×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु

१७ मंसिर २०८२

१६ मंसिर, काठमाण्डौ ।

मञ्चमा सँगै बसेका प्रचण्डले माधव नेपाललाई कानेखुसी गर्दै भने अब तपाईँको भाषण गर्ने पालो आउन लाग्यो ‘मान्छे त हिँडे सके त । नेपाल बिस्तारै कानमा नै उत्तर दिए ‘कुर्सीलाई भए पनि सुनाउँछु ।’ सोमबार कोशी प्रदेशको राजधानी विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको एकता सभामा भएको दुई जना बिचको यो कुराकानी निकै घतलाग्दो छ ।

Advertisement

सानो ठाउँ भएपनि कार्यक्रमको सुरुमा जनसहभागिता निकै राम्रो थियो । जब कार्यक्रम लम्बेतान हुन थाल्यो अनि मञ्च अगाडीका कुर्सीहरू खाली हुन थाले । कार्यक्रमका प्रमुख आकर्षक भनिएका माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड अन्तिममा खाली कुर्सी र केही नेताहरूलाई आफ्नो भाषण सुनाउन बाध्य भए ।

कार्यक्रम झन्डै तिन घण्टा चलेको थियो । कार्यक्रममा १२ जना नेताहरूले भाषण गरेका थिए । १० जनापछि आएका माधवकुमार नेपाल र ११ जनापछि बोल्न पुगेका प्रचण्डले खाली कुर्सीका अगाडी पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्न चाही छुटाएनन् ।

जिल्ला जिल्लाबाट गाडी रिर्जव गरेर मान्छेहरूलाई मासु भात खुवाउँदै कार्यक्रममा सहभागी गराउने पुरानै चलन हो । अनि कार्यक्रममा सहभागी भए जति नेताहरूलाई आसन ग्रहण गराउनु पर्ने र बोल्न दिनु पर्ने बाध्यताले दलहरूलाई अहिले सम्म छोडेको छैन ।

सहभागीहरू कस्तो कुरा रुचाउँछन् अनि उनीहरूका लागि समय कति महत्त्वपूर्ण छ भन्ने कुराको हेक्का वक्ता बनेका नेता र आयोजकले कहिल्यै गरेको पाइदैन् । जेनजीहरुले डिस्कोडबाट प्रधानमन्त्री छानी सकेका छन् । दुनिया डिजिटल युगमा छ ।

जेनजीहरुले त्यही डिजिटल प्रविधिको प्रयोग गरेर ३६ वर्ष सम्म शासन गरेका दलहरूलाई दुई दिनमा सत्ताबाट सडकमा ल्याएका छन् । तर पुराना दलहरू अहिले पनि पुरानै ढर्रामा मान्छेहरू भेला पारेर एउटा दलका नेताले अर्को दलका नेतालाई गाली गरिरहेका छन् ।

विराटनगरको पुरानो गुद्रीमा आयोजना गरिएको नेकपा एकता सन्देश सभा नाम दिइएको कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका अगुवा कार्यकर्ताहरूलाई बस नै रिर्जव गरेर ल्याइएको थियो। कार्यक्रम सुरु भयो दिनको साढे एक बजे तिर ।

तर कार्यक्रमको मुख्य आकर्षण मानिने प्रचण्ड र माधव नेपाल बोल्ने समयमा अधिकांश सहभागीहरू घर फर्किसकेका थिए । लामो र भद्दा कार्यक्रम भएको कारण अन्तिम समयमा कार्यकर्ताहरू लाखापाखा लागेका थिए ।

माधव नेपालले भाषण गर्दागर्दै प्रचण्डले ‘मान्छे त हिँडे’ भनेर कानेखुसी गरेको प्रसङ्गै सुनाएका थिए । अनि नेपालले ‘कुर्सीलाई भए पनि सुनाउँछु’ भन्दै भाषण सुरु गरेका थिए । ‘उहाँले मेरो कानमा खुसुक्क भन्दै हुनुहुन्थ्यो, कुर्सी त खाली खाली छ त । ठिकै छ, मान्छेले नदेखेपनि कुर्सीलाई भए पनि सुनाउनु प¥यो,’ नेपालले भाषणमा नै भनेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य सक्दा दिनको साढे चार बजी सकेका हुनु पर्छ । एक त छोटा दिन अनि विना खाजा पानी लामो समय सम्म सहभागीहरूलाई बस्न कठिन थियो । अर्को तर्फ टाढा टाढा बाट आएकाहरूलाई फर्केर गन्तव्यमा पुग्नु पनि थियो ।

