष्ट्रपतिले सरकार गठन गर्दा समानुपातिक समावेशी किसिमको सरकार बनाउने र प्रदेशका मुख्यमन्त्रीसमेत स्थानीय सरकार चुनिए जस्तै प्रत्यक्ष निवार्चित हुने पार्टीले जनाएको छ ।

राज्यको सबै अंगहरुमा आदिवासी, जनजाति, खसआर्य, मधेशी, दलित, मुस्लिम र अल्पसंख्यक सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने गरी समानुपातिक प्रतिनिधित्व गर्ने पुर्णसमानुपातिक निर्वाचन प्रणाली अंगीकार गर्ने पनि अध्यक्ष साम्पाङले जानकारी दिए ।

राज्यको कुनै धर्म नहुने तर व्यक्तिको धार्मिक आस्थाप्रति स्वतन्त्र रहने पनि पार्टीको घोषणापत्रमा उल्लेख छ । ‘कसैले करकाप गरेर धर्म परिवर्तन गराउन नहुने, बाध्य नबनाउने, अन्यथा दण्डनीय मानिने,’ घोषणा पत्रमा भनिएको छ ।

नेपालको सबै जातजातिका मौलिक भाषाहरुलाई राष्ट्रिय भाषा मानिने र मौलिक भाषाहरु शिक्षा र सरकारी कामकाजको भाषाकोरुपमा प्रयोग गर्ने पनि पार्टीले जनाएको छ । यस्तै, देशको भौगोलिक अखण्डता, स्वधिनता, सम्प्रभुतामा आँच नआउने गरी देशको समग्रतामा क्षति नपुर्याउने गरी साँस्कृतिक निर्णयहरु गर्ने अधिकार जातजाति समुदायलाई रहने पनि उल्लेख छ ।

वैज्ञानिक कर लागु गर्ने जनाउदै साम्पाङले धनीबाट धेरै लिएर गरीबलाई बचाउने नीति लिने घोषणा गरे । चेतना र देशभक्ति जागरणसहितको भौतिक विकास श्रमदानको विधिलाई प्रथामकता दिन आवश्यक ऐन कानुन बनाउने पनि उनले बताए ।

‘सबै नागरिकलाई सबै खाले विकासमा श्रमदानमार्फत सकृयरुपमा जोडिनेछ,’ उनले भने, ‘पहँुच र शक्तिको आडमा गरिने असमान र अन्यायपुर्ण विकासको वितरण अन्त्य गर्ने, काठमाण्डौं केन्द्रित या शहर केन्द्रित विकासलाई गाउँघर केन्द्रित बनाउनेछौं ।’

कम उब्जनी हुने क्षेत्रहरुमा मात्र बस्ती बसाउने नीति लिने र आवासको नाममा गरिने अनावश्यक भूमि प्लटिङ रोक लगाउने पनि अध्यक्ष साम्पाङले बताए । सुकुम्बासी समस्या समाधान गर्ने, भुमाफियाकरण रोक्ने, कृषि र उद्योगहरुलाई प्राथमिकता दिने पनि घोषणा गरेका छन् ।

जेन जी पुस्तालाई उत्पादन, निर्माण र आविष्कारमा लगाउने, जीवनपयोगी शिक्षा पद्दती लागु गरी हप्ताको ३ दिन मात्र पढाउने व्यवस्था मिलाएर पढ्नु बिषयबस्तु र किताबको संख्या, पाठ्यभार घटाउने पनि साम्पाङले बताएका छन् ।

आर्थिक विकासमा बाधक ऐन कानुन संशोधन गरेर प्राकृतिक स्रोत साधनको उपयोग गरी अर्थतन्त्र बढाउने नीति पनि पार्टीले लिने साम्पाङले बताए । पिपिपि मोडलमा आर्थिक संस्थानहरु निर्माण र सञ्चालन गर्ने, निःसर्त अन्तराष्ट्रिय लगानी र प्रविधिको राष्ट्रिय हितमा विकास समिति अवधिको लागि मात्र उपयोग गर्ने पनि पार्टीले जनाएको छ ।

यस्तै, अनुचित बजारलाई नियन्त्रण गर्ने, स्वदेशी उत्पादन र उपभोगमा जोड दिदै साम्राज्यवादी बजारमा रोक लगाउने पनि अध्यक्ष साम्पाङले बताए । ‘मौलिक तथा नयाँ प्रविधिको विकास र प्रयोग गरी पूँजी निर्माण गर्ने, निर्वाहमुखी अर्थतन्त्रलाई बढावा दिदै निर्यातमुखी अर्थतन्त्र बनाउने, आर्थिक विकासलाई केन्द्रमा राखेर भौतिक विकास योजना बनाउने,’ उनले भने,‘५ बर्षभित्र विकासको लय निकालेर १० बर्षभित्र उद्देश्य प्राप्त गर्ने राष्ट्रिय आर्थिक कार्यक्रमहरु लागु गर्ने ।’

हर्कले सेनालाई सीमा तैनाथ गर्ने, पार्टीका नेताहरुले विदेश उपचार जान नपाउने, स्वदेशमै स्तरीय अस्पताल निर्माण गर्ने तथा श्रमदान गर्नेहरुलाई निःशुल्क उपचारको प्रवन्ध गर्ने देखि आइएन्जीओहरुलाई खारेज गर्ने समेत अध्यक्ष राईले बताएका छन् ।

उनले यो अवधारणा र एजेण्डा प्रारम्भिक रहेको भन्दै यसलाई सल्लाह सुझाव र जनभावना अनुरुप सुधार र परिमार्जन गर्दै लैजाने बताएका छन् । साम्पाङले जात, धर्म, वर्ग, व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थजस्ता खराब तत्वले छियाछिया पारेको समाजलाई आफ्नो पार्टीले जोड्ने बताउदै आएका छन् ।

Advertisement

पार्टी गठनसँगै हर्क संगठन विस्तार र जनसभाहरुमा सक्रिय छन् । उनले हिजो मात्रै दमक र आज संखुवासभामा जनसभा गरेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top