×

NEPAL TIMES UPDATES

Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

१७ मंसिर २०८२

१६ मंसिर, काठमाण्डौ ।

साविक विजेता जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ। मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद लिन पाएको हो।

Advertisement

यो जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ। चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरको जितका ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाए ।

अनिल शाह ६१, आसिफ शेख १६ र जोन निकोल लोफ्टी इन्टन ११ रनमा आउट भए । आदित्य मेहता १८ र सन्जय कृष्णमुर्ती ५ रनमा अविजित रहे । बलिङमा चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलाले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर चुनौतीपूर्ण १७६ रन बनाएको थियो । चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ८० रन बनाए ।

उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । उनले अर्जुन साउदसँग पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । अर्जुन ५२ रनमा आउट भए । सैफ जैव ७, रवि बोपारा ३ रनमा आउट भए ।

कप्तान कुशल मल्ल ३० र अमरसिंह रौटेला एक रनमा अविजित रहे । अन्तिम ओभरमा कुशलले १८ रन जोडे । बलिङमा जनकपुरका अनिल शाह, माज सदाकत, रुपेश सिंह र जोन निकोल लोफ्टी इन्टनले एकएक विकेट लिए ।

जनकपुरले अब लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ। जनकपुरलाई अब प्ले अफ खेल्ने सम्भावनालाई कायम राख्न यी दुई टोलीलाई पराजित गर्नुपर्ने हुन्छ भने अन्य टोलीको नतिजामा समेत भर पर्नेछ।

एनपीएलको पहिलो खेलमा जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ रनले तथा तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको थियो।

लिग चरणको चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग जनकपुरले ६ विकेटको हार व्यहोरेको थियो। यता जनकपुरसँगको हारले चितवनको प्लेअफ यात्रा केही कठिन भएको छ। जारी सिजन मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ।

चितवनलाई प्ले अफ खेल्ने सम्भावना कायम राख्न दुवै खेल जत्नुपर्नेछ। चितवनले लिग चरणमा तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै अंक तालिकामा चार अंक जोडेको छ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराउँदा लुम्बिनी लायन्ससँग ६ विकेटको हार व्यहोरेको थियो।

तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको चितवनले काठमाडौँसँग भने ५३ रनले पराजित भएको थियो। यसैबीच आजको खेलको क्रममा एक चियरलिडर घाइते बनेकी छन् । चितवनका ब्याटर कुशल मल्ले छक्का प्रहार गरेको बलले लागेर शर्मिला विक घाइते बनेकी हुन् ।

जनकपुर बोल्ट्सविरुद्धको खेलमा रुपेश सिंहले फ्याकेको अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी युवतीको नाकमा लाग्यो । उनी त्यहीँ ढलिन् ।

उनको अनुहारमा रगत बग्न थालेपछि उनलाई थप उपचारका लागि बयोधा अस्पताल लगिएको छ । उनका आँखा नजिक चोट लागेपनि खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । इनिङ ब्रेकपछि कुशलले घाइते भएकी चियरलिडरलाई भेटेका थिए । एनपीएलमा आजै पोखरा र कर्णालीबीच खेल हुँदैछ ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top