कार्यक्रममा १२ जना वक्ताहरूले पालो गरी गरी भाषण ठोके । पुस्तक विमोचन, नृत्य, गीतदेखि बीच बीचमा पार्टी प्रवेश सम्म चलेको थियो । भाषण गर्ने सुरुका वक्तादेखि अन्तिम प्रचण्ड सम्मले उस्तै उस्तै कुरा बोले । नयाँ जेनजी पुस्ताको आकर्षण आफ्नो पार्टीमा रहेको दाबी सबैको थियो ।

आगामी चुनावमा सबैभन्दा ठुलो शक्ति बन्ने जिकिर गर्न सबैले गर्न भ्याए । पार्टीको भावी योजना भन्दा पनि बोल्ने सबै नेताको निसानामा एमाले अध्यक्ष केपी शर्मा ओली परेका थिए । कार्यक्रम सकिएपछि प्रचण्डले बोल्दै गरेको तस्बिर र खाली कुर्सीहरूका तस्बिरले सामाजिक सञ्जाल भरिएका थिए ।

समय अनुसार राजनीतिक दलहरूले आफूलाई बदल्न नसक्दा कार्यक्रमका प्रमुख अतिथिले बोल्ने समयमा सहभागीहरू बस्ने कुर्सी खाली हुने गर्छन् । जिल्ला जिल्लाबाट नेताहरूले बल्लतल्ल मान्छे जम्मा गरेर ल्याउँछन् अनि प्रमुख व्यक्तिले बोल्ने समयमा नै मान्छे नहुँदा सबैलाई खल्लो हुने गरेको छ ।

जेनजी विद्रोह सफल भए सँगै देशमा ठुलै परिवर्तन आउने आशा सबैले गरेका थिए । राज्य सञ्चालनको प्रणालीमा आमूल परिवर्तन होला । पुराना राजनीतिक दलहरूका नेतृत्व र कार्यशैलीमा आमूल परिवर्तन आउला अनि सबैले नयाँ नेपाल देख्न पाउँला भन्ने थियो ।

तर जेनजी विद्रोहले यो देशको प्रधानमन्त्री र केही थान मन्त्रीका अनुहार फेरेपनि बाँकी विगत जस्तै, जस्तै नै चलिरहेको छ । जेनजी विद्रोहले पुराना र ठुला भनिएका राजनीतिक दलहरूको नेतृत्व परिवर्तन नहुने त पक्का नै भईसक्यो ।

ती दलहरूको कार्यशैलीमा पनि सुधार आउने सङ्केतसम्म देखिएको छैन । जेनजी विद्रोहलाई सबै भन्दा पहिला स्वीकार गर्दै रूपान्तरण हुने घोषणा गरेका तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम एकता गर्दै आफूलाई नै संयोजकका नाममा नेतृत्वमा नै अड्याई रहने नयाँ जुक्ति निकाले ।

नेपालका बाम शक्तिका रूपमा रहेको नेकपा एमालेलाई टक्कर दिन नेपाली कम्युनिस्ट पार्टीको गठन भयो । त्यही नेपाली कम्युनिस्ट पार्टीले सोमबार विराटनगरमा कोशी प्रदेश स्तरीय सभा राखेको थियो । त्यो सभा जेनजी विद्रोह हुनु अघिको दलको सभा र त्यसमा कुनै भिन्नता थिएन ।

विगत जस्तै नेताहरूले खचाखच मञ्च भरिएको थियो । पालो पालो उद्घोषकले भाषण गर्न नेताहरूलाई बोलाउँथे अनि एउटै कुरा पालो गरी गरी नेताहरूले सहभागीहरूलाई सुनाउँथे । उता सहभागीहरू भने हाइ काढी रहेका देखिन्थे ।

१६ वटा वामपन्थी घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको उक्त सभालाई हेर्दा पनि दलहरूको कार्यशैलीमा कुनै पनि परिवर्तन आउन सक्दैन भन्ने सहजै अनुमान गर्न सकिन्छ । सभामा बोल्ने अधिकांश नेताहरूले पार्टीको स्पष्ट रोडम्याप, जनअपेक्षा, आर्थिक कार्य योजनासहित आत्मालोचना गर्नुको साटो प्रतिस्पर्धी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्नमा खर्च गरे ।

ओलीले वृद्धवृद्धाको पार्टी भनेको र कतिपयले आफूलाई बुढो नेता भनेको विषयलाई चुनौती दिँदै प्रचण्ड ‘म सँग दौडिने कोही छ ? भन्दै थिए । तर उनले बाहुबलको शक्तिको चुनौती दिइरहदा अगाडीका कुर्सी भने खाला थिए ।

कार्यक्रमबाट सहभागीहरू वाहिरन थालेपछि आयोजकहरूमा छटपटी देखिन्थ्यो । उनीहरू भन्दै थिए, कुनै नेतालाई बोल्न दिएन भने बवालै भई हाल्छ के गर्ने जनतालाई जबरजस्ती राख्ने कुरा पनि त भएन ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top